पार्टीका सांसदलाई बाइडेनको पत्र : ट्रम्पलाई हराउन प्रतिवद्ध छु

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडाैं । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसँगको बहसमा आफ्नो कमजोर प्रदर्शनपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्रम्पलाई हराउन आफू प्रतिवद्ध रहेको बताउनुभएको छ । शारीरिक र मानसिक फिटनेसको चिन्ताका बाबजुद दौडमा सोमवार प्रजातान्त्रिक सांसदहरूलाई लेखेको पत्रमा अमेरिकी राष्ट्रपति जो बाइडेनले रहने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले सञ्चारमाध्यम र अन्य ठाउँमा सबै आँकलनहरुको बाबजुद आफू यस दौडमा रहने बताउनु भयो । राष्ट्रपतिको दौडलाई अन्त्यसम्म लैजान र डोनाल्ड ट्रम्पलाई हराउन दृढ प्रतिवद्ध रहेको बताउनु भयो । ट्रम्पलाई हराउनु नै आफ्नो एउटा मात्रै काम भएको बताउनु भयो ।

लोकतान्त्रिक महाधिवेशनमा पार्टीको राष्ट्रपति पदका उम्मेदवार औपचारिक रूपमा घोषणा हुने ४२ दिन मात्र बाँकी छ । र आम चुनावको लागि ११९ दिनहरू छन् । बाइडेनले यो एकजुट हुने, एकीकृत पार्टीको रूपमा अगाडि बढ्ने र डोनाल्ड ट्रम्पलाई पराजित गर्ने समय भएको बताउनु भयो ।

केही डेमोक्रयाटिक सांसदहरूले उहाँलाई दौडबाट बाहिर निस्कन आग्रह गरेका छन् । रियल क्लियर पोलिटिक्सको औसत मतदान तथ्याङ्क अनुसार ट्रम्पले आम चुनावमा बाइडेनभन्दा ३.३ प्रतिशत अंकले अग्रता लिएका छन् ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?