काठमाडौं । कम्बोडियामा आयोजना हुने ‘मिस प्लानेट-२०२४’मा नेपालको प्रतिनिधित्व अनिसा पराजुलीले गर्ने हुनुभएको छ । नोभेम्बर १९ देखि २७ सम्म आयोजना हुने प्रतियोगीका लागि उहाँ १८ नोभेम्बरमा कम्बोडियातर्फ प्रस्थान गर्नुहुनेछ ।
प्रतियोगिताका लागि उहाँ यतिबेला विभिन्न प्रशिक्षणको तयारीमा हुनुहुन्छ । प्रतियोगितामा ‘नेसनल कष्ट्युम’ उहाँले बुद्धको थिममा बनाउने सोचमा हुनुहुन्छ । कम्बोडियामा बौद्ध धर्मालम्बी धेरै हुने भएकाले उहाँले यो सोच बनाउनुभउको छ । नेपालको नाम विश्वमा चिनाउने यो एउटा अवसर भएकाले त्यो अवसरको भरपुर फाइदा उठाउने आफ्नो योजना रहेको पराजुली बताउँछिन् ।
‘मिस प्लानेट’को यो वर्षको थिम ‘दिगो विकाससँंगसगै मेन्टल हेल्थ अवरनेस’ रहेको छ । प्रतियोगितामा उहाँलाई नेक्स्ट मोडल्स नेपालले पठाउन लागेको हो । वीर नर्सिङ क्याम्पसमा माष्टर अध्यायनरत अनिसा पेशाले मनोचिकित्सा नर्स भएकाले पनि उहाँले राम्रो उपलब्धि हासिल गर्न सक्ने नेक्स्ट मोडल्स नेपालका सिईओ रवि धमलाले बताउनुभयो ।
अनिसा केहीअगाडि काठमाडौंमा सम्पन्न नर्स सहभागी सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल पिस’को फष्टरनर पप विजेता हुनुहुन्छ । ‘मिस नेपाल पिस’मा विजेता बनेका कारण नै उहाँले ‘मिस प्लानेट २०२४’मा सहभागी अवसर प्राप्त गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच