नटिङहृयाम । घरेलु टोली इंग्ल्याण्डले एक खेलअगावै वेस्ट इण्डिजविरुद्धको टेस्ट शृंखला आफ्नो पक्षमा पारेको छ । जितसँगै इंग्ल्याण्डले तीन खेलको शृंखलामा २-० को अग्रता लिएको हो । इंग्ल्याण्डले वेस्ट इण्डिजमाथि आइतबार लगातार दोस्रो जित हासिल गर्यो । दोस्रो टेस्टमा इंग्ल्याण्ड २४१ रनको फराकिलो अन्तरले विजयी बनेको हो ।
पहिलो टेस्टमा इंग्ल्याण्ड एक इनिङ्स र ११४ रनले विजयी भएको थियो । ३८५ रनको लक्ष्य पछ्याएको वेस्ट इण्डिजको टोली अन्तिम दिनमात्र १४३ रनमा समेटियो । क्यारेबियन टोलीलाई सस्तोमा समेट्न शोहेब बसिरले घातक बलिङ गर्नुभयो । उहाँले ११.१ ओभरमा ४१ रन खर्चेर ५ विकेट लिनुभयो । त्यस्तै, क्रिस वोक्स र गस एटकिन्सनले दुई-दुई विकेट हात पार्नुभयो भने मार्क वुडले एक विकेट लिनुभयो ।
दोस्रो इनिङ्समा वेस्ट इण्डिजका लागि कप्तान क्रेग ब्राथवेटले सर्वाधिक ४७ रन बनाउनुभयो । त्यस्तै, जेसन होल्डरले ४२ बलमा ३७ रन जोड्नुभयो । मिकेल लुइसले १७ रन तथा जोसुवा डा. सिल्भाले १४ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
यसअघि हृयारी बु्रक र जो रुटको शतकीय इनिङ्सको मद्दतले इंग्ल्याण्डले दोस्रो इनिङ्समा ४२५ रन बनाउँदै अलआउट भएको थियो । रुटले १२२ रन तथा बु्रकले १०९ रन बनाउनुभयो । ओली पोपले ५१ रनको योगदान दिनुभयो । पहिलो इनिङ्समा १२१ रन बनाउनुभएका उहाँ प्लेयर अफ द म्याच पनि चुनिनुभएको थियो । इंग्ल्याण्डले पहिलो इनिङ्समा ४१६ रन बनाएको थियो भने जवाफमा वेस्ट इण्डिजले ४५७ रन बनाएको थियो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच