जनकपुरधामको गौरवशाली इतिहासलाई वर्तमानमा कसरी परिणत गर्न सकिएला ? जनकपुरधामवासीका लागि यतिबेला मुख्य चिन्ताको विषय यही हो । ऐतिहासिक तथा पौराणिक कालको कुरा गर्ने हो भने जनकपुरधाम हरेक क्षेत्रमा दक्षिण एसियाकै अग्रणीय शहर थियो । आजभन्दा २५-३० वर्षअघिकै कुरा गर्दा पनि नेपालका पाँचवटा ठूला तथा सुविधा सम्पन्न शहरको सूचीमा जनकपुरधामको नाम थियो । काठमाडौँ र विराटनगरपछि तेस्रो नम्बरमा जनकपुरधाम थियो ।
२०१७ सालमा जनकपुर नगरपालिकाको घोषणा हुँदा भरतपुरको नामोनिशान थिएन । इटहरी भन्ने ठाउँमा बस्ती नै थिएन । पोखरासमेत सानो गाउँ थियो । वीरगञ्ज भर्खर शहरीकरण हुँदै थियो तर अहिले अरू शहर कहाँ पुगे ? जनकपुरधामको के दुर्दशा भयो ? जनकपुरधाम पछाडि गर्नुको कारण खोजेर समस्या सामाधानतिर लागिएन भने जनकपुरधामवासीका लागि विगतको गौरवमय इतिहासमा गर्व गर्नुबाहेकको विकल्प रहँदैन । तर अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन गुरुयोजना बनाएर काम गर्न सकिएमा जनकपुरधामलाई सुन्दर, स्वच्छ र समृद्ध महानगर बनाउन सकिन्छ ।
संक्षिप्त परिचय :
जनकपुरधाम मधेस प्रदेशको प्रादेशिक राजधानी, धनुषा जिल्लाको जिल्ला सदरमुकाम र नेपालको एक उपमहानगरपालिका हो । धनुषा जिल्लाको पहिलो नगरपालिका हो । यो नगरको नामाकरण प्राचीन मिथिला क्षेत्रका राजर्षि राजा तथा नेपालको राष्ट्रिय विभूति जनकको नामबाट भएको हो । यो शहर प्रारम्भिक १८औं शतताब्दीमा स्थापित भएको थियो । परम्परा अनुसार, कथाकारले यस क्षेत्रमा पहिले जनकपुरधाम भनेर चिनिने शहर रहेको संकेत गर्दछ । जुन पुरातन समयमा मिथिला क्षेत्रमा शासन गर्ने विदेह वंशको राजधानी थियो । जनकपुरधाम राजर्षि जनकको पुण्यभूमि र माता जानकीको पवित्र जन्मस्थलको रूपमा देश विदेशमा परिचित छ ।
जनकपुरधामको सबल पक्षहरूको सदुपयोग गर्दै सुशासनको माध्यमबाट जनकपुरधामलाई विकासको बाटोमा डोर्याउनुपर्छ । जनकपुरधामको बढ्दो बस्ती विस्तार, औद्योगिक विस्तार, व्यापार व्यवसाय र बजार विस्तारलाई व्यवस्थित गर्दै सम्पदाहरूको संरक्षण तथा सम्बद्धन गरी महानगरको आधार तयार गर्न सकिन्छ ।
जनकपुरधाम नेपालको संघीय राजधनी काठमाडौंबाट करिब २२५ किलोमिटर (१४० माइल) दक्षिणपूर्वमा अवस्थित छ । नेपाल राज्य नगरपालिका ऐन २००९ बमोजिम तत्कालीन श्री ५ को सरकारद्वारा विसं २०१७ जेठ १३ गतेदेखि लागू हुनेगरी जनकपुर नगरपालिकाको गठन गरिएको थियो । विसं २०७१ सालबाट यस नगरपालिकाको नाम जनकपुरधाम कायम रही उपमहानगरपालिकामा परिणत भएको हो । समुद्री सतहबाट ९० मिटर उचाइमा यो शहर अवस्थित छ । यस उपमहानगरपालिकाको क्षेत्रफल ९१.९७ वर्ग किमी रहनुका साथै भू-सतह प्रायः सबै समतल छ । भौतिक पूर्वाधारका आधारमा जनकपुरधामलाई शहर, शहरोन्मुख र गाउँ गरी तीन प्रकृतिको क्षेत्रमा वर्गीकरण गर्न सकिन्छ ।
शिक्षा :
प्राचीनकालदेखि नै शिक्षाका लागि जनकपुरधाम उर्वर भूमि मानिन्छ । व्यास, पाणिनी, अष्टावक्रलगायत ऋषि र प्रसिद्ध कवि विद्यापतिको ज्ञान भूमिको रूपमा जनकपुर परिचित छ । राजर्षि जनकले विभिन्न ऋषिसँग जिज्ञासुका रूपमा शास्त्रार्थ गर्ने क्रममा जनकपुरधाममा जे–जति ज्ञान प्राप्त गरे, त्यसलाई जनकदर्शन भनिन्छ । प्राचीनकालदेखि नै ज्ञानविज्ञान, धर्मदर्शन र कला संस्कितिका क्षेत्रमा जनकपुरधाम प्रसिद्ध स्थल हो । विश्वका विभिन्न ठाउँका मानिस जनकपुरधाममा शिक्षा आर्जन गर्न आउँथे ।
जनकपुरधाममा प्रशस्तै सरकारी तथा निजी विद्यालय छन् । उच्च शिक्षका लागि पुरानो सरकारी क्याम्पस रामस्वरूप रामसागर बहुमुखी क्याम्पस तथा राजर्षि जनक विश्वविद्यालय छ । तर, शिक्षामा बढ्दो व्यापारीकरणले जनकपुरधामको शिक्षाको स्तर खस्किएको तथा शैक्षिक वातावरणमा नकारात्मक असर परेको छ । जनकपुरधामलाई शैक्षिक केन्द्रको रूपमा विकास गर्न मूलतः गुणस्तरीय, सर्वसुलभ र जीवनोपयोगी शिक्षा दिनेतर्फ उपमहानगरले काम अगाडि बढाउनु पर्ने देखिन्छ ।
सार्वजनिक शिक्षाको गुणस्तरमा सुधार, सरकारी शिक्षालयको भौतिक संरचनाको स्तरोन्नति सँगसँगै शैक्षिक सामग्रीको व्यवस्थापन, आइसिटीमा आधारित शिक्षामा जोड दिनुपर्छ । शिक्षकहरूको क्षमता विकासका लागि समय समयमा शैक्षिक तालिम र भ्रमणको व्यवस्था मिलाउन सकिन्छ । आवश्यकता अनुसार स्थानीय साधनस्रोतको उपभोग गर्नसक्ने खालको प्राविधिक शिक्षा दिने व्यवस्था गर्नपर्छ । खोज र अनुसन्धानमा आधारित शिक्षा दिनेगरी शिक्षाको गुरुयोजना तयार गर्नुपर्छ । मूलतः उत्कृष्ट व्यवस्थापनका लागि समुदायको अपनत्व र सर्वोत्कृष्ट नतिजाको लागि प्रतिस्पर्धी जनशक्तिको विकासको खाडल पुर्नुपर्ने हुन्छ । यसरी जनकपुरधामलाई सबै खालको शिक्षा र उच्च शिक्षाका लागि उत्कृष्ट गन्तव्यको रूपमा विकास गर्न सकिन्छ । जनकपुरधाम मधेस प्रदेशकै शैक्षिक केन्द्र बन्न सक्छ ।
स्वास्थ्य :
स्थानीय सरकारले स्वास्थ्य क्षेत्रलाई विशेष महत्वका साथ हेर्नुपर्छ । आफ्ना हरेक नगरवासीले सर्वसुलभ, गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गरेका छन् कि छैनन्, भन्ने कुराको ख्याल गर्नुपर्छ । जाकपुरधाममा प्रादेशिक अस्पताल, प्रादेशिक प्रयोगशाला र सरकारी आँखा अस्पताल रहेकै भरमा वस्नु हुँदैन । हरेक नागरिकले सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाएको अवस्थाको सिर्जना गर्न सक्नुपर्छ । बढ्दो जनसंख्यको चापलाई ध्ययानमा राखेर हाल सञ्चालनमा रहेका स्वास्थ्य संस्थाको स्तरोन्नति सँगसँगै सेवाको विस्तार गर्दै जानुपर्छ । हरेक नागरिकको स्वास्थ्य बिमा गरी सहज रूपमा स्वास्थ्य सेवा प्राप्त गर्नसक्ने स्वास्थ्यनीति बनाउन अत्यावश्यक छ ।
आधारभूत स्वास्थ्य सेवा नजिककै स्वास्थ्य संस्थाबाट प्रदान गर्ने र त्यसको व्यवस्थापनको जिम्मा समुदायलाई नै दिने । उपमहानगरले आफ्ना कुनै नागरिक आर्थिक अभाव वा अन्य कुनै कारणले स्वास्थ्योपचारबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्ने सोचका साथअगाडि बढनुपर्छ । प्रदेश र संघीय सरकसरको सहकार्यमा विशिष्ट र विशेषयज्ञसहितको स्वास्थ्य सेवाको विस्तार गर्न सकिन्छ । बिरामीको अवस्था जटिल हुनासाथ रेफर गर्ने बाध्यताबाट जनकपुरधामलाई मुक्त गर्न सक्नुपर्छ ।
भविष्यमा जनकपुरधाममा बढ्न सक्ने जनसंख्यालाई धान्न सक्ने गरी अहिलेदेखि नै स्वास्थ्य सेवा, संरचनाको विस्तार र विकास गर्दै जानुपर्छ । पैसा हुने निजीमा गए पनि जायजेथानै बेचेर नागरिकले स्वास्थ्योपचार गराउनुपर्ने अवस्थाको अन्त्य गर्ने लक्ष्यका साथ स्वास्थ्य क्षेत्रको गुरुयोजना तयार गर्नुपर्छ । गुरुयोजनाको कार्यावन्यन गरी स्वास्थ्य क्षेत्रको सम्पूर्ण समस्याको समाधान गर्न सकिन्छ ।
यातायात :
जनकपुरधामलाई देशका प्रमुख शहरसँग जोडने काम जनकपुर-ढल्केवर ६ लेनको सडक ढल्केवरमा पूर्व-पश्चिम राजमार्गसँग जोडिएर पूरा गरेको छ । भारतीय नाकासँग जोडने काम जनकपुर-जटही सडक, जनकपुर-भिठामोड सडक र नेपाल रेल्वेलगायतले गरेको छ । हुलाकी राजमार्गले समेत जनकपुरधामलाई छोएको छ । उपमहानगरभित्र सामान्य आवतजावतका लागि विद्युतीय रिक्सा उपलब्ध छ । यहाँ रहेको आन्तरिक विमानस्थलले जनकपुरधामलाई हवाईसेवासँग जोडेको छ ।
उपमहानगरभित्र आवतजावतलाई अझ सहज बनाउन नगर बस र ट्याक्सी सञ्चालनमा ल्याउन सकिन्छ । प्रदेश र संघीय सरकारसँगको सहकार्यमा जनकपुरधामको हवाईसेवाको विकास तथा विस्तार गर्न सकिन्छ । जनकपुरधामलाई नेपालका प्रमुख शहरहरूसँगै भारतको वणारस र अयोध्यासँग हवाईसेवामार्फत सिधै जोड्न सकिन्छ । रेल्वे सेवाको विस्तारले जनकपुरधामको आवतजावतलाई झन् सहज बनाउँछ । बढ्दो बस, मिनी बस, माइक्रोलगायत सवारीसाधनलाई व्यवस्थित पार्क गर्नेगरी आधुनिक र सफा बसपार्क उपमहानगरमा छैनन् । यसलाई मध्यनजर गरेर मुख्य बसपार्क एउटा, अन्य केही सुविधा सम्पन्न बसपार्क जाकपुरधाममा निर्माण गर्न अत्यावश्यक छ ।
प्रविधिमैत्री :
अहिलेको आधुनिक युगमा प्रविधिमैत्री हुन अत्यावश्यक भइसकेको छ । नागरवासीलाई प्रविधिकै माध्यमबाट सेवा र सूचना प्रदान गर्न उपमहानगरलाई सक्षम बन्नुपर्छ । यसका लागि डिजिटल जनकपरधाम बनाउनु बनाउनुपर्ने हुन्छ । जनकपुरधामको आफ्नै सर्भर सिस्टम डेभलप गर्ने, सोही सर्भर सिस्टमको प्रयोग गरेर उपमहानगरका सम्पूर्ण सेवा नागरवासीलाई प्रदान गर्ने, स्थानीय तथ्यांक संकलन र अभिलेखकरणलाई डिजिटल बनाउने, त्यसकै आधारमा योजना बनाउने/कार्यवन्यन गर्ने काम गर्नुपर्ने हुन्छ । तर, व्यक्तिगत गोपनीयताको ख्याल गर्नुपर्छ । कुनै कमजोरीको गुन्जाइस हुनु हुँदैन ।
सुशासनका लागि पारदर्शिता आवश्यक पर्छ । पारदर्शी हुन प्रविधिको प्रगोगबाहेक अर्को उपयुक्त विकल्प छैन । प्रविधिको प्रयोग गरेर सहज तरिकाले सेवा र सूचना प्रदान गर्ने संरचना तथा प्रणालिको विकास गरी उपमहानगरको कामकारबाहीलाई पारदर्शी बनाउन सकिन्छ । नगरमा सुशासन कायम गर्न सकिन्छ । सेवाग्राही घण्टांै लाइनमा बसेर सेवा लिने, समयमा सही सूचना नपाउने, भनेको बेला अभिलेख नभेटिनेलगायत समस्याको सामाधान डिजिटल जनकपुरधाम नै हो ।
आकर्षण र सौन्दर्यीकरण :
जनकपुरधामको केन्द्रीय बजार भव्य जानकी मन्दिरले सुसज्जित छ । यो नेपालकै ठूलो मन्दिरमध्येको एक हो । अर्को विशेषता यहाँ रहेका पोखरी तथा कुण्ड र कुटीहरू हुन् । बावन कुटी बहत्तर कुण्डको शहर भनेर जनकपुरधामलाई चिनिन्छ । यहाँ पाइलैपिच्छै रहेका मठमन्दिर र कुण्डले जनकपुरधामको आकर्षण बढाएको छ । जनकपुरधाममा रहेका मन्दिरलाई सौन्दर्यीकरण गरी विश्वभरिका पर्यटकको ध्ययान तान्न सकिन्छ । यहाँका पोखरीलाई पानी पर्यटनको रूपमा विकास गर्न सकिन्छ । पोखरीका डिलहरूमा फूल र वृक्षरोपण गरी हरित नगरीको रूपमा जनकपुरधामको विकास गर्न सकिन्छ । अन्य खाली ठाउँमा समेत व्यवस्थित पार्कको निर्माण गरी जनकपुरधामको वातावरणलाई स्वच्छ र सफा बनाउन सकिन्छ ।
स्वच्छ र सुनदर सँगसँगै जनकपुरधामलाई समृद्ध बनाउनुपर्ने आजको आवश्यकता हो । जनकपुरधामको भ्रमणमा आउने तीर्थयात्रीहरूलाई पर्यटकमा बदलिने योजना चाहिएको छ । जनकपुरधामलाई धेरै दिन बस्ने र धेरै पैसा खर्च गर्ने पर्यटक चाहिएको छ । वैभवशाली जनकपुरधामको वैभव फर्काउन सकिन्छ । जनकपुरधाम समृद्ध बन्न सक्छ । यसका लागि राजनीतिक इमानदारीता र विकासप्रतिको प्रतिबद्धता चाहिन्छ ।
नगरभित्र ठाउँठाउँमा खालि ठाउँको व्यवस्था, अव्यवस्थित तारको भूमिगत व्यवस्थापन, फुटपटथ, ठेला र साइकलमा सञ्चालित अव्यवस्थित व्यापारको व्यवस्थापन, हाटबजारको व्यवस्थापनलगायत कार्य गरी जनकपुरधामको बजार र सडक व्यवस्थापन गर्न सकिन्छ । सार्वजनिक स्थलहरूको भित्तामा मिथिला चित्रकला बनाउन लगाई शहरको सौन्दर्यीकरणका साथै मिथिला चित्रकलाको प्रचारप्रसार गर्न सकिन्छ । यहाँका ऐतिहासिक तथा पौराणिक सम्पदाको संरक्षण सम्बद्र्धन गरी जनकपुरधामलाई उत्कृष्ट पर्यटकीय एवं धार्मिक गन्तव्यको रूपमा विकास गर्न सकिन्छ ।
सरसफाइ र फोहोर व्यवस्थापन :
कुनै पनि शहरको स्वच्छता, सुन्दरता र आकर्षण कायम राख्नमा सरसफाइ, फोहोर व्यवस्थापनको ठूलो भूमिका रहन्छ । नगरवासीलाई फोहोरलाई वर्गीकरण गरेर छुट्याउन लगाउने र त्यसरी छुट्याइएको फोहोरबाट विभिन्न ग्यास, प्रांगारिक मललगायत पुनःप्रयोगमा ल्याउन सक्ने सम्भव्यताको अध्ययन गरी व्यवस्थापनको वैज्ञानिक र दीर्घकालीन सामाधान खोज्न सकिन्छ । फोहोरका एक टुक्रा पनि नदेखिने गरी सरसफाइको व्यवस्था उपमहानरले मिलाउनुपर्छ । नगरवासीलाई चेतना र सचेतनाका माध्यमले सरसफाइ तथा फोहोर व्यवस्थापनमा अभ्यस्त गराउन सकिन्छ । फोहोरलाई समस्याको रूपमा होइन हरेक फोहोरबाट मोहर लिने गरी फोहोरको व्यवस्थापन गर्नुपर्ने हुन्छ । सरसफाइ र फोहोर व्यवस्थापन गरी लामखुट्टेको समस्या समाधान गर्न सकिन्छ ।
पर्यटन :
जनकपुरधाम धार्मिक तथा सांस्कृतिक पर्यटनको केन्द्र हो । यो हिन्दु धर्मालम्बीहरूको महत्वपूर्ण तीर्थस्थल हो । यस्तोमा जनकपुरधामलाई सौन्दर्यीकरण गरी अन्य पर्यटकलाई समेत आकर्षित गर्न सकिन्छ । जनकपुरधामको पोखरीहरूलाई विभिन्न किसिमको पानी पर्यटनको रूपमा विकास गरी नगर र नगरवासी दुवैले आर्थिक लाभ लिन सक्छन् । धनुषाधाम, मटिहानी, जलेश्वर जाने पर्यटकहरूका लागि ट्रान्जिट प्वाइन्टको रूपमा जनकपुरधामलाई विकास गर्न सकिन्छ । मधेस प्रदेश र कोशी प्रदेशको विभिन्न पर्यटकीयस्थलको भ्रमणमा आउने पर्यटकलाई आकर्षित गर्न सकिन्छ । कला, संस्कृतिको जीवन्त इतिहास र ऐतिहासिक प्राचीन घटनटको स्थल जनकपुरधामको कुशल व्यवस्थापन गर्न सकियो भने सबै खालका पर्यटकहरूको ध्यान तानेर नगर र नगरवासीको आर्थिक सबलीकरणको आधार तयार गर्न सकिन्छ ।
निष्कर्ष :
शिक्षा, स्वास्थ्य र पर्यटनलाई मुख्य प्राथमिकतामा राखेर नगर र नगरवासीको आर्थिक सबलीकरणका बाटा पहिल्याउनुपर्छ । जनकपुरधामको सबल पक्षहरूको सदुपयोग गर्दै सुशासनको माध्यमबाट जनकपुरधामलाई विकासको बाटोमा डोर्याउनुपर्छ । जनकपुरधामको बढ्दो बस्ती विस्तार, औधोगिक विस्तार, व्यापार व्यवसाय र बजार विस्तारलाई व्यवस्थित गर्दै सम्पदाहरूको संरक्षण तथा सम्बद्धन गरी महानगरको आधार तयार गर्न सकिन्छ । स्वच्छ र सुनदर सँगसँगै जनकपुरधामलाई समृद्ध बनाउनुपर्ने आजको आवश्यकता हो । जनकपुरधामको भ्रमणमा आउने तीर्थयात्रीहरूलाई पर्यटकमा बदलिने योजना चाहिएको छ । जनकपुरधामलाई धेरै दिन बस्ने र धेरै पैसा खर्च गर्ने पर्यटक चाहिएको छ । वैभवशाली जनकपुरधामको वैभव फर्काउन सकिन्छ । जनकपुरधाम समृद्ध बन्न सक्छ । यसका लागि राजनीतिक इमानदारीता र विकासप्रतिको प्रतिबद्धता चाहिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच