काठमाडौं । वरिष्ठ पत्रकार नरेन्द्रप्रसाद उपाध्यायको निधन भएको छ । उपाध्यायको ८४ वर्षको उमेरमा आइतबार अमेरिकाको क्यालिफोर्नियास्थित अस्पतालमा निधन भएको हो । १० दिनदेखि क्यालिफोर्नियास्थित अस्पतालमा उपचाररत रहनुभएका उपाध्यायको उपचारकै क्रममा आइतबार निधन भएको हो ।
वरिष्ठ पत्रकार उपाध्यायको निधनप्रति नेपाल पत्रकार महासंघले दुःख व्यक्त गरेको छ । आइतबार महासंघले एक विज्ञप्ति जारी गर्दै उपाध्यायको निधनबाट नेपाली पत्रकारिता जगतले एकजना अनुभवी, निर्भीक र व्यावसायिक पत्रकारलाई गुमाएको जनाएको छ ।
विसं २०२६ सालदेखि ज्योति साप्ताहिकबाट पत्रकारिता सुरु गर्नुभएका उपाध्यायले तत्पश्चात् आफ्नै सम्पादनमा अंग्रेजी भाषामा टेलिग्राफ साप्ताहिकको प्रकाशन सुरु गर्नुभएको थियो ।
तीन दशकभन्दा लामो समय सम्पादनको जिम्मेवारीमा रही उक्त साप्ताहिकलाई निरन्तरता दिनुभएका उपाध्याय हिमालय टाइम्स दैनिक पत्रिकाको स्तम्भकार पनि हुनु हुन्थ्यो । उहाँका मुख्यतः लेखहरू भारत, नेपाल र दक्षिण एसियाली क्षेत्रीबीचको भूराजनीतिक तनाव र पाकिस्तानलाई क्षेत्रीय शक्ति मान्नु पर्ने आवश्यकतामाथि केन्द्रित थिए ।
नेपालको पत्रकारिता क्षेत्रमा उहाँको योगदान अतुलनीय छ । उपाध्यायप्रति पत्रकार महासंघ हिमालय टाइम्स प्रतिष्ठान शाखा तथा हिमालय टाइम्स परिवार उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच