काठमाडौं । आवाजको दुनियाको साथी भनेर चिनिनुहुने दिनेशराज दाहाल (दिनेश डीसी) चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले उहाँलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिनुभयो ।
चलचित्र निर्देशक, अभिनेता तथा सञ्चारकर्मीसमेत रहनुभएका डीसी सत्तारुढ एमाले निकट जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्षसमेत हुनुहुन्छ । उहाँ टेलिभिजन तथा रेडियो कार्यक्रमका निर्माता र प्रस्तोताको रुपमासमेत चर्चित हुनुहुन्छ ।
सन् १९९७ मा सिनेमाघरमा आएको चलचित्र ‘सुनचाँदी’बाट उहाँले नेपाली चलचित्र क्षेत्रमा अभिनयमा डेब्यु गर्नुभएको थियो । उहाँले पछिल्लोपटक निर्देशन गरेको चलचित्र ‘फूलफूलको मौसम तिमीलाई’ रहेको थियो । चलचित्र निर्देशकको पूर्वध्यक्षसमेत रहनुभएका डीसी चलचित्रवृत्तमा सक्रिय फिल्ममेकर हुनुहुन्छ ।
उहाँले हरेक वर्ष फिल्म अवार्डको समेत आयोजना गर्दै आइरहनुभएको छ । निवर्तमान अध्यक्ष भुवन केसीको कार्यकाल सकिएपछि बोर्डको अध्यक्ष पद रिक्त रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच