वर्तमान सरकार अबैध भएको अध्यक्ष दाहालकाे दावी

फाइल तस्बिर

दीपककुमार शर्मा बर्दिया, संवाददाता
Read Time = 2 mins

बाँके । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार अबैध भएको दावी गर्नु भएको छ ।

आईतबारदेखी नेपालगन्जमा हुने २ दिने लुम्बिनी प्रदेश परार्मश समितिको बैठकमा सहभागि हुन शनिबार नेपालगन्ज आइपुग्नुभएका अध्यक्ष प्रचण्डले पार्टी बलियो बनाउन जनताका माझ आएको बताउनु भयो ।

प्रेस सेन्टर नेपाल बाँके शाखाले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै प्रचण्डले सरकार गठन प्रक्रिया समेत बैध नभएको बताउँदै सरकार कसको सोंचमा गठन भएको हो भन्ने देखि सकिएको बताउनु भयो ।

पुर्व प्रधानमन्त्री समेत रहनु भएका प्रचण्डले आफू नेतृत्वमा रहँदा संकटमा परेको देशको अर्थतन्त्रलाई माथि उकास्ने काम गरेको र भ्रष्टचारलाई नियन्त्रण गरेको दावि गर्दै भ्र्ष्टलाई बचाउन यो सरकार लागी परेको आरोप लगाउनु भयो । उहाँले पार्टीको नेतृत्वमा आफू बसिरहन नखोजेको स्पष्ट पार्दै यस विषयमा पार्टीभित्र बहस र छलफल भइरहको हुँदा प्रचण्डलाई नै नेतृत्वमा देख्न चाहेका्बताउनु भयो ।

अध्यक्ष दाहालसहितको टोलीमा बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्नि प्रसाद सापकोटा, महासचिव देव गुरुङ, उपमहासचिवमा वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा, गिरिराजमणी पोखरेल, शक्ति बस्नेत, मात्रिका यादव, हरिबोल गजुरेल, सचिव चक्रपाणी खनाल लगायतका नेताहरू नेपालगन्ज आईपुगेको नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुर्दशन बरालले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?