
वर्तमानमा एसइईको परीक्षा परिणामसँगै नयाँ बहस आरम्भ भएको छ । नतिजाले आधाभन्दा धेरै विद्यार्थी अनुत्तीर्ण तुल्याएको छ । विद्यार्थीले शिक्षकलाई दोष दिएका छन्, शिक्षकले विद्यार्थी र व्यवस्थापकलाई दोष दिएका छन् अनि व्यवस्थापकले शिक्षकमा दोष दिएका छन् । जुन दोषदर्शनमात्र हो । हरेक पक्षले अर्कोलाई दोष दिने परम्परा नौलो होइन । हाम्रो शैक्षिक प्रणाली र यसले दिने प्रतिफल र व्यक्तिमा पार्ने प्रभावको पक्ष भन्दा पनि नतिजा र नतिजाले उब्जाएका अनुत्तीर्णका विषय मात्र अधिक चर्चामा आउने गर्दछन् । शिक्षाको मूल उद्देश्य जिपिए ४ ल्याएर पास गर्नुमात्र होइन । सक्षम, समाज उपयोगी, देशलाई उपयोगी व्यक्तित्व निर्माण गर्ने पक्षको परीक्षण हो यो ।
तर, समग्रपक्ष नै सकिएको जस्तो गरी विद्यार्थीको मनमा समेत नकारात्मक असर पर्ने गरी प्रचारप्रसार गरेर शिक्षाका उद्देश्य पूरा हुन सक्दैनन् । सर्वप्रथमतः हाम्रा पाठ्यक्रममा परिवर्तन आवश्यक छ । यसका साथसाथै मूल्याङ्कन प्रणालीमा पनि आमूल परिवर्तन गर्नुपर्ने देखिन्छ । तीन घण्टाको परीक्षाले दश वर्षको मूल्याङ्कन गर्ने प्रवृत्तिमा सुधार आवश्यक देखिन्छ । यसका लागि निरन्तर मूल्याङ्कन प्रणाली र त्यसले दिने प्रतिफललाई सही मूल्याङ्कनको आधार बनाउन सक्नुपर्दछ । विद्यार्थीका समग्र पक्षको मूल्याङ्कन गरिनुपर्दछ ।
परीक्षाको परिणाममात्र सबैथोक हो भन्ने वर्तमान मूल्याङ्कन प्रणलीमा सुधार आवश्यक रहेको छ । तीन घण्टाको मूल्याङ्कनभन्दा निरन्तर मूल्याङ्कनले दिने प्रतिफल उपयुक्त हुन्छ । प्रयोगपक्ष अझ पनि शून्य प्रायः नै छ । विद्यार्थीले के सिक्योभन्दा पनि जिपिए कति ल्यायो भन्नेमा आममानसिकता घुमिरहेको छ ।
तद् अनुसारका पाठ्यक्रम लागू गरिनुपर्छ र प्रयोगपरक अध्ययन अध्यापन हुनुपर्दछ जसले योग्य व्यक्तित्व निर्माणमा सहायता गर्दछ ।
मूलतः मूल्याङ्कन प्रणालीलाई परिवर्तन गर्नु आवश्यक देखिन्छ । मेकालेको सिद्धान्तलाई अझै पनि निरन्तरता दिनु आजको आवश्यकता सुहाउँदो शिक्षा होइन । विद्यार्थीका हरेक पक्षको मूल्याङ्कन गरिनुपर्छ र तदनुसारको पाठ्यक्रम र मूल्याङ्कन प्रणाली लागू गरिनुपर्छ ।
हालसम्म परिवर्तन भएको भनेको उही प्रतिशतबाट ग्रेडिङ्मा जानुभन्दा खासै उल्लेखनीय पक्ष केही देखिँदैनन् । यी त मूल्याङ्कनका प्रणाली मात्र हुन् । ग्रेड र प्रतिशतमा खासै भिन्नता छैन । जसले पार्ने प्रभावमा पनि तात्त्विक भिन्नता देखाउँदैन । फलामे ढोकका रूपमा दश कक्षालाई लिनुको कुनै तात्तिवक अर्थ छैन् । यो नै फलामको ढोकाजस्तो हिजोको व्यवस्थालाई आज पनि प्रकारान्तरले निरन्तरता दिएको नै पाइन्छ । जसबाट वास्तवमा शैक्षिक सुधान हुनसक्दैन । यो विषययलाई सामान्यीकरण गर्नका निम्ति परीक्षा प्रणलीलाई नै परिवर्तन गर्नु आवश्यक छ । परीक्षा प्रणाली परिवर्तनपूर्व पाठ्यक्रमलाई पनि परिमार्जन गर्नुपर्ने देखिन्छ ।
परीक्षाको परिणाममात्र सबैथोक हो भन्ने वर्तमान मूल्याङ्कन प्रणलीमा सुधार आवश्यक रहेको छ । तीनघण्टाको मूल्याङ्कनभन्दा निरन्तर मूल्याङ्कनले दिने प्रतिफल उपयुक्त हुन्छ । प्रयोगपक्ष अझ पनि शून्यप्रायः नै छ । विद्यार्थीले के सिक्योभन्दा पनि जिपिए कति ल्यायो भन्नेमा नै आम मानसिकता घुमिरहेको छ । जिपिए ४ ल्याउने सर्ववेत्ता होइन । सक्षम बन्नु र जिपिए ४ ल्याउनुमा फरक छ । हाम्रो शिक्षा नीतिले खोजेको कुरा जिपिए होइन दक्ष व्यक्तित्वको निर्माण हो । जिपिएले नै दक्ष बनाउछ भन्ने हो भने मूल्ल्यङ्कनका प्रणालीमा परिवर्तन आवश्यक छ । केवल मूल्याङ्कनका सूचकलाई राष्ट्रिय सामाचारको विषयवस्तु बनाउने र अनुत्तीर्णको मनोविज्ञानमा नकारात्मक असर पार्ने प्रवृत्तिले हाम्रा शिक्षाक्षेत्रका उद्देश्य पूरा हुन सक्दैनन् ।
आजको युवा कति देशभक्त छन्, कति सच्चरित्र छन् र के कति ज्ञान र सीपको उपयोग गर्न सक्षम छन् भन्ने विषयवस्तुको खोजी गर्ने हो भने अपेक्षित परिणाम भेट्न मुस्किल छ । असल व्यक्तित्वको निर्माण भएको छ कि छैन भन्ने प्रश्नको उत्तर अझै पनि अनुत्तरित नै छ । आजको दशकक्षा उत्तीर्ण व्यक्तिले आमालाई देवता समान व्यवहार गर्न सक्छ कि सक्दैन ? पितालाई, अतिथिलाई अनि अग्रजलाई सम्मान गर्न सक्छ कि सक्दैन ? आत्मसक्षक र कर्मनिष्ठ छ कि छैन ? आफ्ना आधारभूत आवश्यकताका कार्य आफैं गर्न सक्छ कि सक्दैन ? भन्ने प्रश्नको उत्तरमा पनि ४ जिपिए आउँछ भन्न सक्ने अवस्था छैन् ।
हाम्रा संस्कृति, सभ्यता, रीति रिवाज, चालचलन, भेषभूषाका साथै देश र माटो सुहाउँदो शिक्षा प्राप्त भएको छ कि छैन अनि तदनुसार सक्षम र कर्मठ व्यक्ति बनेको छ कि छैन भन्ने प्रश्नका उत्तर अझै पनि अनुत्तरित नै छन् । जुन कुरा आजको पाठ्यक्रमले दिएको छैन । यसैले समग्र शिक्षा प्रणालीमा परिवर्तन आवश्यक छ जसबाट मात्र हाम्रा विद्यार्थीको सही मूल्याङकन हुनसक्छ । किताबका ठेलीभन्दा पनि पनि ज्ञानका ठेली बोकाउने पाठ्यक्रम आज आवश्यक छ ।
प्रयोगपरक शिक्षामा आजको पाठ्यक्रमले जोड दिएको छैन । केवल पाठ पढ्ने र उक्त पाठबाट सोधिएका प्रश्नको उत्तर दिने अनि त्यही उत्तरका आधारमा मात्र मूल्याङ्कन गर्ने र यही कुरालाई राष्ट्रिय मूल्याङ्कनको आधार बनाउने प्रवृत्ति आज पनि विद्यमान छ । जसबाट शिक्षाका उद्देश्य हासिल हुन्छन् भन्न सकिँदैन । कृषिप्रधान मुलुकमा धान कसरी फल्छ भन्ने प्रश्नको उत्तर आजका जिपिए ४ ल्याएका विद्यार्थीले सही ढङ्गले दिनु आवश्यक छ । धान त परको कुरा भयो । चामल बोराबाट आउँछ, दूध प्याकेटबाट आउँछ भन्ने हालत आजका अधिकांश उत्तीर्ण विद्यार्थीको अवस्था छ ।
फलामे ढोकाका रूपमा कुनै पनि परीक्षालाई लिइइनु हुँदैन र सोही आधारमा प्रचारप्रसार गरिनु हुँदैन । यसका निम्ति नै ग्रेडिङ प्रणाली ल्याइयो तर हाम्रा पाठ्यक्रममा परिवर्तन हुन सकेन, मूल्याङ्कन प्रणाली उही पुरानै पद्धतिमा नयाँ गाता राखेरमात्र चलाइएको छ ।
हरेक विषयवस्तुको प्रयोगात्मक पक्ष हाम्रा पाठ्यक्रममा राखिएको छैन । दिनभरि कक्षाकोठाको सिटमा बसेरमात्र शिक्षाका उद्देश्य हासिक हुनसक्दैनन् । हरेक विषयवस्तुको गहनतम प्रयोगपरक अध्ययन आवश्यक छ । सम्भव पनि हुनसक्छ तर हाम्रो मानसिकता नै वार्षिक परीक्षा प्रणालीमा बसेको छ । मेकालेले जनतालाई शासन गर्न सजिलो हुने शिक्षा प्रणाली लागू गरेको प्रवृत्ति नै आज पनि विद्यमान छ । जसबाट आजको शिक्षा प्रणाली माथि उठ्नुपर्दछ ।
फेल भएको मान्छे सबै कुरामा नै फेल भएको होइन । आजका वैज्ञािनक आविष्कार एकैचोटि आएका होइनन् । फराडे नै कयौंंफटक फेल भए तर हार नमानी बिजुलीको बल्ब बाल्न सफल भए । ग्रहमबेलले पनि निकैपटक फेलको सामना गर्नुपरेको थियो परिणामत आजको मोबाइल युगसम्म हामी पुगेका छांैं । तर सामाजिक रूपमा नै फेल भएको व्यक्तिले केही पनि गर्न सक्दैन भन्ने आममानसिकताको विकास हाम्रा पाठ्यक्रम, शिक्षा प्रणाली र उक्त प्रणालीबाट सृजित परिणामले समाजमा पनि सोही मनोविज्ञाको जन्म दिइरहेको छ । जसबाट मूलतः अनुत्तीर्ण विद्यार्थीमा नै नकारात्मक असर पारिरहेको छ । घोडाचढ्ने लड्छ भने जस्तै पढ्ने नै फेल हुने हो नपढ्ने फेल हुँदैन । यसैले यो फेलको मानसिकतालाई पनि परिवर्तन गर्नु आवश्यक छ ।
सर्वप्रथमतः फलामे ढोकाका रूपमा कुनै पनि परीक्षालाई लिइइनु हुँदैन र सोही आधारमा प्रचार प्रसार गरिनु हुँदैन । यसका निम्ति नै ग्रेडिङ प्रणाली ल्याइयो तर पनि घुमिफिरी रुम्जटारजस्तै भएको छ । किनकि हाम्रा पाठ्यक्रममा परिवर्तन हुन सकेन, मूल्याङ्कन प्रणाली उही पुरानै पद्धतिमा नयाँ गाता राखेरमात्र चलाइएको छ । जसले सही परिणाम दिन सकिरहेको छैन । पाठ्यक्रम र मूल्याङ्कन प्रणालीलाई पनि परिमार्जन गरी प्रयोगपरक र नतिजामुखी शिक्षातर्फ अग्रसर गराउनु आज आवश्यक छ । असफलता नै सफलताको आधार हो । यसैले तदअनुसारको मनोवृत्तिको जागृति पनि आवश्यक छ ।
मूलतः प्रणालीगत सुधारले यस्ता समस्याबाट पार पाउन सकिन्छ । शैक्षिक प्रणालीमा सुधारका निम्ति मूलतः पाठ्यक्रम र मूल्याङ्कन प्रणलीलाई परिमार्जन गर्नु वर्तमानमा आवश्यक देखिन्छ । जसमा वार्षिक मूल्याकनभन्दा पनि निरन्तर मूल्याङ्कनलाई समग्र पक्षको सूचक बनाइनुपर्छ । यसका साथै शिक्षण कार्यकलापमा पनि प्रयोगपरक अध्ययन आजका निम्ति आवश्यक रहेको देखिन्छ । जसबाट मात्र जीवन उपयोगी ज्ञान र सीपका साथै समाज र देशोपयोगी व्यक्तित्व निर्माण गर्न सकिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच