
पाल्पा । लगातार परेको अविरल वर्षाका कारण पाल्पाको अन्न भण्डारको रुपमा परिचित माडीफाँट डुबानमा परेको छ । लगातारको वर्षाले खोला नालामा पानीको बहाव बढेपछि माडीफाँट डुबानमा परेको हो ।
फाँट डुवानमा परेपछि यहाँको हजारौं हेक्टर क्षेत्रफलमा लगाइएको धानवालीमा क्षति पुगेको छ । मेहनत गरेर रोपेको धानवालीमा क्षति पुगेपछि किसानहरु चिन्तित बनेका छन् । ढल निकासको उचित व्यवस्थापन नहुँदा यहाँ सामान्य वर्षातमा पनि डुबान हुने गरेको छ ।
पहाडमा मुहान भएका साना,ठूूला खोला नालाहरु माडीफाँट हुँदै उत्तरबाट दक्षिण तर्फ बग्ने गर्दछन् । यीनै खोला नालाहरुको दीर्घकालीन रुपमा समाधान नहुँदा यहाँको मुख्य खाद्य भण्डार भनिने फाँटहरु हिउँदमा सुख्खा र वर्षायाममा डुवानको चपेटामा पर्ने गरेका छन् । पानी जमेपछि सवारी साधन र पैदलयात्रीलाई समेत आवतजावतमा समस्या भएको छ । वर्षातले झडेवा फाँट, बाँसटारी, प्रभास, दमकडा, सराई, रुप्से, पोखराथोक, चिदीपानी क्षेत्रमा पर्ने फाँटहरुसमेत जलमग्न भएको छ ।
रोपेको धानको बिरुवा माटोले पुरिदिएको छ भने रोपाइँ गर्न बाकी रहेका जमिनमा बिउ बगाई दिएको स्थानीय कृषकहरु बताउँछन् । माडीफाँट हुँदै दक्षिणतर्फ बग्ने तिनाउ नदी, तानसेन बजारबाट माडीफाँट तर्फ झरेको तानसेन खोला धेरै ठाउँ फुटेका कारण खेतियोग्य जमिन जलमग्न भएको कृषक प्रकाश नेपालले बताउनुभयो । खोलामा तटवन्ध निर्माणतर्फ ध्यान नपुग्दा माडीफाँटका हजारौ कृषकले वर्षेनी ठूूलो नोक्सानी सामना गर्नु परेको माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादु चीदीले बताउनुभयो । खेतीयोग्य जमिन मनसुनी वर्षातको प्रारम्भमै डुवानको चपेटामा पर्नु दुखद् भएको तानसेन नगरपालिका ९ का वडा अध्यक्ष राजेश कुमारले बताउनुभयो । नगर र वडाले यसको व्यवस्थापन गर्न नसक्ने भएकाले संघ र प्रदेश सरकारले यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच