काभ्रे । काठमाडौंको सेतोपुल, रूद्रमति मार्गस्थित स्वाकन इन्टरनेशनल हस्पिटलको आयोजनामा काभ्रेको बनेपा-६ मा रहेको माइलहाई हस्पिटालिटीको परिसरमा साउन २४ र २५ गते आर्ट क्याम्प तथा कार्यशाला सम्पन्न भएको छ । काठमाडौंबाट आएका सातजना युवा कलाकारहरू जया शर्मा, विभूषण ताम्राकार, किशोर नकर्मी, जुजुकाजी श्रेष्ठ, प्रकाश मानन्धर, रेणुका महर्जन तथा सपना पौडेलले सो कला कार्यशालामा सहभागिता जनाउनुभएको थियो ।
‘संस्कृति र प्रकृति’ कन्सेप्टमा आयोजित कार्यशालामा पहिलो दिन कलाकारहरूले आयोजनास्थल नजिकै रहेको गोसाइँथान भ्रमण गरेका थिए भने साँझ आयोजित कला छलफलमा सबैले कला क्षेत्रका बारेमा आ-आफ्नो अवधारणा राख्नुका साथै अनुभवहरू आदानप्रदान गरेका थिए । दोस्रो दिन सहभागी कलाकारले माइलहाइको रमणीय स्थलमा विभिन्न आकर्षक चित्र सिर्जना गरेका थिए ।
कार्यशालाको आयोजना गर्नुको उद्देश्य बारे संयोजक सुव्रत आचार्यले ‘कलाकारहरूलाई इज्जत र सम्मान चाहिन्छ, जसको यहाँ कमी छ । उहाँहरूलाई इज्जत र सम्मान दिँदै यस्ता कलाका कार्यक्रमहरू अझ बृहत् रूपमा गर्दै जाने हाम्रो योजना छ,’ भन्नुभयो ।
आयोजक स्वाकन इन्टरनेशनल हस्पिटलकी निर्देशक डा.मिनल्मा पाण्डेले ‘मलाई सानैदेखि चित्रकला सिर्जनामा रूचि थियो । चिकित्सा पेशा नअंगालेको भए म चित्रकार नै हुन्थे होला । कला र कलाकारहरूलाई सम्मानजनक तरीकाले यसरी भेला गर्ने मेरो सोच पहिलेदेखिको हो । यसपटक त्यो अवसर जुरेको छ । यो पटकको आयोजनाले आगामी दिनमा अझै बढी कलाकारहरू भेला गरेर यस्तो कार्यशाला गरिरहने हौसला मिलेको छ,’ भन्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच