
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाजुराको खप्तड लसके खानेपानी योजनाको भ्रष्टाचार मुद्दामा विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन दर्ता गरेको छ । पर्यटन कार्यालय बाँकेका तत्कालीन कार्यकारी निर्देशक दीपकबहादुर बुढाथोकी, सव-इञ्जिनियर ललनकुमार मण्डल, खप्तड क्षेत्र पर्यटन विकास समितिका सव-इञ्जिनियर दीपेश महतारा, मानबहादुर रावत, वीरबहादुर बुढा र ज्ञानबहादुर शाही प्रतिवादी रहेको मुद्दामा विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्च पुगेको हो । उनीहरूले बाजुराको उक्त खानेपानी योजना निर्माण गर्दा झुट्टा नापी किताब, ठेक्का बिल र कार्य सम्पन्न प्रतिवेदन तयार पारेको आयोगको दाबी छ ।
निर्धारित सर्त र मापदण्डविपरीत भएको निर्माण कार्यलाई स्वीकृत गरेर एक लाख ५६ हजार ५५३ रुपैयाँ बढी भुक्तानी गरेको पाइएकाले विशेषको फैसला त्रुटि पूर्ण रहेको आयोगको दाबी छ । प्रतिवादीहरूले सार्वजनिक सम्पत्तिको दुरुपयोग गरेको दाबीसहित आयोगले हदैसम्मको कारबाहीको माग गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच