काठमाडौं । काभा महिला नेसन्स लिग भलिबलमा रजत पदक विजेता खेलाडीले जनही तीन लाख रुपैयाँ नगद पुरस्कार पाउने भएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले काभा नेसन्स लिगमा उपविजेता नेपाली टोलीका प्रत्येक खेलाडीलाई तीन लाख रुपैयाँ नगद पुरस्कारका लागि सिफारिस गरेको हो । युवा तथा खेलकुद मन्त्रालयमार्फत् नेपाल सरकारसमक्ष उक्त सिफारिस गरेको छ ।
परिषद्को कार्यकारी समितिको बैठकले राष्ट्रिय महिला भलिबल टोलीलाई पुरस्कारका लागि उक्त निर्णय गरेको थियो । राष्ट्रिय खेलकुद विकास नियमावलीअनुसार प्रतियोगितामा सहभागी १४ जना खेलाडीले जनही तीन लाख रुपैयाँ पाउनेछन् ।
मुख्य प्रशिक्षकले दुई लाख पाउँदा सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोले जनही एक लाख २० हजार नगद पुरस्कार पाउने भएका छन् । गत साउन १७ देखि २३ गतेसम्म सञ्चालन भएको प्रतियोगिताको लिगमा नेपालले श्रीलंका, माल्दिभ्स र भारतलाई हराएको थियो । सोही लिगमा इरानसँग पराजित हुन पुगेको नेपालले सेमिफाइनलमा भने इरानलाई नै हराउँदै उपाधि भिडन्त तय गरेको थियो । तर, फाइनलमा भने भारतसँग तीन-दुईले पराजित भएपछि फेरि नेपाल उपविजेतमा नै सीमित हुन पुग्यो । प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, इरान र माल्दिभ्स सहभागी थिए ।
सन् २०१९ को १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा उपविजेता बनेको नेपाल पाँच वर्षपछि पनि घरेलु मैदानमा भारतसँग बदला लिन असफल भएको हो । सागमा पनि नेपाल भारतसँग तीन-दुईले नै पराजित भएको थियो । तर, घरेलु मैदानमा गत हप्ता सम्पन्न काभाको लिगमा नेपालले भारतमाथि तीन-दुईको जित निकालेको थियो । यो जित नै भारतमाथि महिला भलिबलमा नेपालको पहिलो र ऐतिहासिक थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच