
काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित प्रविधि अवार्डका रूपमा परिचित आइसिटी अवार्डको नवौँ संस्करणका लागि अनलाइन आवेदन खुलेको छ । लिभिङ विथ आइसिटीले हरेक वर्ष आयोजना गर्दै आइरहेको ‘आइसिटी अवार्ड’मा यस वर्ष थप एक विधासहित १४ विधाहरू हुने बताइएको छ । ‘सोसियल इन्नोभेसन आइसिटी अवार्ड २०२४’ यस वर्ष थप गरिएको विधा हो ।
प्रविधि क्षेत्रका स्टार्टअप, इन्नोभेसन, प्रोडक्टसँगै सरकारी तथा निजी संस्थाका डिजिटल सेवा र डिजिटल शिक्षालाई यस अवार्डले समेटेको छ । यस वर्ष पनि सातै प्रदेशका स्टार्टअप र इन्नोभेसन समेट्ने गरी स्टार्टअप फेस्ट आयोजना र प्रदेशका उत्कृष्ट स्टार्टअपलाई सम्मान गरिने आयोजकले जनाएको छ ।
आइसिटी अवार्ड २०२४ का लागि नोमिनेसन खुला भएका १४ अवार्ड विधामा स्टार्टअप आइसिटी अवार्ड, प्रोडक्ट आइसिटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड, सोसियल इन्नोभेसन आइसिटी अवार्ड, प्रोफेसनल एक्सिलेन्स आइसिटी अवार्ड, पायोनियर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड रहेका छन् ।
त्यस्तै आन्टरप्रेनर आइसिटी अवार्ड, वुमन आइकन आइसिटी अवार्ड, डिजिटल एजुकेसन आइसिटी अवार्ड (पब्लिक सेक्टर), डिजिटल एजुकेसन आइसिटी अवार्ड (प्राइभेट सेक्टर), डिजिटल गभर्नेन्स आइसिटी अवार्ड, डिजिटल सर्भिसेस आइसिटी अवार्ड र साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड रहेका छन् । अन्तर्राष्ट्रिय अवार्डका रूपमा साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड पनि सञ्चालन भइरहेको छ । अवार्डमा भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, भुटान, माल्दिभ्स, नेपालका स्टार्टअपले आवेदन दिन सक्ने आयोजकले बताएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच