
रुपन्देही र सैनामैनाको मुर्गिया स्वास्थ्य चौकी स्वास्थ्य संस्थाको न्युनतम सेवा मापदण्डमा पर्रोहा स्वास्थ्यचौकी जिल्लामै प्रथम भएको छ ।
संस्थाको पछिल्लो न्युनतम सेवा मापदण्डको स्कोर ९९ प्रतिशत जिल्ला भरी कै उत्कृष्ट भएपछि स्वास्थ कार्यालय रुपन्देहीले अन्य पालिकाका स्वास्थ शाखा प्रमुखसहित मुर्गिया हेल्थपोष्ट अबलोकन तथा छलफल गरिएको छ ।
सैनामैना नगरपालिकाका वडा नं ४का वडा अध्यक्ष एबं स्वास्थ्यचौकी ब्यबस्थापन समितिका अध्यक्ष राम प्रसाद अधिकारीको अध्यक्षता नगरप्रमुख फडेन्द्र शर्माको प्रमुख आतिथ्य प्रमुख प्रशासकिय अधिकृत जिबन ज्ञवालीको बिशिष्ट आतिथ्यता तथा जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख गौरब ढकालको आतिथ्यतामा सम्पन्न भएको थियो।
कार्यक्रममा बोल्दै नगर प्रमुख फडेन्द्र शर्माले न्युनतम सेवा मापदण्ड मा जिल्ला कै प्रथम परोहा स्वा चौकी रहेको मा खुसी ब्यक्त गर्दै नगर पालिका बाट नगरबासी लाई आधारभुत स्वास्थ्य सेवा प्रदान गर्न र नगरबासीको स्वास्थ्य अवस्था लाई थप उकास्श्न नगरले स्वास्थक्षेत्र तथा स्वास्वास्थ्य संस्था स्तरमा आवश्यक बजेट,जनशक्ति का साथै गर्भवती सुत्केरी ,जेष्ठ नागरिक अपांग असाहय लाई निशुल्क एम्बुलेन्स सेवा , स्वास्थ्य संस्थामै नियमित रुपमा पाठेघर मुखकोे क्यान्सर परिक्षण , प्रयोगशाला बिस्तार निरन्तर,सुत्केरीका लागी पोषण रकम उपलब्ध गराउने काम ,थप औषधी,उपकरण लगायत का कुरामा जोड दिनु भयो ।
उहाँले सैनामैनाका सबै स्वास्थ्य संस्थालाई थप अब्बल बनाउन नगरपालिका लागी परेको बताउनु भयो ।
यस्तै कार्यक्रममा बिशिष्ट अतिथि नगरपालिका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बोल्दै पर्राेहा स्वास्थ्य चौकीले जिल्लामै नबिनतम कामको सुरुवात गरेको बताउनु भयो। उहाले यसलाई कामय राख्दै उपचार सेवामा थप ब्यवस्थ्ति बनाउँदै लैजानु पर्ने बताउनु भयो। उहाँले नगरपालिकाले आबश्यक परे थप बजेट उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख गौरब ढकालले पर्राेहा स्वास्थ्य चौकीले स्वास्थ्य संस्थाको न्युनतम मापदन्डमा ९९ ल्याएको र त्यो भन्दा माथि जान सुझाब दिनु भयो । स्वास्थ्यको लागि सैनामैनाको पर्राेहाले नमुना काम गरेको समेत स्वास्थ्य प्रमुख ढकालले बताउनु भयो।
कार्यक्रममा नगरपालिका स्वास्थ्य शाखा प्रमुख बसन्त श्रेष्ठ ,जनस्वास्थ्य निरीक्षक हेमराज पन्थी लगायतले बोल्नु भएको मुर्गिया स्वास्थ्य चौकीका प्रमुख जनस्वास्थ्य निरिक्षक जेबी सुनारले बताउनु भयो ।
कार्यक्रममा वडा अध्यक्ष तथा हेल्थपोष्ट ब्यबस्थापन समितिका अध्यक्ष राम प्रसाद अधिकारीले बोल्दै स्वास्थ्य संस्थाको सेवाबाट टाढा रहेका समुदायको पहिचाहन गरि पहुच र गुणस्तरलाई थप ब्यवस्थित गर्ने बताउनु भयो । उहाँले स्वास्थ संस्थाको न्युनतम सेवा मापदण्डको अवस्था उत्कृष्ट भएकोमा सहयोग र सहकार्य प्रदान गर्नु हुने सैनामैना नगरपालिका जिल्ला स्वास्थ्य कार्यलय तथा सम्पुर्ण सरोकारबालाहरुलाई संस्थाको तर्फबाट धन्यबाद ब्यक्त गर्दे पुरा नभएका सेवा तथा बिस्तारित कार्यक्रमको लागि पुरा गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
कार्यक्रममा बुटबल उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख लुम्बिनी संस्कृति नगरपालिका शुद्धोधन गाउँपालिका स्वास्थ्य शाखा प्रमुखको सहभागी रहेको कार्यक्रमको सञ्चालमा सैनामैना नगरपालिकाका जनस्वास्थ्य निरीक्षक दिपक पान्डे गर्नु भएको थियो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच