
प्रजापतिः परमेष्ठीप्राजापत्यः, देवावाप्राजापत्यऋषयः ।
हरिः ॐ । इषे त्वर्जे त्वावायव स्थ देवो वः सविताप्रार्पयतु श्रेष्ठतमाय कर्मण आप्यायध्वमघ्न्याइन्द्रायभागं प्रजावतीरनमीवाअयक्ष्मामा व स्तेन ईशत माघम् सो ध्रुवाअस्मिन् गोपतौ स्यात वहृनीर्यजमानस्यपशून्पाहि ।।१।। (यस मन्त्रका सविता देवता मानिएका छन् । स्वराड् बृहती छन्द छ । मध्यम स्वर तथाब्राहृमी उष्णिक पनि छन्द नै हो) । अन्वयः (हे) इषे ऊर्जेभागं त्वात्वां वायवः स्थ वः सविता देवःश्रेष्ठतमाय कर्मणे प्र अर्पयतु अघ्न्याःआप्यायध्वम् इन्द्रायभागं प्रजावतीःअनमीवाःअयक्ष्माःवः स्तेनःमा ईशत अघ शंसः वःमा ईशतगोपतौ ध्रुवाःवहृनीः स्यात् यजमानस्यपशून्पाहि ।
भावार्थ : हरिहरादि ॐकाररूप प्रणवात्मक व्याहृतिलाई पहिला नमन गर्दछु । हे परमेश्वर ! खाद्यान्न उत्पादनका लागि आवश्यक पर्ने वृष्टि र ती अन्नमा पोषणकारी रस भर्नका लागि सबैका आराध्य र उपास्य रहेका तिम्रै भरमा छौँ । यी प्राण (प्राण, अपान, समान, उदान, व्यान) तथा प्रणीहरू वायुरूपमा छन् । ती सबैलाई सिर्जना गर्ने परमेश्वर नै सुखप्रदाता र पदार्थप्रदाता पनि मानिन्छन् । तिनले हामीलाई सबैभन्दा उत्तम कर्म गरेर मोक्षका लागि पनि प्रेरित गरून् र अवध्य प्राणीसमूह तथा यज्ञका लागि आवश्यक गाईहरू र पृथीव्यादिलोकहरू पनि परिपुष्ट होऊन् ।
हे ज्ञानोत्पादक अग्रणी परमेश्वररूप अग्नि ! सबै प्रकारका व्रतपालक र व्रतका स्वामी । म सत्य बोल्ने, सत्य कर्म गर्ने र सत्यकै आचरणमा रहन्छु । त्यो सत्याचरण आदिका परिपालनमा म समर्थ होऊँ । म यो व्रतधारण गर्दछु किनभने म असत्यबाट टाढा रहेर नै सत्यमा पुग्न सकौँ ।
तिमी ऐश्वर्य पाउनका लागि ग्रहण गर्न योग्य भाग लगाऊ र मान्छे तथा गाई आदि पशुहरू ससन्तान अनि रोगव्याधिरहित पनि हुऊन् । टिवी (राजयक्ष्मा) गोटी, खोर्याँत जस्ता रोग र डाका चोर आदि दुष्टका पञ्जामा पनि पर्नु नपरोस् । पापकर्म गर्ने र दुष्कर्ममा रुचि राख्ने अधम पुरुष कहिल्यै मालिक नबनून् । यी सबै गोपालक या गोरक्षका अधीनमा स्थिर किसिमले धेरै लामो समयसम्म रहिरहून् र हे विद्वान् पुरुष तिमी पनि यज्ञ कर्ताका गाई आदि पशु धनको रक्षा गरिदेऊ । वसोः पवित्रमसि द्यौरसि पृथिव्यसि मातरिश्वनो घर्मोसि विश्वधा असि । परमेण धाम्ना दृंं् हस्व माहृवार्मा ते यज्ञपतिहृवार्षित् ।।२।। यज्ञो देवता यसका देवता हुन् । स्वराड् आर्षी त्रिष्टुभ् छन्द हो । धैवत स्वर हो । अन्वयः-हे परमेश्वर ! त्वं, वसोः पवित्रं द्यौः असि, पृथिवी असि, मातरिश्वन्नः घर्मः असि, विश्वधाःअसि, परमेण धान्नाः दृहेस्व । हे परमात्मन् ! माहृवाः यज्ञपतिः ते माहृवार्षीत् ।
हे परमेश्वर तँ संसारस्रष्टा होस् र तैँ सबैमा रहेको पनि छस् । तँ नै यज्ञको पवित्र स्वरूप पनि होस् । तँ नै सबैलाई प्रकाशित गर्ने पनि होस् । तँ सबैको आश्रय भएको हुनाले पृथिवी पनि तैँ होस् । तँ नै अन्तरिक्षमा गतिशील वायु सञ्चालक पनि होस् । तँ नै विश्वलाई र यसमा भएका सबै प्राणीलाई परिपालन या जीवन धारण गराउने पनि होस् र तँ यसै प्रकारको धारण सामथ्र्यबाट बढ् । हे परमात्मन् तँ हामीलाई नत्याग । ती यजमान पनि तँबाट कहिल्यै पनि वियुक्त नबनून् । वसोःपवित्रमसि शतधारंवसोः पवित्रमसि सहस्रधारम् । देवस्त्वा सवितापुनातु वसोः पवित्रेण शतधारेण सुप्वाकामधुक्षः ।।३।। यस मन्त्रका देवता सविता । भुरिग् जगती छन्द । निषादः स्वर । अन्वयः-हे परमेश्वर ! (त्वं) वसोः पवित्रं शतधारं वसोः सहस्रधारं पवित्रं असि । हे सविता देवः त्वाशतधारेण सुप्वापवित्रेण पुनातु । हेपरमेश्वर पुरुष ! त्वं काम्अधुक्षः ।
हे परमेश्वर ! तँ सबै संसारमा बसेको छस् र सबै प्राणीका अन्तरमा रही (आत्मा) पवित्र गर्ने र ती हजारौं आत्मालाई शतशः धारणकारी पनि छस् । सबैलाई राख्ने र सबैमा सहस्रौं प्रकारको धारक बनेर पवित्र गर्ने आत्मा तैँ होस् । हे सविता देव ! तँ सबै कुरा प्रदान गर्नसक्ने तँ सयकडौं धारण शक्तियुक्त भएर सबैलाई पवित्र गराउने तेरा सामथ्र्यबाट हामी सबै पवित्र बनौँ । हे परम पुरुष ! तँ कुन कुन वेदवाणी या ईश्वरीय शक्तिबाट गाईले जस्तै गरी रस, ज्ञान र बल पाउने र प्रदान गर्ने गर्दछस् । साविश्वायुः साःविश्वकर्मा सा विश्वधायाः । इन्द्रस्यत्वाभागं सोमेनातनच्मि विष्णो हव्यं रक्ष ।।४।। देवता विष्णु । छन्द अनुष्टुभ । स्वर गान्धारः । अन्वय : काम् अधुक्षः । साविश्वआयुः । साविश्वकर्मा । सा विश्वधायाः हे यज्ञमय पुरुष ! इन्द्रस्यभागं त्वा सोमेन आतनच्मि । विष्णो हव्यं रक्ष ।
यहाँ तेस्रा मन्त्रमा काम् भनेर प्रश्न गरेको थियो । त्यसको उत्तर यसरी दिइएको देखिन्छ । त्यो परमेश्वरीय शक्ति नै संसारको जीवन हो । त्यही परमेश्वरीय शक्तिले नै विश्वलाई रचना गरेको पनि हो र त्यसैले विश्वलाई धारण र पोषण पनि गर्दछ । हे यज्ञमय परम पुरुष, ऐश्वर्यवान् इन्द्रको भजन गर्न लायक तेरै आनन्द रसले सबै दृढ बनेका छन् र बन्छन् पनि । हे विष्णु तँ यस आत्माले ग्रहण गर्न लायक विज्ञानमय र समर्थ भएको हुनाले सबै समर्पण गर्न लायक योग्य आत्मालाई रक्षा गर् ।
अग्ने व्रतपते व्रतं चरिष्यामि तच्छकेयं तन्मे राध्यताम् । इदमहममृतात्सत्यमुपैमि ।।५।। यस मन्त्रमा अग्नि देवता छन् । आर्ची त्रिष्टुभ् छन्द छ । धैवतः स्वर छ । अन्वयः हे अग्ने व्रतपते व्रतंचरिष्यामि । तत् शकेयम् । मे तत् राध्यताम् । इदम् अहं अनुतात् सत्यं उपैमि । हे ज्ञानोत्पादक अग्रणी परमेश्वररूप अग्नि ¤ सबै प्रकारका व्रतपालक र व्रतका स्वामी । म सत्य बोल्ने, सत्य कर्म गर्ने र सत्यकै आचरणमा रहन्छु । त्यो सत्याचरण आदिका परिपालनमा म समर्थ होऊँ । म यो व्रतधारण गर्दछु किनभने म असत्यबाट टाढा रहेर नै सत्यमा पुग्न सकौँ ।
हे परमात्मा तिमी गाडाका दुईतिरका धुरा (हरिस) ले जस्तै गरी प्रजाको भार उठाउन समर्थ छौ । तिमी हिंसा गर्नेलाई विनाश गरेर या दण्ड दिएर जसले हामीलाई पीडित गराउँछ त्यसको विनाश गरिदेऊ । जसलाई हामी विद्वज्जनले निन्दा या विनाश गर्न चाहन्छौँ ।
कस्त्वायुनक्ति स त्वायुनक्ति कस्मै त्वायुनक्ति तस्मै त्वायुनक्ति । कर्मणे वां वेषायवाम् ।।६।। यस मन्त्रका देवता प्रजापति हुन् । आर्ची पङ्क्ति छन्द छ । पञ्चम स्वर छ । अन्वयः हे पुरुषत्वाकःयुनक्ति ? हे पुरुषत्वा सः युनक्ति । त्वा कस्मै युनक्ति ? त्वा तस्मै युनक्ति । वां कर्मणे वाम् वेषाययुनक्ति । हे पुरुष तँलाई काममा कसले नियुक्त गर्दछ ? भनेर प्रश्न गरी त्यसका उत्तरमा हे पुरुष तँलाई त्यही परमेश्वरले सन्मार्गमा लाग्न प्रेरित गर्दछ । तँलाई कुन प्रयोजनका लागि नियुक्त गर्दछ परमेश्वरले ? हे स्त्रीपुरुष हो ! तिमीहरू दुवैलाई उत्तम कर्मका निमित्त परमेश्वरले प्रेरित गर्दछ र तिमीहरू दुवैलाई नै परात्परपरमेश्वर प्राप्तिका लागि नियुक्त गरेको हो भन्ने उत्तर दिइएको छ यस मन्त्रमा । अतः मानव जीवनभोगका लागि मात्र होइन योगमय भोगका लागि हो भन्ने यस मन्त्रको निष्कर्ष देखिन्छ ।
प्रत्युष्टं रक्षः प्रत्युष्टा अरातयो निष्टप्तं रक्षो निष्टप्ता अरातयः । उव्र्वन्तरिक्षमन्वेमि ।।७।। ब्रहृमज्ञ देवता । प्रजापत्या जगती छन्द । निषाद स्वर । अन्वय : रक्षः प्रत्युष्टं अरातयः प्रत्युष्टाः रक्षःनिःतप्तं अरातयः । निःतप्ताः ऊरु अन्तरिक्षं अनु एमि । दुष्ट मान्छेलाई खप्नै मुस्किल पर्ने गरी जाँच पड्ताल गर्नुपर्छ । किनभने अर्काको द्रव्य अपहरण गरेर लिने व्यक्तिलाई ठीकठीक प्रकारले विवेचना गर्न सकिएन भने अपराध अनुसार दण्डित गर्न सकिँदैन । दुष्ट व्यक्तिलाई बेस्सरी सताएर कडा किसिमले दण्डित गरियोस् ताकि निर्दयी शत्रु पनि राम्ररी तर्सून् । यसरी यो पृथ्वी रूप समस्त यज्ञवेदीलाई बिघ्नकारीबाट मुक्त गरेर त्यो अति उच्च अन्तरिक्षलाई पनि म (हामी) वशमा गर्न सकौं । यो मन्त्रले शासनका स्वरूपको संगेत गरेको छ ।
धूरसि धूर्व धूर्वं तं योद्रस्मान् धूर्वति तं धूर्वं यं वयं धूर्वामः । देवानामसि वहिृनतमं सस्नितमं पप्रितमं जुष्टतमं देवहूतमम् ।।८।। यसमा देवता अग्नि छन् । अति जगती छन्द छ । निषादः स्वर छ । अन्वय : हे परमात्मन् त्वं धू असि, त्वं धूर्वन्तं धूर्व तम् धूर्व यः अस्मान् धूर्वति, तं धूर्वं यम् वयं धूर्वामः । देवानां वहिृनतमं सस्नितमं पप्रितमं जुष्टतमं देवहूतमम् । हे परमात्मा तिमी गाडाका दुईतिरका धुरा (हरिस) ले जस्तै गरी प्रजाको भार उठाउन समर्थ छौ । तिमी हिंसा गर्नेलाई विनाश गरेर या दण्ड दिएर जसले हामीलाई पीडित गराउँछ त्यसको विनाश गरिदेऊ । जसलाई हामी विद्वज्जनले निन्दा या विनाश गर्न चाहन्छौँ । हे वीर पुरुष हो ती परमात्मा विद्वान् पुरुषलाई पोषण गर्ने खालका छन् ।
अतः राष्ट्रलाई नै मलीन गराउनेबाट जोगाएर शुद्ध गराउने र सबैका परिपालक तथा सबैका प्रेमका आधारस्वरूप विद्वान् पुरुषलाई कर्तव्याकर्तव्यको उपदेश दिने पनि तिनै अग्नि रूप (ईश्वर) हुनाले हामी तिनकै उपासना गरौँ । यस मन्त्रले ईश्वर अग्नि आदि शक्तिवानमा हुन्छ भन्ने संकेत गरेको छ । गीतामा कृष्ण पनि जहाँ जहाँ जे जेमा अतिरिक्त ऊर्जा देखिन्छ त्यसमा मेरै अंश हुन्छ भन्छन् ।
हे प्रजापते ! अर्हुतमसि हविर्धानं द्रेम् हस्व माहृवार्मा ते यज्ञपतिहृवार्षीत् । विष्णुस्त्वा क्रमतामुरु वातायापहतं रक्षो यच्छन्तां पञ्च ।।९।। देवता विष्णु । छन्दत्रिष्टुप् । स्वर धैवत । हे प्रजापते ! तिमी कुटिल छैनौ । त्यसैले तिमी अन्न र ज्ञानका आधार मानिन्छौ । हे यजमान ! तिमी यज्ञ बढाऊ । हे ज्ञानोत्पादक अग्नि ! परमेश्वरको पनि अग्रणी बनेर सबै व्रतलाई पालन गर्ने म सत्यवादी बन्छु । सत्य बोल्छु, सत्य कर्म, सत्य व्यवहार गर्छु । यी व्रत पालन गर्न म सक्षम हुँ । मेरो त्यो व्रताचरणमा पनि सफल होऊँ । म यो व्रतधारण गर्दछु किनभने असत्यबाट टाढा बसेर सत्य पालनमा सफल हुँ । यस मन्त्रमा मानवीय आचरणको सत्संगल्प शक्तिको महिमा बताइएको देखिन्छ ।
यी माथिका यजुर्वेदका मन्त्र हुन् । यिनको संस्कृतमा अन्वय र नेपालीमा सामान्य अर्थ दिएर अनुवाद गरेको छु । यो अनुवादमा नेपाली र संस्कृतलाई यसैगरी अगाडि बढाउँदा होला या अर्को कुनै नमुना अवलम्बन गर्नुपर्छ ? यसमा केही संशोधन आवश्यक छ कि ? विज्ञजनले टेलिफोन गरेर, गोजीका संयन्त्र आदिमा लेखेर सल्लाह सुझाव दिन विनम्र अनुरोध गर्दछु ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच