
काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको छ ।
केहीबेरमै औपचारिक रुपमा समर्थन फिर्ताको पत्र दर्ता गरी प्रधानमन्त्रीलाई बुझाउने एमालेकाे तयारी छ ।
एमाले प्रमुख सचेतक महेश बर्तौलाका अनुसार राष्ट्रिय सरकार निर्माणमा सहयोग पुर्याउन एमालेले प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्ने दिएको समयसीमा सकिएको र याे बेलासम्म प्रधानमन्त्रीको राजीनामा नआएपछि समर्थन फिर्ता लिने निर्णयमा पुगेको हो ।
उहाँले प्रधानमन्त्रीबाट मार्ग प्रशस्त नभएपछि नयाँ राष्ट्रिय सहमतिको सरकार गठन प्रक्रिया अघि बढाउन एमालेले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र दर्ता गर्न लागेको बताउनु भयो । यससँगै एमालेका मन्त्रीहरुको राजीनामासमेत दिइने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच