नेपाली कांग्रेसले प्रजातन्त्र प्राप्तिका लागि गरेको संघर्ष

Read Time = 18 mins

✍️  पुरुषोत्तम घिमिरे
राणाहरूको हुकुमी शासनका विरुद्ध बीपी कोइरालाले विसं २००३ सालमा भारतको वनारसमा नेपाली राष्ट्रिय कांग्रेस गठन गर्नुभएको थियो । त्यतिबेला नेपालमा राणा शासनविरोधी गतिविधि गर्न सकिने अवस्था थिएन । त्यसकारण भारतबाट आफ्नो अभियान चलाउने सोच बनाएका थिए । सुवर्ण शमशेरले पनि कलकत्ताबाट राणा शासनविरुद्व आन्दोलन गर्न भनेर नेपाल प्रजातन्त्र कांग्रेस गठन गरेका थिए । वनारसमा बीपी कोइरालाको नेपाली राष्ट्रिय कांग्रेस र कलकत्तामा सुर्वण शमशेरको नेपाल प्रजातन्त्र कांग्रेसबीच एकता गरेर संयुक्त आन्दोलन गर्ने निर्णय भयो ।

दुवै नेताको उद्देश्य देशबाट राणा शासनको अन्त्य र प्रजातन्त्र बहाली गर्नु थियो । २००५ सालमा बीपी कोइरालाले स्थापना गरेको नेपाली राष्ट्रिय कांग्रेस र सुवर्ण शमशेरले स्थापना गरेको नेपाल प्रजातन्त्र कांग्रेसबीच एकीकरण भयो । दुई संगठन एक भएपछि उक्त संगठनको नाम नेपाली कांग्रेस राखियो । प्रजातन्त्र प्राप्तिका लागि नेपाली कांग्रेसले राणाविरोधी आन्दोलनको घोषणा गरिसकेको थियो । राणाहरू कांग्रेसले आफूविरुद्ध आन्दोलन गरेको भन्ने थाहा पाएपछि त्यो आन्दोलनलाई दबाउन हरसम्भभ प्रयास गर्दै थिए ।

आन्दोलनकै क्रममा कतिपय कांग्रेसी नेता तथा कार्यकर्ताहरूलाई धरपकड गरेर जेल हाल्ने कामसमेत भएको थियो । वीरगञ्जको आन्दोलनमा प्रजातन्त्रका लागि लडेका नेपाली कांग्रेसका थीरबम मल्ल पहिलो शहीद भएका थिए । एक हप्ता नै नपुगी आन्दोलन सारा देशभर फैलियो । जति दमन गर्दा पनि केही सीप नलागेपछि राणाहरूले आत्मसमर्पण गरेका थिए । त्यससँगै १०४ वर्ष लामो इतिहास बोकेको राणा शासनको अन्त्य भएको थियो । नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्रको घोषणा भएको थियो ।

नेपाली कांग्रेसले गरेको क्रान्तिका कारण १०४ वर्ष लामो इतिहास बोकेको राणा शासनको अन्त्य भएको थियो । नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्रको घोषणा भएको थियो । प्रजातन्त्रका लागि नेपाली कांग्रेसले गरेको सबभन्दा ठूलो उपलब्धि यही हो ।

प्रजातन्त्रका लागि नेपाली कांग्रेसले गरेको सबभन्दा ठूलो उपलब्धि यही हो । प्रजातन्त्र आएपछि आफ्नो हक अधिकार जनताले स्वतन्त्ररूपमा प्रयोग गर्न पाए । देशमा विभिन्न स्कुल कलेजहरू खुल्न थाले । जनताका छोराछोरीले पढ्नलेख्न पाउने भए । नेपाली कांग्रेसका कार्यकर्ताहरू भारतमा निर्वासित जीवन बिताइरहेका थिए । उनीहरूले भारतमा भएका राजा त्रिभुवनलाई नेपालमा ल्याएर राजाको स्थान दिएका थिए । राजा सिंहासनमा बसेपछि उनमा पनि तानाशाही प्रवृत्ति देखापर्‍यो । जसले आफूलाई आफ्नो गुमेको अधिकार दिएर सिंहासनमा बसाल्यो । उही कांग्रेसलाई राजाले बैरी देख्न थाले । राणाको दमन र अत्याचार सकियो ।

त्यसपछि राजाबाट प्रजातन्त्रमा प्रहार सुरु भयो । राजा त्रिभुवनले जनमत संग्रह गराएर जनताले चुनेको व्यक्तिलाई प्रधानमन्त्री बनाउँछु भनेका थिए तर राजाले आफूले जनतासामु गरेको वाचा बिर्से । नेपाली कांग्रेसले संवैधानिक राजतन्त्रात्मक व्यवस्थाको अवधारणा ल्याएको थियो । त्यो कुरा राजालाई पाच्य भएन । त्यतिबेला भारतमा प्रधानमन्त्री जबाहरलाल नेहरू थिए । उनले कांग्रेसलाई धोका थिएर राजालाई साथ दिए । कांग्रेसले लगाएको गुन उनीहरूले बिर्से । कांग्रेससँग भन्दा राजासँग काम लिन सजिलो हुन्छ भन्ने सोचका साथ कांग्रेसलाई छाडेर राजालाई च्यापे । राजा, राणा र भारत सरकार बसेर दिल्लीमै सम्झौता भयो । त्यो सम्झौतामा कांग्रेसलाई राखिएन । कांग्रेसले त्यो सम्झौता मान्दा पनि मानेन ।

राजाविरुद्धको आन्दोलन :
प्रजातन्त्र प्राप्तिका लागि नेपाली कांग्रेसले राणाविरुद्वको आन्दोलन सकिएको केही वर्षपछि फेरि राजाको निरंकुश शासनविरुद्ध आन्दोलन सुरु गर्नुप¥यो । २०१० सालमा नेपाली कांग्रेसले युवाहरूको दस्ता तरुण दलको गठन गर्‍यो । तरुण दल गठनसँगै यो संगठन पनि आन्दोलनमा सरिक भयो । राजाको हुकुमी शासनले उग्र रूप लिइरहेको थियो । यता कांग्रेसको आन्दोलन पनि जोडतोडका साथ अघि बढिरहेको थियो । राजाले सभा, सम्मेलन, जुलुस केही गर्न नपाउने भनेर दलहरूलाई प्रतिबन्ध लगाएका थिए । नेपाली कांग्रेसले अहिंसात्मक सत्याग्रह सुरु गर्‍यो ।

राजाले जति दमन गर्दा पनि केही नलागेपछि अन्तिममा कांग्रेस र राजाबीच २०१५ सालमा आमनिर्वाचन गराउने सम्झौता भयो । आमनिर्वाचन भयो । आमनिर्वाचनमा कांग्रेसले १०९ सिटमा ७४ सिट जित्न सफल भयो । यो कांग्रेसका लागि निकै ठूलो उपलब्धि थियो । प्रजातन्त्रप्रेमी जनताले देखाएको आँट र साहसको प्रतिफल कांग्रेसले ७४ सिट जित्यो । निर्वाचनपछि राजाले निकै ढिला गरेर कांग्रेसको मन्त्रिमण्डल बनाउन आहृवान गरे । त्यो उनको रहर नभई बाध्यता थियो । राजा पनि जनचाहनाविपरीत जान सक्दैन थिए ।

कांग्रेसले मन्त्रिमण्डल बनायो । पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला भए । उनी प्रधानमन्त्री भएपछि देशमा धमाधम उद्योगधन्दा कलकारखानाहरू खुल्न थाले । उनको चारैतिर गुणगान चल्न थाल्यो । राजालाई यो कुरा पाच्य भएन । उनले फेरि अनेक बहाना बनाएर आरोप लगाएर जननिर्वाचित प्रधानमन्त्रीलाई १८ महिना पनि पुग्न नपाउँदै अपदस्थ गरेर राज्यको सम्पूर्ण जिम्मेवारी आफ्नो हातमा लिए । २०१७ साल मा ‘कू’ गरेका राजा महेन्द्रले कांग्रेसका नेता तथा कार्यकर्ताहरूलाई धरपकड गरेर जेल हाल्न थाले ।

त्यतिबेला पक्राउ पर्ने नेताहरूमा— बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालालगायत थिए । उनीहरूले झण्डै ८ वर्ष जेल जीवन बिताए । गिरिजाप्रसाद कोइराला आमरण अनसन बसे । आमरण अनसन बसेपछि २०२४ सालमा उनीहरूलाई जेलबाट मुक्त गरियो । गिरिजाप्रसाद कोइराला जेलबाट छुटेपछि उनले अरू नेताहरूलाई पनि छुटाउन प्रयास गरे । सुवर्ण शमशेरले राजासँग वार्ता गरेर सहमति गर्न भनेपछि बाँकी जेलमा बसेकालाई पनि राजाले मुक्त गरिदिए ।

सबै जेलमुक्त हुँदा पनि कृष्णप्रसाद भट्टराई भने जेलमै बसिरहे । जब जेलबाट सबै नेता कार्यकर्ता छुटे बीपी बिरामी भए । नेपालमा उपचारका लागि राम्रो अस्पताल थिएन । त्यसैले उनी भारतमा उपचार गर्न गए । उनी भारतमा थिए । नेपालमा भने प्रजातन्त्र प्राप्तिका लागि आन्दोलन भइरहेको थियो । राजा आन्दोलन दबाउन अनेक प्रपञ्च रच्दै थिए । आन्दोलनले उग्र रूप लिएको थियो ।

२०४६ सालपछि कांग्रेसभित्र राजनीतिक विचलन आयो । राम्राभन्दा हाम्रालाई च्याप्ने परिपाटीको विकास भयो । पार्टीभित्र सिद्धान्त र विचारभन्दा पनि गुट-उपगुट मौलाउन थाल्यो । प्रजातन्त्र प्राप्तिका लागि गरेको संघर्षभन्दा पनि चाकरी र चाप्लुसीले अवसर पाउन थाल्यो ।

 

२०३० सालमा जहाज अपहरण गरियो । कांग्रेसले गरेको आन्दोलनमा यो सबभन्दा ठूलो र चुनौतीपूर्ण थियो । त्यतिबेला भारतमा प्रधानमन्त्री इन्दिरा गान्धी थिइन् । जब नेपालमा हवाईजहाज अपहरण गरियो तब भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले उनको देशमा संकटकालको घोषणा गरिन् र विपक्षी दलका नेता तथा कार्यकर्तालाई पक्रन थालिन् । सुशील कोइरालालगायतका नेताहरू २०३१ सालमा पक्राउ परेर भारतको जेलमा थिए ।

भारतमा संकटकालको घोषणा भएको, आफ्नो देशमा राजनीतिक द्वन्द्व चर्किएको हुँदा राष्ट्रलाई संकट पर्न सक्छ भन्ने सोचका साथ बीपी कोइराला, गणेशमान सिंह राष्ट्रिय मेलमिलाप नीति लिएर स्वदेश फर्किए । स्वदेश फर्किएका उनीहरूलाई एयरपोर्टबाटै समातेर सुन्दरीजल बन्दीगृहमा लगियो । भारत, कांग्रेसका कतिपय नेताहरू र राजा बीपी कोइराला नेपाल नआएकोमै खुसी थिए ।

जनमत संग्रह :
प्रजातन्त्र प्राप्तिका लागि गरिएको आन्दोलनले उग्ररूप लिइरहेको थियो । जति दमन गर्दा पनि केही सीप नलागेपछि, राजा वीरेन्द्रले २०३६ सालमा जनमत संग्रहको घोषणा गरे । शीर्ष नेताहरू सबै जेलमा थिए । सुधारिएको पञ्चायत र बहुदलीय व्यवस्थाबीच निर्वाचन हुने भन्ने घोषणा भयो । त्यसअनुरूप २०३७ सालमा जनमत संग्रह भएको थियो । पञ्चायतको पक्षमा २४ लाख मत खस्यो भने बहुदलको पक्षमा २० लाख मत खस्यो । जनमत संग्रहको तथ्यांकअनुसार त्यतिबेला पञ्चायतले ५५ जिल्लामा र बहुदलले २० जिल्लामा निर्वाचन जितेको थियो । यो नै प्रजातन्त्रको उपलब्धि थियो । बीपी कोइरालाको २०३९ सालमा निधन भयो । त्यसपछि आन्दोलनका कार्यक्रमहरूमा केही शिथिलता छायो । प्रजातन्त्रकै लागि आफ्नो सारा जीवन अर्पण गरेर बिदा भए विश्वेश्वरप्रसाद कोइराला ।

२०४६ सालको आन्दोलन
२०४६ सालमा फेरि निरंकुश पञ्चायतविरुद्ध नेपाली कांग्रेसले आन्दोलन घोषणा गर्‍यो । सर्वमान्य नेता गणेशमान सिंहको नेतृत्वमा आन्दोलन घोषणा भयो । आन्दोलनको मुख्य उद्देश्य संवैधानिक राजतन्त्र, बहुदलीय प्रजातन्त्र थियो । त्यसबेला बाममोर्चाले पनि आन्दोलनमा साथ दिने प्रतिबद्धता जनायो । मोर्चाका तर्फबाट मनमोहन अधिकारी, साहना प्रधान, पद्मरत्न तुलाधर आदि थिए । साहना प्रधान अध्यक्ष र मानार्थ अध्यक्ष तुलसीलाल अमात्यले आन्दोलनको भूमिका निर्वाह गर्ने भए ।

४९ दिन लामो आन्दोलन चल्यो । राजाले आन्दोलन दमन गर्न अनेक उपाय अपनाए तर केही सीप लागेन । राजा वीरेन्द्र प्रजातन्त्र घोषणा गर्न सहमत भए । दलहरूका तर्फबाट कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला संयुक्त बाममोर्चालगायतका नेताहरू संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रमा सहमत भए । अन्तरिम प्रधानमन्त्रीका रूपमा गणेशमान सिंहलाई अघि सारियो । उनले इच्छा नदेखाएपछि त्यो पद कृष्णप्रसाद भट्टराईलाई दिइयो । छोटो समयमा संविधान लेखेर निर्वाचन पनि सम्पन्न गर्नुपर्ने जिम्मेवारी नेपाली कांग्रेसको काँधमा थियो । त्यतिबेला नेपाली कांग्रेसलाई असफल बनाउने धेरै प्रयत्नहरू भए तर सफल हुन सकेनन् ।

२०४७ सालमा नयाँ संविधान बनाई निर्वाचनसमेत गराएर आफ्नो जिम्मेवारी नेपाली कांग्रेसले पूरा गर्‍यो । निर्वाचनबाट चुनिएका व्यक्तिलाई सत्ता हस्तान्तरण गरे । प्रजातन्त्र प्राप्तिको १४ महिना पनि नबिदै संविधान र निर्वाचन सम्पन्न गर्नु सानो कुरो थिएन । आपूmलाई दिएको जिम्मेवारी नेपाली कांग्रेसले पूरा गर्‍यो । स्वर्गीय कृष्णप्रसाद भट्टराईको सादगी जीवनको अहिले पनि उत्तिकै महत्व छ । प्रधानमन्त्री हुँदा बालुवाटारमा छाता सुराही र एउटा ट्यांका लिएर छिरेका थिए । प्रधानमन्त्री क्वाटर छाड्दा पनि त्यसबाहेक केही लिएर आएनन् । साधा जीवन उच्च विचारका धनी भट्टराईको चिन्तन र विचार पार्टीका नेताले बुझ्न सकेनन् र अन्त्यमा उनी पार्टीबाट अलगिएर बसे ।

२०४६ सालपछि कांग्रेसको राजनीति :
२०४६ सालपछि कांग्रेसभित्र राजनीतिक विचलन आयो । राम्राभन्दा हाम्रालाई च्याप्ने परिपाटीको विकास भयो । पार्टीभित्र सिद्धान्त र विचारभन्दा पनि गुट-उपगुट मौलाउन थाल्यो । प्रजातन्त्र प्राप्तिका लागि गरेको संघर्षभन्दा पनि चाकरी र चाप्लुसीले अवसर पाउन थाल्यो । अनेकौँ लोभी र पापीहरू बढ्न थाले । पार्टीको नीतिनियम सिद्धान्तभन्दा पनि व्यक्तिवादी राजनीति हावी भयो । बीपीको सिद्धान्तविपरीत पार्टीका नेता कार्यकताहरू चल्न थाले । जुन कुरामा बीपीको असहमति थियो त्यही काम कांग्रेसका नेताहरूबाट हुन थाल्यो । कुर्सीमोहमा सबै फसे । दुईपटक बहुमतको सरकार बनाउन दिएको अवसर सदुपयोग गर्न सकेनन् ।

व्यक्तिवादी राजनीति हावी भयो । पार्टीको सिद्धान्तबाट नेताहरू विचलित भए । कांग्रेसभित्र नीतिनियम बलियो बनाएर पार्टीलाई मजबुत बनाउनुपर्नेमा व्यक्ति बलियो बनाउन अग्रसर भएर लागेको देखियो । हरेक प्रजातान्त्रिक आन्दोलनमा अग्रणी भूमिका खेलेको नेपाली कांग्रेस पार्टीमा यसरी विचलन आउनुले नेपालको समग्र राजनीति गलत बोटोतर्फ मोडिन पुग्यो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?