
काठमाडौं । मिस माल्टा चेरिस स्पिटेरी कामाडौं आउनुभएको छ । उहाँ सोमबार बिहान टर्सिस एयरलाइन्सको विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको थियो । उहाँलाई विमानस्थलमा नेपाल पर्टन बोर्डको अगुवाइमा स्वागत गरिएको थियो । बोर्डले उहाँसहितको टोलीलाई ढाकाटोपी र पञ्जेबाजाले स्वागत गरेको थियो ।
टोलीमा मिस माल्टाका अन्य अन्य सदस्यहरू केस्र्टन बोर्ग, डेनियल जम्मिट, एलेक्सिया कटजर र क्यारोलिना सिउबोटारू हुनुहुन्छ । नेपालमा रहँदा मिस माल्टाको टोलीले विभिन्न गैरसरकारी संस्थासँग मिलेर सामाजिक कार्य गर्नुका साथै मिस नेपालको ग्राण्ड फिनालेमा सहभागी हुने जनाइएको छ । द हिडन ट्रेजरका निर्देशक प्रमोद कंसाकारले फिनालेको छेको पारेर नेपाल आउन संस्थाले निम्तो दिएको बताउनुभयो ।
यस्तै चितवनसहितका विभिन्न पर्यटकीय क्षेत्रको भ्रमण गर्नुका साथै नेपाल चिनाउने डकुमेन्ट्री पनि निर्माण गर्ने टोलीको योजना रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए)का अभियन्ता सोम सापकोटाले जानकारी दिनुभयो ।
टोली नेपाल भ्रमण पूरा गरेर साउन २२ मा स्वदेश फर्किने एनआरएनए माल्टाका अध्यक्ष रेम्स खनालले जानकारी दिनुभयो । नेपाल भ्रमणमा रहँदा उहाँहरूले प्रधानमन्त्री केपी शर्मा ओली र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।
यसैगरी, उहाँहरूले चन्द्रागिरि, पाटन दरबार स्क्वायर, पशुपतिनाथ, स्वयम्भूनाथलगायत सम्पदाको भ्रमण गर्ने जानकारी पर्यटन बोर्डले दिएको छ । त्यस्तै, उहाँहरूले नेपालका विद्यालयहरू भ्रमण गर्नुहुनेछ र सहयोग चन्दा प्रदान गर्नुहुनेछ ।
साथै टोलीले भ्रमणका क्रममा काठमाडौं महानगरका उपप्रमुख सुनिता डंगोल, चितवन जिल्लाको भरतपुर महानगरपालिकका प्रमुख रेणु दाहाल र रत्ननगरका प्रमुख प्रल्हाद सापकोटासँग भेटवार्ता गर्ने कार्य तालिका रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच