
काठमाडौं । ललित स्मृति एन्फा यू-१८ युथ लिगमा चौथो चरणका खेलहरू सकिएका छन् । चौथो चरणका खेलहरू सकिँदासम्म नेपाल पुलिस र मच्छिन्द्र एफसीमात्र अपराजित छन् । जावलाखेल युथ क्लब, संकटा एफसी र त्रिभुवन आर्मी एफसी जितविहीन छन् ।
नेपाल पुलिस क्लबले शुक्रबार जावलाखेल युथ क्लबलाई ३-१ ले पराजित गर्दै शीर्ष स्थानमा उक्लेको छ । एन्फा कम्प्लेक्समा भएको खेलमा कप्तान सुवास बामको दुई गोल मद्दतमा पुलिसले सहज जित हात पारेको हो । सुवासले खेलको २५औँ र ३२औँ मिनेटमा गोल गर्नुभयो । यस्तै साजनराज गौतमले ४४औँ मिनेटमा गोल गर्नुभएको थियो ।
जावलाखेलका लागि निशान राईले पहिलो हाफको इन्जुरी टाइममा एक गोल फर्काउनुभयो । दोस्रो हाफमा दुवैतर्फबाट कुनै गोल हुन सकेन ।
लिगमा तेस्रो जित हात पारेको पुलिस चार खेलबाट १० अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । दोस्रो हार बेहोरेको जावलाखेल भने चार खेलबाट दुई अंकसहित १०औँ स्थानमा छ ।
शुक्रबारै भएको अर्को खेलमा मनाङ मस्र्याङ्दी क्लबले पहिलो हार बेहोरेको छ । मनाङलाई सातदोबाटो युथ क्लबले २-० ले पराजित गर्दै अपराजित यात्रामा ब्रेक लगाएको हो ।
सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङले १३औँ र प्रज्ज्वल कार्कीले ७२औँ मिनेटमा गोल गर्नुभएको थियो । मनाङ मस्र्याङ्दीको अपराजित यात्रामा सातदोबाटोले ब्रेक लगाएको हो ।
पराजित मनाङ चार खेलबाट नौ अंकसहित दोस्रो स्थानमा छ । लिगमा पहिलो जित निकालेको सातदोबाटो चार खेलबाट चार अंक जोडेर सातौँ स्थानमा उक्लेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच