दक्षिणी इथियोपियामा पहिरोमा परी मृत्यु हुनेको संख्या २२९ पुग्यो

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडाैं । दक्षिणी इथियोपियामा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २२९ पुगेको छ । उद्धार कार्य अहिले पनि भइरहेको स्थानीय सरकारी अधिकारीहरूले बताएका छन् ।

गेजे गोफा जिल्लाका प्रमुख प्रशासक मिसिकिर मिटिकुले मंगलवार पत्रकार सम्मेलनमा घण्टौँको अविरल वर्षापछि आईतवार राति भएको पहिलो पहिरोले परिवारका तीनजनालाई असर गरेको बताउनु भयो । सोमवार बिहान भएको थप दुर्घटनाले उद्धारका लागि घटनास्थलमा भेला भएका स्थानीय समुदायका सदस्यहरू पुरिएको बताएका छन् ।

ज्यान गुमाउनेमा बालबालिका र महिलाका साथै उद्धार कार्यमा खटिएका सुरक्षाकर्मी र स्थानीय सरकारका अधिकारी पनि छन् । जीवितै उद्धार गरिएका करिव १० जनाको अहिले नजिकैको स्वास्थ्य संस्थामा उपचार भइरहेको उनीहरुले बताए । माटोमुनि थप शव निकाल्ने काम भइरहेकोले मृतकको संख्या बढ्न सक्ने स्थानीय अधिकारीहरुले बताएका छन् ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?