मेलबर्न । अस्ट्रेलियाले पहिलो टी-२० मा स्कटल्याण्डमाथि सानदार जित निकालेको छ । अस्ट्रेलियाले बुधबार घरेलु टोलीलाई ७ विकेटले हराएको हो । यो जितसँगै पाहुना टोलीले तीन खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।
स्कटल्याण्डले दिएको १५५ रनको मध्यम लक्ष्य अस्ट्रेलियाले ६२ बल बाँकी रहँदै ३ विकेट गुमाएर पूरा गर्यो । पाहुना टोलीको जितमा ओपनर ट्राभिस हेडले सर्वाधिक ८० रन बनाउनुभयो । उहाँले २५ बलमा १२ चौका र ५ छक्का प्रहार गर्नुभयो ।
उहाँले १७ बलमै अर्धशतक पूरा गर्नुभयो । कप्तान मिचेल मार्शले १२ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ३९ रन जोड्नुभयो । विकेटकिपर जोस इंग्लिस १३ बलमा २७ रन बनाउँदै अविजित रहनुभयो । घरेलु टोलीका लागि मार्क वाटले २ तथा ब्रेन्डन म्याकमुलनले १ विकेट लिनुभयो ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५४ रन जोडेको थियो । टोलीका जर्ज मुन्सेले १६ बलमा २ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक २८ रन जोड्नुभयो । म्याथ्यु क्रसले २१ बलमा २७, कप्तान रिची वेरिङ्टनले २० बलमा २३, ब्रेन्डन म्याकमुलनले १५ बलमा १९ तथा ज्याक जार्भिसले ८ बलमा १० रन बनाउनुभयो ।
अस्ट्रेलियाका लागि सन एबोटले ३, जेभियर बार्टलेट र एडम जाम्पाले समान २ तथा क्यामरन ग्रिन र राइली मेरिडेथले समान १ विकेट लिनुभयो । दुई टोलीबीचको दोस्रो खेल शुक्रबार र तेस्रो खेल शनिबार हुनेछ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच