
मस्को । युक्रेनी ड्रोन आक्रमणपछि दक्षिणपश्चिम रूसको रोस्तोभ क्षेत्रमा रहेको इन्धन भण्डारमा आगलागी भएको क्षेत्रीय गभर्नरले बताएका छन् । गभर्नर भासिली गोलुवेभले टेलिग्राममार्फत अग्नि नियन्त्रकहरू अझै पनि आगो निभाउँदै गरेको बुधबार जनाउँदै आगलागीले आवासीय घरहरू जोखिममा नपरेको उल्लेख गर्नुभएको छ ।
उहाँका अनुसार युक्रेनी सीमाबाट करिब २०० किलोमिटर टाढा रहेको छुट्टै युक्रेनी ड्रोन आक्रमणपछि अगस्ट १८ देखि रोस्तोभको प्रोलेटास्र्कमा रहेको तेल भण्डारण केन्द्रमा ठूलो आगलागी भइरहेको छ ।
सन् २०२२ मा द्वन्द्व सुरु भएदेखि युक्रेन र रूसले एक अर्काका इन्धन तथा ग्याँस सुविधाहरूलाई लक्षित गरी आक्रमण गरेका छन् । यसअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसका तेल भण्डारण लक्षित आक्रमण गरेकोमा सेनाको प्रशंसा गर्दै आक्रमणले द्वन्द्वको ‘न्यायपूर्ण अन्त्य’ हासिल गर्न योगदान पुर्याउने बताउनुभएको थियो । रासस/एएफपी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच