धुलिखेल-खावा सडकमा दुईदिन मालवाहक सवारी साधन नचल्ने

-बाबुराम दाहाल

भक्तपुर । सडक डिभिजन भक्तपुरले धुलिखेल-खावा सडक खण्डमा दुई दिन मालवाहक सवारी साधनहरू नचलाउने सूचना जारी गरेको छ । आज भदौ २० र भोलि २१ गतेका लागि सडक मर्मत सम्भारका कारण यो निर्णय गरिएको हो ।

सडक डिभिजन भक्तपुरका प्रमुख सि.डि.ई. मेघराज मरासिनीका अनुसार धुलिखेल-खावा सडक अत्यन्तै जीर्ण भएकाले ट्रिपर लगायतका मालवाहक गाडीहरू रोक्नुपर्ने बाध्यता आएको हो। उनले मर्मतमा सहयोग पुर्‍याउन सबैलाई आग्रह गरेका छन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डिएसपी राजकुमार श्रेष्ठले पनि मालवाहक सवारी साधनहरू आज र भोलि बन्द गरिने जानकारी दिँदै, अटेर गर्नेलाई कानूनी कारवाही गरिने चेतावनी दिएका छन्।

पछिल्लो समय लगातारको वर्षाका कारण सडक हिलाम्मे बनेको र यातायात अवरुद्ध भएको अवस्था छ। अरनिको राजमार्गमा समेत यातायात प्रभावित भएकोले मर्मत सम्भारमा विशेष ध्यान दिनुपर्ने अवस्था आएको छ। आइतबार ७ घण्टा यातायात अवरुद्ध भएपछि सडक मर्मतको आवश्यकता थप दबाबमा परेको हो। यसअघि पनि जेठ महिनामा दैनिक ४ घण्टासम्म सडक बन्द गरी एक सातासम्म मर्मत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?