
काठमाडौं । हालै प्रभासको फिल्म ‘कल्की २८९८ एडी’ रिलिज भएको छ । यो चलचित्रले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ । अब प्रभासको बहुप्रतिक्षित चलचित्र ‘सालार २’ को छायांकन छिट्टै सुरु हुने भएको छ ।
पान इन्डिया स्टार प्रभासको फिल्म ‘कल्की २८९८ एडी’ मा आफ्नो दमदार भूमिकाका कारण चर्चामा छन् । फिल्मलाई फ्यानहरुले निकै रुचाइरहेका छन् । फिल्म ‘कल्की २८९८ एडीु ले अहिलेसम्म राम्रो कमाई गरिरहेको छ ।
‘कल्की २८९८ एडी’ को मज्जा लिइरहेका प्रभासका फ्यानहरुका लागि खुसीको खबर छ । अभिनेताको फिल्म ‘सलार २’ को छायांकन छिट्टै सुरु हुँदैछ । सन् २०२३ मा रिलिज भएको ‘सालार पार्ट १’ को अपार सफलतापछि निर्देशक प्रशान्त नील चाँडै ‘सालार २’ को सुटिङ सुरु गर्न लागेका हुन् । मिडिया रिपोर्टका अनुसार ‘सालार’ ले टिकट विन्डोबाट ७ सय करोड भारु कमाएको थियो, त्यसपछि यो फिल्मको सिक्वेलको पनि घोषणा गरिएको थियो ।
‘सलार’ को सिक्वेल ‘सालार २’ को छायांकन अगस्त १० बाट सुरु हुँदैछ । मिडिया रिपोर्टका अनुसार ‘सलार २’ को २० प्रतिशत सुटिङ भइसकेको छ, जुन प्रभास र पृथ्वीराजबीच छायांकन गरिएको छ । फिल्मको अधिकांश छायांकन रामोजी फिल्म सिटीमा हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच