
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको आर्थिक र वित्तीय स्थायीत्व दिनेगरी आगामी मौद्रिक नीति तय हुने बताउनुभएको छ ।
बिहीवार इकोनोमिक मिडिया एसोसिएशन नेपालले काठमाडौंमा आयोजना गरेको प्रि–मौद्रिक नीतिबारे छलफलमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताउनुभएको हो । उहाँले नेपाल राष्ट्र बैंकको अन्य केही उद्देश्य नभएको भन्दै मुलुकको वर्तमान आर्थिक,वित्तीय स्थायित्व र सरकारले लिएको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्यमा आधारित भएर मौद्रिक नीति ल्याउने बताउनु भयो ।
उहाँले बैंकिङ क्षेत्रलाई कसरी चुनौतीसँग सामना गर्नसक्ने बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित हुने बताउनु भयो । उहाँले बैकिङ क्षेत्रमा सबैको संधै आकर्षण रहने बनाउन सक्नुपर्ने बताउनु भयो । उहाँले कुनै व्यवसायलाई असर पर्ने नीति नआउने बताउनु भयो । उहाँले बैंकिङ क्षेत्रसँग भएको स्रोतलाई उत्पादन मुलक क्षेत्रमा लैजाने र थोरै भएपनि रोजगारी सिर्जना गर्नेगरी बैंकहरु लाग्न आवश्यक रहेको बताउनु भयो । उहाँले निर्यात मुलुक उद्योग स्थापना गर्ने काममा बैंकको स्रोत प्रयोग हुन आवश्यक रहेको बताउनु भयो ।
उहाँले मौद्रिक नीति बनाउने राष्ट्र बैंक अन्तिम चरणमा पुगेको बताउनु भयो । उहाँले राष्ट्र बैंकले गर्न सक्ने जति नीतिहरुमा सीमाभित्र रहेर काम गर्ने बताउनु भयो । उहाँले मुलुकको अर्थतन्त्रका समग्र सूचकहरु हेर्दा निर्माण उद्योग र औद्योगिक उद्योग ऋणात्मक भएको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘मौद्रिक नीति बनाउने राष्ट्र बैंक अन्तिम चरणमा पुगेको छ । अब बैंकर्स एशोसिएशनसँग छलफलमा बस्दैछौं । प्रायःसबै निकायहरुसँग छलफल सकेका छौं । सबैको आकंक्षा मौद्रिक नीतिमा छ । त्यो भन्दा बाहिरका नीतिहरुमा पनि चासो दिनुपर्छ । पहिलादेखि भन्दै आएका छौं । राष्ट्र बैंकले गर्न सक्ने नीतिहरुमा सीमाभित्र रहेर गर्छौं । मुलुकको अर्थतन्त्रका समग्र सूचकहरु हेर्दा निर्माण उद्योग र औद्योगिक उद्योग ऋणात्मक भएको अवस्था छ । अन्य केही क्षेत्रमा उत्साहजनक वृद्धि छ । होटल,ऊर्जा क्षेत्र राम्रो छ । समग्र सबै क्षेत्र नकारात्मक छ भन्ने धारणा राखेर बस्नुपर्ने अवस्था छैन । मौद्रिक नीतिले उद्योग व्यवसाय सहज वातावरण बनाउने राष्ट्र बैंकको बेसिक कन्सन नै हो । कुनै व्यवसायलाई असर पर्ने नीति ल्याउने अवस्था हुन सक्दैन । बैंकिङ क्षेत्रसँग भएको स्रोतलाई उत्पादन मुलक क्षेत्रमा लैजाने र थोरै भएपनि रोजगारी सिर्जना गर्नेगरी बैंकहरु लागुन् । निर्यात मुलुक उद्योग स्थापना गर्ने काममा स्रोत प्रयोग होस् । जसले गर्दा समग्र अर्थतन्त्रलाई प्रत्येक उद्योग व्यवसायको योगदान रहन्छ । बैंकिङ उद्योगको पनि योगदान रहन्छ भन्ने उद्देश्यले मौद्रिक नीति तय गर्ने हो ।’
उहाँले होटल,ऊर्जा क्षेत्रमा उत्साहजनक वृद्धि भइरहेको भन्दै समग्र सबै क्षेत्र नकारात्मक छ भन्ने धारणा राख्न नहुने बताउनु भयो । उहाँले मौद्रिक नीतिले उद्योग व्यवसाय सहज वातावरण बनाउने बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच