काठमाडौं । चलचित्र ‘कल्ली’को घोषणा गरिएको छ । पल शाह र बेनिशा हमालको मुख्य भूमिका रहने चलचित्रलाई लक्ष्मण सुनारले निर्देशन गर्दै हुनुहुनछ । चलचित्र रेड बर्ड प्रोडक्सन र कस्तुरी प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको हो ।
चलचित्रको प्रस्तुतकर्तामा किरण नेपाली हुनुहुन्छ । चलचित्रमा महेश दवाडीको पटकथा तथा संवाद रहने जनाइएको छ । छायांकनअघि टिजर पोस्टर सार्वजनिक गर्दै चलचित्रको घोषणा गरिएको हो । सार्वजनिक पोष्टरमा चरित्र चित्रणदेखि फिल्मको मुडसम्म चित्रण छ । पोष्टरअनुसार फिल्म एक्सनप्रधान हुने आंकलन गर्न सकिन्छ ।
पोस्टरमा पल र बेनिशा दुवैलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ । चलचित्रलाई चैत २९ मा गते रिलिज गर्ने जनाइएको छ । चलचित्रको छायांकन कर्णाली प्रदेशका विभिन्न रमणीय स्थानमा गर्ने तयारी भइरहेको निर्देशक सुनारले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच