साझा स्वास्थ्य सेवा र कृषि बैंकबीच सहकार्य

Read Time = 2 mins

काठमाडौं । सहकारी संस्था साझा स्वास्थ्य सेवाले आफ्ना सम्पूर्ण बैंकिङ कारोबार कृषि विकास बैंकमार्फत् गर्ने भएको छ । सो सम्बन्धमा साझा स्वास्थ्य सेवाका महाप्रबन्धक चुडामणि भण्डारी र कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङसहित उच्चपदस्थ कर्मचारीको उपस्थितिमा सम्झौता भएको हो ।

सम्झौताअनुसार साझा स्वास्थ्य सेवाका औषधि पसलबाट बैंकले नगद संकलन गरी बैंक खातामा जम्मा गरिदिनेछ भने स्वास्थ्य सेवाका कर्मचारीका लागि बिनाधितो कर्जा दिनेछ । साथै तलब खातामा निःशुल्क डेबिट कार्ड तथा विद्युतीय भुक्तानीका सेवा निःशुल्करूपमा प्रदान गर्नेछ भने लकर सेवामा समेत ५० प्रतिशत छुट प्रदान गर्नेछ ।

प्रतितपत्र कारोबार तथा विदेशी मुद्रा कारोबारमा समेत छुट प्रदान गरी साझा स्वास्थ्य सेवाको व्यावसायिक बैंकिङ पार्टनर भई कार्य गर्नेछ । त्यस्तै, साझाले सञ्चालन गर्ने तालिम र सेमिनारमा बैंकका तालिम केन्द्रलगायतका पूर्वाधार प्रयोग गर्दा बैंकले तालिम सञ्चालनमा ५० प्रतिशत छुट दिनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?