सच्चिदान्दरुपाय विश्वोत्पत्तयादिहेतवे ।
तापत्रयविनाशाय श्री कृष्णाय वयं नुमं :।।
जगत्को उत्पत्ति, स्थिति र विनाशका कारक तथा अध्यात्मिक, आधिदैविक र आधिभौतिक तिनै प्रकारको तापको नाश गर्ने सच्चिदान्द स्वरूप भगवान् श्रीकृष्णलाई नमस्कार गर्दै स्वराज्य भागवतको कथा प्रारम्भ हुन्छ । विविध विषय र क्षेत्रका बारे ज्ञान दिने श्रीमद्भागवत् महापुराणमध्येबाट ऋगवेदमा वणित स्वराज्यका बारे सक्षिप्त चर्चा गर्ने प्रयास स्वरूप छुट्टै ‘स्वराज भागवत’ प्रस्तुतको अंश रहेको छ । ‘आ यद् वामीय चक्षसा मित्र वयं च सुरयः । व्यचिठे वहुपाथ्ये यतेमही स्वराज्ये’ अर्थात् विस्तृत र बहुमतद्वारा जसको पालना हुन्छ त्यस्तो स्वराज्य शासनमा जनताको भलाईका लागि लागिरहौं, भन्ने ऋगवेद ५/६६/६को वचन अनुरुपको कथा भागवत्मा विस्तृत रूपमा वर्णन भएको तथ्यले स्वराज्य भागवत् लेख्नुको औचित्य पुष्टि गर्दछ ।
‘मलाई भागवानबाट आठै सिद्धि पनि चाहना छैन न त मोक्षको नै कामना गर्दछु । म सबै प्राणीहरूको दुःख दर्द आफैं सहँदै कसैले पनि दुःख भोग्न नपरोस् भन्ने चाहना राख्दछु’ भन्ने वचन शासकीय आर्दश हुनुपर्दछ ।
प्रजातन्त्र, राष्ट्रियता र समावेशीलाई संयुक्तरूपमा सम्बोधन गर्ने स्वराज्यको स्वरूप र चरित्रलाई भागवत्का पात्र र कथाहरूकै आधारमा पुष्टि गर्दै अभ्यासमा ल्याउन सकिने हुँदा हरेक भागवत् वाचक तथा वाचिकाका लागि समाज परिर्वतन मार्गदर्शक बन्नेछ । भक्त, श्रोता तथा अन्वेषकका लागि प्रेरणाको श्रोत बन्नेछ ।
कृष्णं नारायणं वन्दे कृष्णं वन्दे व्रजप्रियम ।
कृष्ण दैपायनं वन्दे कृष्ण वन्दे पृथासुतम् ।।
श्रीमद्भावत् साक्षत भगवान स्वरूपका रूपमा पुजिँदै आएको कुरा भगवान् कृष्णको प्रार्थनाबाट प्रमाणित हुन्छ । स्वराज्य पनि ऋगवेदमै उल्लेख पाइनुले ईश्वरीय व्यवस्थाका रूपमा सर्वमान्य सिद्धान्तका रूपमा स्वीकार्य सिद्धान्त हो । श्रीमद्भागवत महापुराणको छैटौं अध्यायमा वर्णन गरिएको वृत्तासुर बध र ऋगवेदमा वृत्तासुर बधका लागि गरिएको इन्द्रस्तुती स्वराज्य भागवतको कथावस्तु हो । इन्द्रदेव ¤ ब्रहृमनिष्ठद्वारा प्रदान गरिएका दिव्य गुणले सम्पन्न सोमरस पान गरेर तिमिले आफ्नो उत्साह बढायौ । आफ्नो सार्मथ्यले देव समुदायको हानी गर्ने दूराचारीलाई मारेर पृथ्वीबाट हटाइदियौ । एवं प्रकार १६ मन्त्र रहेको सुक्तको ऋषि गौतम राहुगण, देवता इन्द्र र छन्द पंक्ति रहेको प्रथम मण्डलको ८० सुक्तको कथा भागवत्मा पाइनुले ऋगवेदको मन्त्रहरूको महत्व बुझ्न सकिन्छ । पुराणले वेदको मन्त्रहरूको महत्व स्पष्टसँग कथामार्फत बुझाई दिएकाले पुराणहरूले सनातन धर्मको मर्मलाई जथाभावी नगरी यर्थार्थ रूपमा व्याख्या गरी योगदान पुर्याउ स्पष्ट हुन आउँछ । वृत्तासुरद्वारा देवता पराजित भएपश्चात भगवान विष्णुको विचार अनुसार दधिचिको हाडद्वारा वज्र निर्माण गरी वृत्तासुरसँग युद्ध गरी पुनः स्वराज प्राप्ति गरेको कुरा भागवतबाट थाहाँ पाउनु महत्वपूर्ण कथा हुनेछ ।
उद्धर्षय मधवन्नायुधान्युत्सत्वनां मामकानां मनांद्रसि ।
उद्वृत्रहन् वाजिनां वाजिनान्यद्रथानां जयतां यन्तु घोषा ।।
‘हे इन्द्र ! आयूधहरूलाई उठाएर चम्काइदेउ ! हाम्रो मन प्रसन्न गरिदेऊ ! हे वृत्रनाशक इन्द्र ! आफ्नो घोडाको गतिलाई तेज बनाउनुहोस्, विजयशील रथबारे जयघोषको उच्चारण होस् भन्ने शुक्लयर्जुवेदको इन्द्रसुक्तले भागवत्को कथालाई नै वयान गरिरहेका छन् । वृत्तासुरको वधपश्चात् इन्द्र स्तुति भागवत्मा पनि गरेको पाइन्छ ।
तदा च खे दुन्दुभीयो विनेदु–र्गन्धर्वसिद्धाः समहर्षिसंद्रघा : ।
वात्र्रन्धलिङगस्तमभिष्टुवाना मन्त्रैर्मुदा कुसुमैरभयवर्षन ।।
त्यस समय आकाशमा दुन्दुभीहरू बाज्न थाले, महर्षिहरूसँगै गन्र्धव, सिद्ध आदि वृत्ताघाति इन्द्रको पराक्रम जनाउने मन्त्रहरूले स्तुति गर्दै आनन्दका साथ पुष्पवृष्टि गराए । एवं प्रकार असुरराज वृत्तासुरको वध गरी स्वराज्य स्थापना गरेको प्रसंग वर्तमानमा पनि सान्दर्भिक रहेकाले विशेष महत्व राख्नेछ । भागवत्को नवौं स्कन्धमा राजा रन्तीदेवको त्याग भावना सम्पूर्ण राजनीतिक शासकमा हुनुपर्ने गुण हो । ‘मलाई भागवानबाट आठै सिद्धि पनि चाहना छैन न त मोक्षको नै कामना गर्दछु । म सबै प्राणीहरूको दुःख दर्द आफंै सहँदै कसैले पनि दुःख भोग्न नपरोस् भन्ने चाहना राख्दछु’ भन्ने वचन शासकीय आर्दश हुनुपर्दछ । भागवतले सुनाउने यस्ता आर्दशलाई स्वराज्य भागवतले प्राथमिकता दिँदै आर्दश राज्यको मार्ग प्रसस्त गर्दछ ।
‘यावत भ्रियेत जठरं तावत् स्वत्वं हि देहिनाम् । अधिकं योभिमन्यते स स्तेनो दण्डमर्हति ।।’ आफ्नो परिवारको पोषणका लागि जति आवश्यकता पर्दछ, त्यतिमात्रै उसको अधिकार हो । त्यो भन्दा बढी संग्रह गर्नु दण्डणीय हो भन्ने भनाइले धार्मिक जगतले सबै जनताका लागि सोचाईं राख्दै समाजवादी अवधारणा ल्याएको पाइन्छ । त्यही अवधारणा नै स्वराज्य-भागवत्को आर्थिक पक्ष हो ।
‘ऊँ ततश्चावीरभूत .....यथा ।।’ समुद्र मन्थनका बेला लक्ष्मी माता उत्पन्न हुदाँ चारैतर्फ बिजुली चम्के झै जगमग बन्न पुग्यो । माथि उल्लेखित श्लोकलाई मन्त्रका रूपमा पुरश्चण गरेको अनुभवका आधारमा स्वराज्य भागवत् सिद्ध साधनामय बन्न गएको छ । (क) ऋषि पर्यटन र रामायण (ख) पशुपतिनाथ र विच्वव्यवस्था (ग) संस्कृति, स्वराज्य र समाजवाद आदि सुशासन, मेलमिलाप, द्वन्द्व व्यवस्थापन, महिला सशक्तीकरण, मानव अधिकार तथा कानुनी शासनका बारेमा पनि धार्मिक दृष्टिकोणलाई निर्णायक स्थानमा राखिएको छ । स्थानीय तहमा आयोजना गरिने कार्यक्रमले पनि धर्म र राजनीतिको सम्बन्ध बुझाउँदै स्वराज्य भागवत् समाज रूपान्तरणको आधार बन्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच