काठमाडौं । चलचित्र ‘मृत्युकोश’को शर्ष गीत ‘बेवारिशे हुनुपर्ने लासै हुँदा पनि’ रेकर्ड सम्पन्न भएको छ । अमेरिकाको आरएल साउण्ड एण्ड लाईट्स् स्टुडियो, बालटीमोरमा उक्त गीतको रेकर्ड भएको चलचित्रको निर्माता कमला जोशीले जानकारी गराउनुभयो । प्राडा.कृष्णहरि बरालले लेखेका गीतमा सन्तोष श्रेष्ठको संगीत, राजेन्द्र बजगाईंको संगीत संयोजन र रुद्र शेखर शर्माको स्वर रहेको छ । विभिन्न भाषा तथा जनराका गीतमा आफ्नो स्वर दिनुभएका शर्माले नेपाली चलचित्रको लागि भने पहिलो पटक आवाज दिनुभएको हो ।
ईरा प्रोडक्सनको व्यानरमा निर्माण भइरहेको उक्त चलचित्रमा माधबराज खरेलको लेखन तथा निर्देशन छ । चलचित्रमा तेज गिरी, गीता अधिकारी, प्रवण भुसाल, लिगेश भट्टराई, शान्तिप्रिय, राजन थापा, राजेन्द्र पाण्डे, दीपक थापा, नम्रता खरेल, सुमिरा गिरी, सपना जोशी, राजन खरेल, जनक सिंह, डा.राजीव यादव, सौरीका खरेल, राधिका खरेललगायतको अभिनय देख्न सकिनेछ ।
चलचित्रको काठमाडौं ललितपुर र नुवाकोटका विभिन्न स्थानमा पहिलो चरणको छायांकन गरिएको थियो । मुकेश हुँमागाइले खिचेको चलचित्रमा उहाँलाई छायाँकार राजन खरेलले साथ दिनुभएको छ । विक्रम गौतमको मेकअप रहेको छ चलचित्रको दोस्रो चरणको छायांकन भने भाद्र महिनाको दोस्रो साताबाट गरिने निर्माण पक्षले जनाएको छ । चलचित्रको अर्को गीत ‘भुल भुलैया’लाई डि आर राईले शब्द रचना गर्नुभएको छ भने सन्तोषकै संगीत र शाहस शाक्यको संगीत संयोजन छ ।
एकजना मानिसले आफ्नो जीवनको उत्तराद्र्धमा आएर भोग्नु परेको समस्यालाई चलचित्रमा उठान खोजिएको निर्देशक खरेलले जानकारी गराउनुभयो । नेपाली परिवेशमा पछिल्लो समय युवाहरूको प्रवास पलायनको प्रमुख मारमा वृद्धवृद्धा पर्ने गरेका छन् । यसै विषय बस्तुभित्र रहेर सामाजिक सचेतनाका लागि यो चलचित्रको निर्माण भएको उहाँको भनाइ छ । ईरा प्रोडक्सनको ब्यानरमा निर्माण भएको र निर्देशक खरेलकै निर्देशन तथा लेखनमा बनेकोे चलचित्र चिठ्ठी पनि प्रदर्शनको तैयारीमा रहेको जानकारी निर्माण पक्षले दिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच