काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री दुई दिने औपचारिक भ्रमणका लागि आज नेपाल आउँदै हुनुहुन्छ । परराष्ट्रसचिव सेवा लम्सालको निमन्त्रणामा उनी नेपाल आउन लाग्नुभएकाे हाे ।
दुई विदेशसचिवले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने र पारस्परिक हितकारी सहयोगलाई अगाडि बढाउने विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।
नेपालमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा कांग्रेससहितको नयाँ सरकार गठन भएपछि भारतबाट यो उच्चस्तरीय पहिलो भ्रमण हो ।
भ्रमणका क्रममा विदेशसचिव मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणासँग भेटवार्ता कार्यक्रम छ । विदेश सचिव मिश्री भोलि भारत फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच