काठमाडौं । युवाहरुकाे समूहले विभिन्न माग राख्दै बालुवाटार नजिकै आन्दोलन गरेकाे छ । भ्रष्टाचारिलाई जोगाउने नियतले ल्याइन लागिएको ५ बर्षे हदम्यादको खारेजका लागि उनीहरु प्रदर्शन गरेका हुन् ।
सम्पूर्ण सामाजिक, आर्थिक, राजनैतिक बेथितिको विरुद्ध वृहत आन्दोलनका मागहरू
१. भ्रष्टाचारीलाई जोगाउने नियतले ल्याइएको ५ बर्षे हदम्याद खारेज होस् ।
२. गिरिवन्धु भुटानी शरणार्थी, ललिता निवास लगायतका अनियमितताको कान्डमा यथासिघ्र निष्पक्ष अनुसन्धान होस् ।
३. वितिय क्षेत्रका बैंक सहकारी, लघुबित्त मिटरव्याज पिडितहरुका समस्या तुरुन्त सम्बोधन
४. आजसम्मका सबै शिर्ष नेताका सम्पति छानविन गर्नका निम्ति नागरिकको तर्फबाट स्वतन्त्र नागरिक आयोग गठन होस्।
५. विद्युत प्राधिकरणले विभिन्न व्यापारिबाट उठाउनुपर्ने २२ अर्व २४ करोड रकम तुरुन्त असुल होस् ।
६. विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित होस् ।
७. वैदेशिक रोजगारको क्रममा विभिन्न माध्यमबाट पीडित भएका सम्पुर्ण नागरिकका समस्या समाधान होस् ।
८. किसान गरिव मजदुर बिपन्न बर्ग तथा फरक क्षमता भएका सबै नागरिकको भविष्य स्वदेशमै सुनिश्चित होस् ।
९ . शिक्षा स्वास्थ्य सुरक्षा र व्यायमा सबैको सर्वसुलभ पहुँच स्थापित होस्
यता आजै वृहत् नागरिक आन्दोलनले शनिबार काठमाडौंको नयाँ बानेश्वरको प्रदर्शन गरेको छ ।
भ्रष्टाचारजन्य कसुरमा ५ वर्षे हदम्यादको विरोध गर्दै उनीहरूले प्रदर्शन गरेका थिए ।
भ्रष्टाचारजन्य काम कारवाहीलाई अनुसन्धानको दायराबाट उन्मुक्ति दिने गरी विद्यमान ऐनमा गरिन लागेको संशोधनको विरोधमा बृहत् नागरिक आन्दोलनले माइतीघरदेखि नयाँ बानेश्वरसम्म मार्चपास गरेका छन्।
बृहत् नागरिक आन्दोलनले नयाँ बानेश्वरको निषेधित क्षेत्र तोडने क्रममा प्रहरी र प्रदर्शनकारीबीच धकेल धकेल भएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच