गुल्मी । गुल्मीको एक पालिकाले सार्वजनिक स्थलमा धूम्रपान गर्न नपाइने बताएको छ । यस जिल्लाको गुल्मीदरबार गाउँपालिकाले एक सूचना जारी गरी पालिकाभित्र रहेका सार्वजनिक स्थलमा धूम्रपान तथा सुर्तीजन्य कनै पनि पदार्थ सेवन गर्न नपाइने बताएको हो ।
प्रमुख प्रशासकीय अधिकृत भेषराज घिमिरेका अनुसार होटल, रेष्टुरेन्ट, बार, रिसोर्ट, भोजनालय, चमेनागृह, लज, छात्र छात्रावास तथा अतिथिगृह, सरकारी कार्यालय, निकाय वा संस्था, शिक्षण संस्था, विद्यालय, कलेज, पुस्तकालय, तालिम वा स्वास्थ्य संस्था, सार्वजनिक सवारीका साधन, प्रतिक्षालय तथा टिकट काउन्टरमा धूम्रपान तथा सुर्तीजन्य कनै पनि पदार्थ सेवन गर्न नपाइने भएको हो ।
त्यस्तै, बालकल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाआश्रम, अनाथालय, बाल उद्यान तथा क्लव, उद्योग तथा कलकारखाना कार्यस्थल, चलचित्र घर, साँस्कृतिक केन्द्र तथा नाट्यशाला, सार्वजनिक शौचालय, रङ्गशाला, कवर्डहल, शारिरिक व्यायाम केन्द्र, पौडिपोखरी तथा पुल हाउस, डिपार्टमेन्टल स्टोर तथा मिनि मार्केट, धर्मशाला तथा धार्मिक स्थललगायतका स्थानमा कसैले धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्न नपाइने उहाँले बताउनुभयो ।
सुर्तीजन्य पदार्थ तथा मदिरा प्रयोगका कारण स्वास्थ्यमा गम्भीर असर पुगेको भन्दै विभिन्न रोगहरु लागेर मानिसहरुको मृत्युु गरेको हुँदा सुर्तीजन्य पदार्थ सेवनलाई निरुत्साहित गर्न लागिएको गाउँपालिका अध्यक्ष सरोजकुमार थापाले बताउनुभयो । कसैले पनि अन्य व्यक्तिलाई असर पर्ने गरी निजी घर तथा सवारी साधनभित्र धूम्रपान गर्न नहुने उहाँको भनाइ छ ।
सार्वजनिक स्थलमा कसैले धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गरेको पाइएमा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन, २०६८ को दफा १७ बमोजिम कारबाही गरिने गाउँपालिकाले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच