संख्याको आधारमा नेपालको कूटनीतिक सम्बन्ध गाँसेका मुलुकहरू १७८ पुगेको छ तर अत्यन्त नजिक र सुख दुःख एवं अन्तर्राष्ट्रिय परिवेशहरूमा नेपाल र नेपालीहरूको साथसहयोग गर्ने मुलुकहरूको संख्या निकै रहेको छ । तैपनि थोरै तर विश्वमा प्रभावशाली मुलुकहरू नै नेपालका मित्र रहेका छन् । यसको मुख्य कारणमध्ये हाम्रो भूधरातलीय अवस्था हुनसक्छ । नेपालको संयुक्त राष्ट्रसंघमा गरेको उल्लेखनीय योगदानको फलस्वरूप हुन सक्दछ । भारत, चीन, अमेरिका र जापान विश्व बैंक अन्तर्राष्ट्रिय मुद्रा कोष युएसएआइडी जाइकालगायत मुलुक तथा संस्थासँग नेपालको घनिष्ट किसिमको सम्बन्ध आजका दिनमा पनि कायम छ ।
औपचारिक रूपमा हाम्रो अन्तर्राष्ट्रिय सम्बन्धको सुरुवात जंगबहादुरको विसंं १९१० मा बेलायत भ्रमणको समयदेखिलाई लिने गरिन्छ । मुलुक जस्तो सुकै भएता पनि राजनीतिक कूटनीतिले आजको समयमा निकै माथिल्लो स्तरको स्थान ओगट्दछ । हुन त यसको सरल बुझाइ एक देशको बाँकी विश्वका देशहरूमाझ विद्यमान आपसी सम्बन्ध भन्ने कुरा बुझाउँछ । हाम्रो जस्तो कमजोर आर्थिक रूपमा परनिर्भर मुलुकको हकमा भने पहिलो प्राथमिकता नै सहयोग, आपसी समझदारीमा हामीले प्राप्त गर्ने सहयोगको स्तर र मात्रालाई बुझाउने गर्दछ ।
आजको विश्व प्रविधिको दासमात्र नभएर नयाँ किसिमको खोज तथा अनुसन्धानात्मक विषयका कारण अत्यन्तै नजिक भएको छ । यस किसिमका गतिविधिले विश्वको कूटनीति र यसको व्यवस्थापन फरक ढंगमा चलिरहेको छ ।
हिजोको समयको कूटनीति राजनीतिक जस्तो सुनिने गथ्र्यो तर सो शब्द अबका दिनमा आर्थिक रूपमा बढी प्रचलनमा आउन थालेको छ ।
यसको कारण राजनीतिको साथमा व्यापार श्रम लेनदेन फाइदा घाटा जस्ता पक्ष मूल विषय बन्न थालेका छन् । क्षेत्रीय एवं स्थानीय स्तरमा दुई देशहरूका बीचमा हुने सम्बन्धका विविध पहललाई समान्य अर्थमा कूटनीतिका रूपमा परिभाषित गरिन्छ । तर, २१ शताब्दीको भूमण्डलीकरणको अति प्रभाव तथा अति पुँजीवादीकरणका कारण सबै किसिमका कूटनीतिहरूमा आर्थिक पक्षले जरा गाडिसकेको छ । यो धेरै हदसम्म आजको परिप्रेक्षमा स्वाभाविक रहेको देखिन्छ ।
राणाकालमै नेपालको पहिलो सबै खाले अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिको सुरुवात बेलायतीसँगबाट भएको पाइन्छ । तत्कालीन श्री ३ जंगबहादुरको बेलायत तथा फ्रान्सको भ्रमणपछि नेपालको अन्तर्राष्ट्रिय छवि र परिचयमाथि पुगेको पाइन्छ । हुन त तत्कालीन अवस्थामा नेपालमा राणाशाही भर्खरैमात्र सुरुवात भएको र जनताहरूको हकमा कुनै पनि किसिमका काम तथा कारबाही हुन नपाएको अवस्था थियो । यद्यपि बेलायतीहरू हाम्रो शान शौकत तथा फूर्तिफार्तीका अघि नतमष्तक भएको कुरा इतिहासका पानामा अंकित भएको पाइन्छ ।
भारतमा बेलायतीहरूको जगजगी र नेपालमा राणाहरू एकअर्काका हितैषी भएका थिए तर लामो समयपछि खासमा २००७ मा जब नेपालमा प्रजातन्त्रको बिहानी भित्रियो अनि साँचो अर्थमा मुलुकको अन्तर्राष्ट्रिय सम्बन्धबारे चाल पायौं र केही काम गर्दै गयौं । तर, हाम्रो अत्यन्त संवेदनशील भूधरातलीय स्वरूपको बारेमा नयाँ दृष्टिकोणाका नेता तथा कार्यकर्ताले खासै नयाँ काम गर्न सकेको जस्तो कसैलाई भान भएको छैन । किनभने व्यक्तिपिच्छे अन्तर्राष्ट्रिय सम्बन्ध र परिवेशलाई परिभाषित गर्दै लगिएकाले अफ्ठ्यारोमा बेलाबख पर्ने गरेको छ ।
अन्तर्राष्ट्रिय कूटनीति २१औं शताब्दीको नयाँ अध्याय तथा परिभाषाका बीचमा हिँडिरहेको छ । नेपालको भूधरातलीय अवस्थिति निकै अफ्ठ्यारो परिवेशमा छ । भूमण्डलीकरणले विश्व परिवेश सानो भएको छ । उदारीकरण र प्रविधिको कारण विश्वको आठ अर्ब मानिस नजिकमात्र नभएर स्वतन्त्र एवं निजी जीवन पनि साटासाट गर्न तम्तयार भएका देखिन्छन् । भूगोल, विचार, संस्कार, व्यवहार तथा सोच एक अर्कासँग पटक्कै नमिल्ने भए तापनि प्रविधिले जम्माजम्मी आँखा र मोबाइल तथा कम्प्युटरबीचको दूरीमा कायम राखेको छ । आजको विश्व प्रविधिको दासमात्र नभएर नयाँ किसिमको खोज तथा अनुसन्धानात्मक विषय कारण अत्यन्तै नजिक भएको छ । यस किसिमका गतिविधिबाट विश्वको कूटनीति र व्यवस्थापन पनि फरक ढंगमा चलिरहेको छ ।
एशियाका बाघ भनेर चिनिने सिंगापुर, जापान दक्षिण कोरिया हङ्कङलगायत उत्तर अमेरिकी, युरोपियन एवं अष्ट्रेलियन मुलुकहरूको आआफ्नै तौरतरिका तथा अन्तर्राष्ट्रिय सम्बन्ध छन् । यसमा खासगरी धनी र विकसित भनाउँदाहरूको व्यापार तथा नाफामुखी संगठनात्मकताको आधरमा विकसित भएको कूटनीति छ भने दक्षिण एशियाका कमजोर मुलुक, अफ्रिकन देशहरू, दक्षिण अमेरिकी मुलुकहरू कसरी मुलुक र जनताहरू बचाउने भन्ने ध्याउन्नमा लागेका देखिन्छन् ।
व्यक्तिगत रूपमा पुँजीपति र कर्पोरेट्सको आफ्नै कूटनीति जसमा उत्पादनका स्रोतमाथिको नियन्त्रण र यसले सिर्जना गर्ने वस्तु तथा सेवा, तिनको नाफामुखी व्यापार, आयात/निर्यातमा आधारित छ । यस किसिमको उत्पादनको स्वरूप र विश्वबजारमा निश्चित संख्याका उद्योगपतिको उपस्थितिलले उत्पादनमात्र नभएर सरकार र तिनले ल्याउने नीतिगत विविधतामा प्रत्यक्ष असर गरिरहेको छ ।
नेपालको आन्तरिक राजनीति भारतीय पक्षबाट प्रभावित हुनु स्वभाविक देखिन्छ । भारतको आर्थिक, सामरिक, अन्तर्राष्ट्रिय क्षेत्रमा बढेको प्रभावको केही सकारात्मक तथा नकारात्मक प्रभाव नेपाल जस्तो नजिक एवं सामाजिक, सांस्कृतिक र धार्मिक रूपमा समानता भएको मुलुकमा पर्छ ।
विश्वको आठ अर्ब मानिसको जीवन कुनै न कुनै रूपमा कूटनीति र आर्थिक परनिर्भरता तथा वातावरणीय प्रणालीमा जोडिएको छ । मुलुक विशेषको आआफ्नै अस्तित्व र महत्व रहँदै आएको छ । जस्तो कि चिनियाँ तथा भारतीय सस्ता कपडाहरूको सहज आयात नेपालमा नहुने हो भने अधिकांश नेपालीको आङमा शरीर ढाक्न निकै सकस हुनसक्छ । किनभने नेपालीको वार्षिक १४१० अमेरिकी डलरको प्रतिव्यक्ति आम्दानी र प्रत्येक वर्ष आकाशिँदो आधारभूत वस्तु तथा सेवाको मूल्यवृद्धिका कारण समाजको तल्लो तहका मानिसको जीवनयापन निकै कष्टकर हुँदै गएको छ । त्यसैगरी अफ्रिकन मुलुकहरूमा युरोपियन तथा अमेरिकी सबै वस्तु तथा सेवाहरूको उपस्थितिले मात्र उनीहरूको जीवन जसोतसो धानिएको छ ।
नेपालको अन्तर्राष्ट्रिय सम्बन्धको सबैभन्दा ठूलो कडी भनेको नै विभिन्न मुलुकसँगको आपसी सम्बन्ध तथा मुख्य गरी अमेरिका, भारत र चीनप्रतिको नेपालको दृष्टिकोण हो । अतिरिक्ति अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूको नेपालप्रतिको सोच, हेराइ, दृष्टिकोण तथा सामाजिक संघसंस्थाको नेपालप्रतिको हिजोदेखि कायम भएको दृष्टिकोण हो । भारत, अमेरिका, चीन, जापानलगायत अन्य मुलुकको प्रभाव रहेको छैन भनेको होइन तर यिनीहरूको प्रभाव नेपालको कूटनीतिक सम्बन्ध तथा मर्यादामा सबैभन्दा उच्चस्तरमा छ । यो अवस्था हिजो पनि थियो, आज पनि रहेको छ ।
२०४६ सालपछिको राजनीतिक परिवर्तन र अझ भन्ने हो भने मुलुक गणतन्त्रमा पदार्पण गरिसकेपछि नेपालका राजनीतिक दल तथा तिनका शीर्षस्थ नेताहरूले वैदेशिक नीति तथा कूटनीतिक मर्यादा र सर्वोच्चतामा कमी आउने काम गरेकाले आन्तरिक, राजनीति तथा वैदेशिक कूटनीति नराम्रोसँग खल्बलिन पुगेको छ । सन् १९६० देखि ८० सम्मको शीतयुद्धताका नेपालको आर्थिक विकास तथा सहयोगको क्षेत्रमा अमेरिकी तथा रसियन विचारधाराका मुलुकका हात बराबर जस्तो बढेको पाइन्थ्यो । वार्षिक बजेटमा अनुमानित अनुदानको हिस्सा १० प्रतिशत पनि भित्रिन सकेको छैन । कूटनीतिमा अनावश्यक राजनीतिक हस्तक्षेप हुनु, नेताहरूका नजिकका आफन्त भित्रिनु, दलीय तथा व्यक्तिगत फाइदा जस्ता पक्षमा बढी ध्यान दिँदा सुदृढ हुनुको साटो कमजोर हुँदै गएको छ ।
नेपालको आन्तरिक राजनीति भारतीय पक्षबाट प्रभावित हुनु स्वभाविक देखिन्छ । भारतको आर्थिक, सामरिक, अन्तर्राष्ट्रिय क्षेत्रमा बढेको प्रभावको केही सकारात्मक तथा नकारात्मक प्रभाव नेपाल जस्तो नजिक एवं सामाजिक, सांस्कृतिक र धार्मिक रूपमा समानता भएको मुलुकमा पर्छ । नेपालको आन्तरिक राजनीति र व्यवस्थालाई भने तहसनहस बनाएको भान सबैलाई भएको छ । सत्तामा रहँदा यो वा त्यो निहुँमा गल्ती गर्ने र दोष जति अन्य दल तथा नेताहरूलाई थोपर्ने राजनीतिक दलहरूको कार्यशैलीले नेपालको अन्तर्राष्ट्रिय कूटनीतिमा प्रभाव पारेको छ ।
आर्थिक वर्ष २०८०/०८१ मा १४४५ अर्बभन्दा माथिको अंकमा विप्रेषण भित्रिएको कुरा राष्ट्र बैंकले प्रकाशित बुलेटिनमा गरेको छ । संस्थागत निरन्तरता कार्यरत नेपालीहरूको हित तथा अधिकारको पक्षमा भए पनि वैदेशिक नीति कूटनीतिसँग जोडिएका धेरै पक्षमा एकरूपता कामय राख्नु आवश्यक छ । विगत २०/३० वर्षमा प्राविधिक क्षेत्रमा भएको परिवर्तन र आममानिसमा यसको सहज पहुँचले विश्व सानो घेरामा सीमित हुन पुगेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच