काठमाडौं । एनआइसी एसिया बैंकले भुक्तानी प्रणाली थप प्रभावकारी बनाउने उद्देश्यका साथ ‘मास्टर कार्ड इसुएन्स’ सेवा सुरु गरेको छ । बैंकले पोखरामा आयोजित एक कार्यक्रमबीच उक्त कार्ड सेवा शुभारम्भ गरेको हो ।
डेबिट कार्डका रूपमा प्रयोग गर्न सकिने मास्टर कार्ड बैंकका सम्पूर्ण शाखा कार्यालयबाट ग्राहकले प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । बैंकका अनुसार कार्डमा अत्याधुनिक सुरक्षा प्रविधि (इएमभी चिप) तथा अत्याधुनिक कन्ट्याकलेस प्रविधि प्रयोग गरिएको छ ।
कार्डमार्फत् ग्राहकले नेपाल, भारत र भुटानबाट एटिएम विथड्रल साथमा पिओएस तथा इ-कमर्स भुक्तानीलगायतका सुविधा उपयोग गर्न सक्नेछन् । ‘डिजिटल फस्र्ट’ बैंकको स्थापित गर्न लागिरहेको बैंक र विश्वविख्यात मास्टर कार्डबीचको यो सहकार्यले नेपालको बैंकिङ क्षेत्रलाई थप उचाइमा पुर्याउन ठोस योगदान दिने बैंकले विश्वास लिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच