अयोग्य शासकबाट सावधान
विगत चार दशकदेखि नेपालमा मात्रै होइन विश्वमा नै आश्चर्यलाग्दा घटना भए । कोरोना आयो संसारलाई कोठामा परिसीमित गरायो र धेरैको ज्यान लियो । विज्ञानले त्यसको पनि निवारण गरेरै छाड्यो । जर्मनको पर्खाल ढल्दा र सोभियत संघ विघटित हुँदा आश्चर्य लागेर बोली बन्द गरेर बसेका मान्छे थिए कोही भने कोही अब संसारले नवकाँचुली फेर्छ भनेर उत्साहित पनि भएका थिए । संसारमा शासन चलाउने प्रजातन्त्रवादी विचार, वामपन्थी विचार, सैनिक ताना शाही शासन र छ्यासमिसे विचार बोक्ने देशका शासकको पनि आस र भग्नमनोरथता थियो नै । साधन राम्रो भयो भने भोक्तालाई सुविधा हुन्छ नै । साधनमा भन्दा सञ्चालकको सीप र दक्षतामा धेरै कुरो निर्भर हुँदोरहेछ ।
श्रीलंका र बंगला देशले मात्रै होइन पाकिस्तानको राजनीतिक परिस्थितिले पनि यो कुरो प्रमाणित गरेको छ । पुटिन, जेलेनेस्की, नेतान्याहु जस्ता एकोहोरा हठी शासक भए भने विनाकारण निरपराध धेरै आबालवृद्ध मारिँदा रहेछन् भन्ने कुरो विश्वलाई इजराइली र हमास आतंककारीका क्रियाकलापले पुष्टि गरेका छन् । राष्ट्रिय परिस्थिति, राष्ट्रको युद्धसामथ्र्य, विश्वको परिवेश विचार नगरी अन्ध युद्धका चाहनाले देश नै खण्डहर बन्दोरहेछ भन्ने युक्रेन र रस्साका उदाहरणले स्पष्ट्याएको देखिन्छ । बन्द सामाजिक व्यवस्था भएको विश्वको ठूलो शक्ति चीन र खुला सामाजिक मूल्यपद्धतिको देश भारतका बीचमा रहेको नेपालले पनि राष्ट्रिय अन्तार्राष्ट्रिय शक्ति र विश्वासमा ह«ास गराएको छ आफ्नै हुस्सु र स्वार्थी आचरणका कारणले ।
यो चालीस वर्षका नेपाली शासक निकम्मा, पेटु, भ्रष्टाचारी र अनैतिक मात्र भएका देखिन्छन् । जनताले पाएको स्वतन्त्र चयनको स्वतन्त्रतासम्म पनि अपहरण गरे नालायक दलनायकले । सत्ता र शक्तिका भोकले चुनावभन्दा पहिले नै गठबन्धनमा पुगे । यी त भए विगतका परिदृश्य आज पनि नेपाली सुध्रेका छैनन् । यिनै नालायकका वरिपरि परिक्रमा गरेर मूल्य र अवसरहीन जीवन रोजिरहेका छन् ।
बुद्धिको बिर्को कहिले उघ्रेला ?
नेपालका पुराना, जनताले पत्याएका र लामो इतिहास भएका दुईवटा दल नेपाली कांग्रेस र नेकपा एमाले हुन् । यी दुवैलाई अहिले शनिसंकटाको दशा लागेको छ । कांग्रेसलाई सत्तालोभी, आर्थिक भ्रष्टाचारी र दुराग्रहीपना र ठीक-बेठिक पर्गेल्न नसक्ने अन्धोपनाले गाँजेको छ ।
नेपालका पुराना, जनताले पत्याएका र लामो इतिहास भएका दुईवटा दल नेपाली कांग्रेस र नेकपा एमाले हुन् । यी दुवैलाई अहिले शनिसंकटाको दशा लागेको छ । कांग्रेसलाई सत्तालोभी, आर्थिक भ्रष्टाचारी र दुराग्रहीपना र ठीक–बेठिक पर्गेल्न नसक्ने अन्धोपनाले गाँजेको छ । यसमा अहिले पनि दूरदृष्टि भएका, आर्थिक भ्रष्टाचार नगर्ने राम्रा नेता छन् तर कार्यकर्ता लोभी, अल्छी र दृष्टिविहीन भएका कारणले जहिले पनि दलमा राम्रा र केही गर्ने रुचि, आचरण र सक्रियता भएका पक्षले हार्नुपरेको छ । जीवनभरि लडेर पनि अन्त्यमा कंसका शरणमा गएर भने पनि पद प्राप्त गर्ने लोभका वशमा पर्नेहरू पनि देखिए । रातारात केही लाभका लागि देश, जनता र दलको महिमा हिल्याउने चरित्र पनि हिजोका हुनहार हीरोपुत्रहरूले नै गरेको देखियो ।
भुट्टोपुत्री, शेषमुजिबबुरहमानपुत्री, प्रजातन्त्रकी योद्धा आङसाङ सुकी कुनै पनि असल चरित्रका देखापर्न सकेनन् । यसबाट अछुतो नेपाल पनि रहेन । बिपीपुत्रले आरक्षण खोजेनन्, आफैं क्षेत्रमा गएर मतदातासँग बसे, रोएहोला, कराए होला, गिड्गिडाए पनि होला जनताबाटै चुनिएर त आए । जे गर्दा उनीहरू भोट हाल्न तयार हुन्थे त्यो गरे होला तर निधिपुत्र, शेरपत्नी, बालकृष्ण पत्नीले भने नाजायज किसिमले नेपाली राजनीतिलाई आफ्ना स्वार्थको घुरेनबारी नै बनाए । सिंहपुत्रको नै कुरा किन नगर्ने शेरको चरणोदक पान नगरेको भए ? सबै एकभन्दा एक हुतीहारा आरक्षण खोज्ने सुविधाभोगी र अनैतिक देखिए । फलतः ज्यानमारा, मौका खोजुवा, चाटुकारहरूको बोलवाला चलेको थियो ।
घण्टी बजाएर लुट्नेदेखि शंख फुकेर लठ्याउनेसम्मका जादूगर आजको नेपाली राजनीतिमा देखापरेका छन् । देश यिनको बिर्ता हो ? यिनकै स्वास्नी साली र बैंसमा काम दिने सबैतिर योग्य र योग्या साबित भएका छन् । राजदूत होस् कि देशभित्रकै कुनै पदका लागि होस् । यसै प्रकारको काम बेगम खालिदा र हसिनाले गर्दा बंगलादेशमा त्यो परिणाम आयो । केही पहिले श्रीलंकामा यस्तै स्थिति आएको थियो जब कि ती देशमा आर्थिक उन्नति हाम्रोभन्दा राम्रो नै थियो र छ अझै पनि । नेपालको शासनमा आज फेरि नागनाथ र सापनाथ जनतालाई सुशासन, रोजगारी र गरिबी मोचन गर्दै गएर संविधानका केही असजिला पक्ष सावित भएका कुरा संशोधनको कुरो गर्दैछन् ।
तर, जनता आज पनि सयवटा मुसा खाएर हज जान तम्सेको बिरालाको उदाहरण दिन्छन् । जनताले राम्रो काम गरेको भनेर पत्याएको कुलमानलाई र स्थानीय सरकार जस्तो गरी काम गर्ने बालेन्द्र साहलाई दुःख दिन नपाए बिहानबेलुकाको भोजनै नपच्ने वर्तमान प्रधानमन्त्री र उनका समर्थक दलका सभापतिले अन्त्यमा शेष हसिनाको बाटो समात्नु नपरोस् भनेर हामी कामनामात्र गर्न सक्छौं । परेका दिन काँध थाप्न गोकुल, आरजु कोही पनि सक्षम हुँदैनन् । अतः उहाँहरूका बुद्धिका भाँडामा लागेको बिर्को नउघ्रने हो भने आचरण र चिन्तन पनि नसुध्रने निश्चितै छ ।
संविधान संशोधन कि सत्तारोहणको लिस्नु ?
आजका प्रधानमन्त्री र उनलाई समर्थन गर्ने दलका विख्यात केन्द्रीय अध्यक्षको विगत स्वर्णिम भएको हुनाले आजका बौद्धिक समुदाय हत्पति विश्वास गर्न सकिरहेका छैनन् । २०८१ श्रावण २७ गते भएको एउटा पुस्तकविमोचनका सन्दर्भमा खस्केको प्रजातन्त्रको छविलाई उजिल्याउने आशाको दीप ठानिएका डा.शेखर कोइरालाले तीनवटा कुरा राखेका थिए । पहिलो हो यो संविधान रहँदासम्म कुनै पनि दलले बहुमत ल्याउन सक्दैन । दह्रो सरकार नहुँदा आर्थिक भ्रष्टाचार, संविधान उल्लंघन, राजनीतिक अस्थिरता रहिरहनेछ र जनतामा असन्तुष्टि बढ्दै गएर गम्भीर परिणाम ननिक्लेला पनि कसैले भन्न नसक्ने आवस्था छ । वर्तमान सरकारले जनताको निराशा चिर्ने काम गर्नुपर्छ र हामी सबैले सरकारलाई र हाम्रा नेताहरूलाई खबरदारी गर्नुपर्छ ।
बौद्धिक समुदायले लेखेर यो कर्तव्य पालन गर्नुपर्छ । अहिले तत्कालै यो संविधान संशोधन हुन सक्दैन किनभने यी दलको माथिल्ला सदनमा बहुमत छैन । अरू दुई वर्ष पर्खनै पर्छ । संविधान संशोधन गर्दा पाएका हक अधिकारलाई सुरक्षित, व्यवस्थित बनाएर लैजाने कुरामा ध्यान दिनुपर्छ भन्ने उनको टिप्पणीमा बौद्धिक समुदाय भन्छ- “अहिले जस्तो आफ्नो हात जगन्नाथ हुने अवस्था रहन दिनु हुँदैन । महिलाको उनीहरूकै बीचमा प्रतिस्पर्धा गराउने गर्नुपर्छ । यसैगरी अल्पविकसित पिछडा वर्ग आदि सबैलाई केही समयका निमित्त आ-आफ्नै वर्गमा प्रतिस्पर्धा गरेर आउने गरी तर कुनै पनि राजनीतिक दलले बहुमत ल्याउन सक्ने गरी संविधान संशोधन गरिनुपर्दछ ।
डा.कोइरालाले भने संविधान जनताको वस्तु हो कुनै राजनीतिक दलको सम्पत्ति होइन । अतः सबै नेपालीले मेरो संविधान भनेर गौरव बोध गर्ने गरी हामीले विचार पुर्याउन सक्नुपर्दछ । यसका लागि अहिले भएका सबै दललाई साथमा लिएर हिँडेरमात्रै संविधान संशोधन हुनसक्छ यो त्यति सजिलो पनि छैन र गर्नै नसकिने पनि छैन । हामीले गर्नैपर्छ अन्यथा आजको बंगलादेशका घटनाले जसरी सबै नेपाली गम्भीर तथा चिन्तित भएका छन् त्यो अवस्था नआउला भन्न सकिँदैन ।’ शासकका अक्षमता र खामीले आजको नेपाल आशंकाग्रस्त बनेको छ । खासगरी पुष्कमल दाहाल, शेरबहादुर देउवा र केपी शर्मा ओलीका बोली, आचरण र क्रियाकलापमा बौद्धिक समुदायको मात्र होइन आमनेपाली जनताकै विश्वास छैन ।
कोशीमा देखिएको ठूलो भाग खोज्ने प्रवृत्तिले कांग्रेस एमालेमा दलीय नेतृत्व परिवर्तन नभए दलको बुद्धिका भाँडामा लागेको बेरुवा बिर्को खुल्ने रहेनछ भन्ने स्पष्ट भयो । संविधान संशोधनको मखुण्डो देखाएर सत्तासयरको आनन्द लिन गएका हुन् भन्ने लाटाले पनि बुझ्न थालेको देखिन्छ ।
आजसम्म यिनले गरेका करनी र कथनीका फिरिस्त हेरे अहिले तत्काल राजनीतिक रंगमञ्चबाट विस्थापन गर्नुपर्ने सुपष्ट भएको देखिन्छ तर नेपालको गुट फुट परस्त राजनीतिक चरित्रका कारण जो चोर उसैको ठूलो स्वर भएको देखिन्छ । साधुलाई शूली र चोरलाई चौतारो गर्ने प्रवृत्ति नेपाली जनता र नेता भनाउँदामा पनि देखिँदै आएको हुँदै हो । राजनीतिलाई कमाउनीतिमा परिणत गर्दा श्रीलंका र बंगलादेशमा जे भयो त्यो अब कतै पनि नदोहोरियोस् भन्ने कामना गर्दछन् बौद्धिक वर्ग तर यसका लागि राज्य सञ्चालकहरूका बुद्धिका भाँडामा लागेको बिर्को नउघ्रेसम्म सम्भव छैन ।
अबका सरकारले सत्ता रोहण कार्यकर्ता तथा पिछलग्गू पोषणका नीतिमा आमूल परिवर्तन गर्नुपर्ने तर भ्रष्टाचारको मष्टो र कुलदेवी नै डाडुपुन्यौ चलाउने ठाउँमा पु¥याइएको देख्दा विनाशकाले विपरीत बुद्धि र...पुच्छर बाह्र वर्ष ढुंग्रामा राखे पनि उस्ताको उस्तै भन्न विवश छन् सबै नेपाली चाहिँ । जीवनभरि आर्थिक भ्रष्टाचारमा निर्लिप्त व्यक्ति अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त हुन्छ । साली, स्वास्नी र पिछलग्गू (डा.प्रकाशशरण महत, रघुजी पन्त, ..अर्याल, विमलेन्द्र निधि जस्ताले आरक्षण पड्काउँछन् । यसभन्दा राम्रो र उम्दो व्यवहार राजनीतिमा कहाँ खोज्न जाने भनेर हाँसो गर्ने नेपाली परिआएका दिन शीतल निवास, बालुवाटार, कोटेश्वर महादेवस्थान, बालकोट, खुमलटार अनि बुढानीलकण्ठलाई तारो ताकेर नहिँड्लान् भनेर कसरी भन्ने ?
गर्नेभन्दा गराउने ठूलो
यो नेपाली समाजले पुस्तौंदेखि हामीलाई घोकाउँदै ल्याएको उखान या लोकोक्ति हो । यसले दिन खोजेको सन्देश सबै नेपालीले राम्ररी बुझेका छन् तर अमल चाहिँ हामी कोही पनि गर्दैनौं । हालै भारतीय विदेश सचिव आउँदा नेपाली शासकका गतिविधि कुनै गाउँका गरिब बस्तीमा हुनेखाने धनी घरको जेठो छोरो आउँदा गरिबका मुखमा आशाका रेसा सल्बलाए समानको स्थिति प्रधानमन्त्रीदेखि घनटाउकेहरू सम्ममा देखियो । छिमेकी देशबाट आएका पाहुनाको आगतस्वागत गर्नु हाम्रो परम्परित संस्कार हो तर पोल्टो हेर्ने र खल्ती छामेर देला र खाउँला भन्ने नादान प्रवृत्तिका मान्छे नै राज्यमा हावी हुँदा देशकै आब्रुक नधानिएको सर्वत्र महसुस् गरियो ।
कोशीमा देखिएको ठूलो भाग खोज्ने प्रवृत्तिले कांग्रेस-एमालेमा दलीय नेतृत्व परिवर्तन नभए दलको बुद्धिका भाँडामा लागेको बेरुवा बिर्को खुल्ने रहेनछ भन्ने स्पष्ट भयो । संविधान संशोधनको मखुण्डो देखाएर सत्तासयरको आनन्द लिन गएका हुन् भन्ने लाटाले पनि बुझ्न थालेको देखिन्छ । बिरालाको चान्द्रायण व्रतको घोषणा र अहिलेका तीन दलका नायकको देश सेवा, जनतासेवा, संविधान संशोधन, आदि कुराहरू सबै मुखमा रामराम बगलीमा छुरा हुन बेर छैन जनता हो ! सावधान । अब पनि हिजो झापा, डडेल्धुरा र गोरखामा गरे जस्तो गतिविधि गरे देशका मालिक भनिएका हामी मतदाता नै यो देशका रक्षकबाट भक्षक बनेको प्रमाणित हुनेछ । त्यसो भएको हुनाले अब गोही रोयो भनेर गोहीमा करुणा खोज्ने प्रवृत्तिको अन्त्य गरौं ।
जीवनभरि आर्थिक भ्रष्टाचारमा निर्लिप्त व्यक्ति अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त हुन्छ । साली, स्वास्नी र पिछलग्गू (डा.प्रकाशशरण महत, रघुजी पन्त, ..अर्याल, विमलेन्द्र निधि जस्ताले आरक्षण पड्काउँछन् । यसभन्दा राम्रो र उम्दो व्यवहार राजनीतिमा कहाँ खोज्न जाने भनेर हाँसो गर्ने नेपाली परिआएका दिन शीतल निवास, बालुवाटार, कोटेश्वर महादेवस्थान, बालकोट, खुमलटार अनि बुढानीलकण्ठलाई तारो ताकेर नहिँड्लान् भनेर कसरी भन्ने ?
अत्यन्तै सान्दर्भिक र सुन्दर अभिव्यक्ति ।