एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन राष्ट्रपतिको दौडबाट पछि हट्नु भएको छ । ८१ वर्षीय बाइडेनले आफ्नो उम्मेदवारी फिर्ता लिनुहुँदै आफ्नी सहकर्मी र उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपतिको उम्मेदवारमा समर्थन गर्ने घोषणा गर्नुभएको छ ।
बढ्दो उमेर र स्वास्थ्यका कारण बाइडेनले रिपब्लिकन पार्टीका उम्मेदवार पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई चुनौती दिन नसक्ने भन्दै उहाँलाई पार्टीका नेताहरुले नै उम्मेदवारी फिर्ता लिन दबाब दिएका थिए ।
बाइडेनले विज्ञप्तिमा भन्नुभएको छ, ‘राष्ट्रपतिको रूपमा सेवा गर्नु मेरो जीवनको सबैभन्दा ठूलो सम्मान हो । फेरि चुनाव लड्ने मेरो मनसाय भए पनि पार्टी र देशको हितमा उम्मेदवारी फिर्ता लिने र बाँकी कार्यकाल राष्ट्रपति पदको जिम्मेवारी पूरा गर्नमा पूर्ण ध्यान दिने छु ।’
बाइडेनको यस्तो घोषणापछि अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई जित्न सहज हुने बताउनु भएको छ । सामाजिकसञ्जाल मार्फत ट्रम्पले उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्न सहज हुने प्रतिक्रिया दिनुभएको हो । उहाँले बाइडेन अमेरिकाको इतिहासकै सबैभन्दा खराब राष्ट्रपति भएको पनि उल्लेख गर्नुभएको छ ।
उहाँले लेख्नुभएको छ, ‘ बाइडेनलाई अमेरिकी इतिहासको सबैभन्दा खराब राष्ट्रपति हुन् । यो दौडबाट बाहिरिएर उनले ठिक गरे । आसपासका डाक्टर र सञ्चार माध्यमहरूलाई समेत उहाँ चुनावका लागि योग्य छैनन् भन्ने पहिले नै थाहा थियो । बाइडेन राष्ट्रपति बन्दा आफूहरूले निकै क्षति भोग्नु परेको तर उनी पदमा रहँदाको क्षतिहरूको छिट्टै भर्पाई हुनेछ ।अब हामीलाई सहज भएको छ । कमला ह्यारिसविरुद्ध मलाई गाह्रो हुने छैन् ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच