निजी र दलगत स्वार्थलाई केन्द्रमा राखेर अस्थिरता निम्त्याउने काम भएपछि काँग्रेससँग मिल्यौँ : अध्यक्ष ओली

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेस-एमालेबीच संविधान संशोधनका लागि आयोग बनाउने सहमति नभएको बताउनुभएको छ ।

बुधवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकलाई सम्बोधन गर्दै उहाँले संविधान संशोधनका लागि काँग्रेस र एमालेबीच आयोग बनाउने सहमति नभएको बताउनुभएको हो । उहाँले अनुभवबाट प्राप्त परिवर्तन, परिमार्जन, सुधार आवश्यक भए त्यसमा आधारित रहेर संविधान संशोधन गर्ने सहमति भएको बताउनु भयो । उहाँले निश्चित बुँदा तोकेर निस्कर्षमा नपुगेको पनि बताउनु भयो । उहाँले आयोग कसैको नेतृत्वमा पनि नबनेको उल्लेख गर्दै आयोग बन्ने भन्नेकुरा नभएको बतानउनु भयो ।

उहाँले राष्ट्रिय हितहरुको रक्षा संवद्र्धन गर्नका निम्ति र समृद्ध नेपाल, सुखी नेपाली बनाउनका निम्ति आवश्यक संशोधन हुने उल्लेख गर्नुभयो । उहाँले एमाले र नेपाली काँग्रेस मिल्दा संविधान अराजकता, अन्योलता र अस्थिरतातिर गएको भन्नेकुरा भ्रम फैल्याउनका लागि बोलिएको बताउनु भयो । उहाँले प्रदेशहरुमा महिना दिनमा सरकार बनाउने, अस्थिरता निम्त्याउने, बार्गेनिङ गर्ने, निजी र दलगत स्वार्थलाई केन्द्र भागमा राखेर अस्थिरता निम्त्याउने क्रमलाई रोक्न एमाले र काँग्रेस मिलेको बताउनु भयो ।

उहाँले विकास निर्माण र जनताका आवश्यकता तथा कामलाई केन्द्र भागमा नराख्दा भ्रष्टाचारतिर देशलाई लैजाने काम भएपछि आफूहरु मिलेको बताउनु भयो । उहाँले वार्थलाई अग्र भागमा भएको र संघीयतालाई सफल बनाउने दिशामा नगएकाले समीकरण फेर्नुपरेको बताउनु भयो । उहाँले संविधानप्रतिको ओठे भक्ति देखाएर संविधानलाई व्यवहारमा असफल बनाउने खालका प्रयास स्वीकार्य नहुने चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘अनुभवहरुले के कस्ता परिवर्तन, परिमार्जन, सुधार आवश्यक छन्, त्यसमा आधारित भएर संशोधन गर्ने हो । यो यो बुँदामा भन्ने निस्कर्षमा पुगिसकेका छैनौँ । कसैको नेतृत्वमा आयोग बनेको छैन । कसैको नेतृत्वमा आयोग बन्ने भन्नेकुरा केही पनि भएको छैन । मोटामोटी के भएको हो भने राष्ट्रिय हितहरुको रक्षा संवर्द्धन गर्नका निम्ति र समृद्ध नेपाल, सुखी नेपाली बनाउनका निम्ति जे आवश्यक पर्छ त्यो संशोधन गर्ने भनेको हो । एमाले र नेपाली काँग्रेस मिल्दा संविधान अराजकतातिर गयो, अन्योलतिर, अस्थिरताको स्थितितर्फ जाने भन्नेकुरा भ्रम फैल्याउनका लागि भनिएका हुन् । प्रदेशहरुमा महिना महिनामा सरकार फेरिने अवस्था बन्ने, कहिले यसकातिर, कहिले उसकातिर जाने, यस्ता खालका अस्थिरता, बार्गेनिङ, आफ्ना निजी र दलगत स्वार्थलाई केन्द्र भागमा राखेर जाने काम भयो । विकास निर्माणलाई केन्द्र भागमा नराख्ने, जनताका आवश्यकता, कामलाई केन्द्र भागमा नराख्ने, यसरी विभिन्न ढंगले करप्शनमा, अस्थिरतामा यस्तोमा जाने काम भयो । स्वार्थमा काम गर्ने । स्वार्थलाई अग्र भागमा राख्ने यस प्रकारका कामहरु देखिएका छन् । यसलाई कसरी रोक्ने ? संघीयतालाई सफल बनाउने दिशामा जानुपर्छ नि । त्यो पक्षमा विचार नै नगर्ने, खालि संविधानप्रतिको ओठे भक्ति देखाएर संविधानलाई व्यवहारमा असफल बनाउने खालका प्रयास स्वीकार्य हुन सक्दैनन् । संविधान गतिशिल कुरा हो । समाजको पथप्रदर्शनक हो । संविधानको समयानुकुल रुपमा परिमार्जित हुँदै जानुपर्छ । त्यसैले कतिपय कुरामा संविधान संशोधन गर्नुपर्छ भनेका हौँ ।’

अध्यक्ष ओलीले संविधान गतिशिल, समाजको पथप्रदर्शक भएकाले संविधानको समयानुकुल परिमार्जन हुने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?