
मस्को । रुसी सेनाले गत राति सीमानजिक ३८ युक्रेनी ड्रोन नष्ट गरेको मन्त्रालयले दाबी गरेको छ । मंगलबार आष्ट्राखानका गभर्नर इगोर बाबुस्किनले भन्नुभयो, ‘युक्रेनले यस क्षेत्रलाई लक्षित गरी उत्तरमा ड्रोनमार्फत आक्रमणको ठूलो प्रयास सुरु गरेको थियो ।’
सन् २०२२ फेब्रुवरी सुरु भएको रुस-युक्रेन युद्धमा दुवैपक्षले व्यापक मात्रामा ड्रोन प्रयोग गरिरहेका छन् । युद्धमा दुवैतर्फबाट सयौं किलोमिटरको दूरीमा आक्रमण गर्न सक्ने क्षमताका ‘स्व-विष्फोटक’ ड्रोन पनि समावेश गरिएको जनाइएको छ ।
युक्रेनले यसवर्ष रुसमाथिको आक्रमण तीव्र पारेको छ । रुसी सेनाले प्रयोग गरिरहेका ‘इनर्जी साइट’, सिमानाका सहर र गाउँ लक्षित आक्रमण गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत मेमा युक्रेनको उत्तरपूर्वी खार्किभ क्षेत्रमा आक्रमण सुरु गरेकोे बताउनुभएको छ । रासस/एएफपी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच