काठमाडौं । नेपाल गोजुरियो कराँते डो संघले कराँते खेलाडी सुमन तिमल्सिनालाई सम्मान गरेको छ । संघकै आयोजनामा भएको दक्षिण एसियाली खुला कराँते च्याम्पियनसिपका दौरान सुमनलाई सम्मान गरेको हो ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले सुमनलाई प्रशंसापत्र प्रदान गरी एक कार्यक्रमबीच सम्मान गर्नुभयो । सुमनले अमेरिकाको फ्लोरिडामा भएको युएस ओपन विश्व मार्सल आर्ट्स च्याम्पियनसिपको सिनियर पुरुष एकल कातामा स्वर्ण जित्नुभएको थियो ।
दक्षिण एसियाली खुला कराँतेमा नेपाल ४० स्वर्णसहित टिम च्याम्पियन बन्यो । नेपालसहित चार राष्ट्र सहभागी प्रतियोगितामा भारतले २३ तथा बंगलादेश र श्रीलंकाले समान एक–एक स्वर्ण जिते ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच