
कुवेत सिटी । कुवेत आयल कम्पनी (केओसी)ले कुवेतको आर्थिक जलक्षेत्रमा रहेको फैलाका टापुको पूर्वमा रहेको नौखादा अपतटीय क्षेत्रमा उच्च गुणस्तरको हल्का तेल र ग्यासको नयाँ खोज गरेको घोषणा गरेको छ । कुवेत समाचार एजेन्सीलाई दिएको बयानमा कम्पनीले उक्त क्षेत्रको क्षेत्रफल लगभग ९६ वर्गकिलोमिटर रहेको बताएको छ । यस तहमा हाइड्रोकार्बन स्रोतहरूको प्रारम्भिक अनुमान लगभग दुई अर्ब १० करोड ब्यारेल हल्का तेल र ५१ खर्ब मानक घनफिट ग्यास छ । यो तीन अर्ब २० करोड ब्यारेल तेलको बराबर हो ।
कम्पनीले यी प्रारम्भिक तथ्यांक भएको जनाएको छ । यसले हाइड्रोकार्बन स्रोतहरूको मात्रा प्रारम्भिक अनुमानभन्दा बढी हुने सम्भावना रहेको उल्लेख गरेको छ ।
हाल, परियोजना कुवेती अपतटीय क्षेत्रको द्वि-आयामी भूकम्प सर्वेक्षणका आधारमा शुरू गरिएको र सबैभन्दा राम्रो र सुरक्षित ड्रिलिङ साइटहरू निर्धारणको उद्देश्यसँग पृथ्वी तहहरूको विवरण र संरचना बुझ्नका लागि भू-भौतिक र भू-वैज्ञानिक अध्ययनहरू सञ्चालन गरिएको छ । केओसीले पहिलो अन्वेषण चरणमा तेल र ग्यासका लागि छवटा अन्वेषण इनारहरू ड्रिलिङ समावेश रहेको खुलासा गरेको छ ।
कम्पनीले अन्वेषण परियोजना कुवेतको हाइड्रोकार्बन भण्डार बढाउने, विश्वव्यापी माग पूरा गर्न नयाँ हाइड्रोकार्बन स्रोतहरूको दिगोपन सुनिश्चित गर्ने र ग्यासको भरपर्दो विश्वव्यापी उत्पादकका रूपमा कुवेतको स्थिति बढाउने लक्ष्य राखेको राष्ट्रिय परियोजना हो भनेको छ । रासस/सिन्हृवा ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच