अर्घाखाँची । हरेक मानिसका स्वभाव, चालचलन र कार्यशैली फरक-फरक हुन्छन् । स्वार्थविहीन/त्यागी मानिस समाज तथा राष्ट्रको लागि महान् कहलिन्छ । संसारमा कुरालाई भन्दा कामले प्रमुख प्राथमिकता दिएका व्यक्तिहरू पनि प्रशस्तै छन् । त्यस्तै मध्येका एक हुनुहुन्छ, पाणिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपाने । उहाँ हरेक काम सुव्यवस्थित तवरबाट अगाडि बढाउने कर्मचारीमा पर्नुहुन्छ । २०४९ सालमा निजामती सेवामा प्रवेश गर्नुभएका उहाँले अहिले पाणिनी गाउँपालिकामा आफ्नो प्रशासनिक कार्य अगाडि बढाइरहनुभएको छ ।
जनताको समस्या र आवश्यकताको मर्म बुझी उहाँ हरेक कार्य गर्न राज्यले निर्धारण गरेको समयभन्दा बढी समय गाउँपालिकाको कार्यमा बिताउनुहुन्छ । उहाँ गाउँपालिकामा आएपछि प्रशासनतर्फका गतिविधिहरू थप पारदर्शी ढंगबाट अगाडि बढिरहेको तथा काम गर्न सजिलो भएको गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारी बताउँछन् । सहयोगी भावनाका न्यौपाने त्यही क्षेत्रमै जन्मिएर लामो समय बिताएका कारण उहाँ पालिकाको बारेमा धेरै विज्ञ पनि देखिनुहुन्छ ।
पाणिनी गाउँपालिकाले आर्थिक वर्ष ०८१/८२ को कृषि तथा पर्यटन प्रवद्र्धन रोजगारी र पूर्वाधारको विकासको साथै उत्पादनमुखी आर्थिक सामाजिक रूपान्तरणका माध्यमबाट विद्यामान गरिबी असमानता तथा वेरोजगारीको अन्त्य गर्ने उद्देश्यले ‘पाणिनी र दुर्वासा ऋषिको पहिचान समृद्धि पाणिनी निर्माण हाम्रो अभियान’ को लक्ष्य तथा दीर्घकालीन सोचका साथ अगाडि बढिरहेको न्यौपानेले बताउनुभएको छ ।
आर्थिक विकास भनेको मानव विकास हो मान्छेको आय, आयु र शिक्षामा लक्षित भएर अगाडि बढ्दा विकासले सार्थकता पाउने उहाँ बताउनुहुन्छ । उहाँले पालिकामा सुशासन कायम गर्न संघ प्रदेश र स्थानीय तहले मार्गदर्शन गरेका कुराहरूको अनुसरण गरी खरिद प्रक्रिया पारदर्शिता र प्रभावकारी ढंगबाट अगाडि बढाउनुभएको छ । जनताका चाहना र गुनासाहरू सुन्नका लागि गुनासा पेटिकाहरू सूचना अधिकारीहरूको पनि व्यवस्था गरी प्रत्यक्ष जनतामाझ पुगेर कार्य गरिरहेको उहाँले बताउनुभयो ।
अहिले राज्यको पुनःसंरचना र राज्यमा संघीयता कार्यान्वयनमा आएसँगै धेरै अधिकारहरू स्थानीय तहलाई आइसकेको अवस्थामा विभिन्न विचारधारा लक्ष्य लिएर आएका नयाँ जनप्रतिनिधिहरूसँग छलफल भई सही प्रस्तावहरू सर्वसम्मत रुपमा अगाडि बढाई आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकासतर्फ पालिकाको काम तीव्र गतिमा अगाडि बढाइरहेको न्यौपानेले बताउनुभयो ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतको रूपमा आउनुभएका न्यौपाने कम समयमै पाणिनी बासीहरूको सार्वजनिक समस्या पूरा गर्न लागि परिरहनुभएको छ । यसले गर्दा पालिकामा आफ्नो छुट्टै पहिचान बनाउन उहाँ सफल हुनुभएको छ । उहाँ पाणिनी गाउँपालिकामा आएदेखि कार्यसम्पादनमा देखिने चुनौतीका बावजुद पनि अविवाद कायम गरी उदाहरणीय हुनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच