काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाललाई विश्वभर चिनाउने कडीका रुपमा खेलकुद क्षेत्रलाई लिनुपर्ने बताउनुभएको छ ।
आईतवार पार्टी केन्द्रिय कार्यालयमा पाराओलम्पिकमा काँस्य पदक विजेता पलेशा गोवद्र्धनलाई सम्मान गर्दै देउवाले यस्तो बताउनुभएको हो । उहाँले खेलाडीहरु राष्ट्रका गहना भएको उल्लेख गर्दै खेलाडीहरुको सम्मान गर्न सक्नुपर्ने बताउनु भयो ।
उहाँले नेपाली काँग्रेसले खेलाडी र खेलकुद क्षेत्रको विकासका लागि आवश्यक पहलकदमी गरिरहेको भन्दै आगामी दिनमा अझ बढी पहलकदमी लिने विश्वास व्यक्त गर्नुभयो । सभापति देउवाले नेपालको इतिहासमा अन्तर्राष्ट्रिय स्तरको काँस्यपदक प्राप्त हुनुले पनि नेपालको इज्जत बढेको भन्दै गोवद्र्धनको प्रशंसा गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘पलेशा गोवद्र्धनजी जो हुनुहुन्छ, उहाँले अत्यन्तै नेपाललाई काँस्य पदक जिताउनु भयो । जिताउन सफल हुनुभएकोमा सबै नेपालीहरुको तर्फबाट, हाम्रो पार्टीको तर्फबाट हार्दिक बधाई । भोलिका दिनमा अझ बढी पदक प्राप्त गर्ने सफलता मिलोस् । नेपालको इतिहासमा अन्तर्राष्ट्रिय स्तरको काँस्यपदक प्राप्त हुनुले पनि नेपालको इज्जत बढेको छ । त्यसका लागि भोलिका दिनमा नेपाली खेलाडीहरुले अझ बढी सफलता प्राप्त गरुन् भन्ने हार्दिक कामना गर्दछु । खेलकुद क्षेत्रको विकासका लागि नेपाली काँग्रेस सदैव सहयोग गरिरहेको छ । आगामी दिनमा पनि अझ सशक्त ढंगले अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्दछु । खेलाडीहरु राष्ट्रका गहना हुन् । नेपाललाई विश्वभर चिनाउने कडीका रुपमा खेलकुद क्षेत्रलाई लिनुपर्छ ।’
नेपाली काँग्रेसले सहभागी खेलाडी भरतसिंह महतालाई ५० हजार, प्रशिक्षक कविराज नेगी लामालाई १ लाख ५० हजार र काँस्य पदक विजेता खेलाडी पलेशा गोवद्र्धनलाई पाँच लाख नगलसहित सम्मान प्रदान गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच