काठमाडौं । नेपालमा जीवन बिमा व्यवसाय गर्दै आएका १४ वटा कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ को साउनमा मात्रै साढे १८ अर्ब रुपैयाँभन्दा बढी बिमा शुल्क आम्दानी गरेका छन् । नेपाल बिमा प्राधिकरणको तथ्यांकअनुसार १४ जीवन बिमा कम्पनीले साउनमा मात्रै १४ अर्ब ५३ करोड ७९ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेका हुन् । १४ वटै कम्पनीले प्रथम बिमा शुल्क, वैदेशिक रोजगार बिमा शुल्क र नवीकरण बिमा शुल्कबापत उक्त आम्दानी गरेका प्राधिकरणले जानकारी दिएको छ ।
प्राधिकरणका अनुसार साउनमा प्रथम बिमा शुल्कबापत कुल दुर्ई अर्ब ५५ करोड ५६ लाख ८४ हजार बिमांक रकम संकलन गरिएको छ । त्यस्तै वैदेशिक रोजगार बिमाबापतको शुल्क २४ करोड ७२ लाख ४१ हजार र नवीकरणबापत १५ अर्ब ७३ करोड ५० लाख ४३ हजार रुपैयाँ संकलन गरिएको छ । प्राधिकरणका अनुसार सबैभन्दा बढी बिमा शुल्क आर्जन गर्ने कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ ।
उक्त कम्पनीले साउनमा कुल पाँच अर्ब ७१ करोड ६ लाख ३५ हजार रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ । कम्पनीले प्रथम बिमा शुल्कबापत साउनमा ६४ करोड ६६ लाख ८१ हजार, वैदेशिक रोजगार बिमाबापत एक करोड ३३ लाख ४६ हजार र नवीकरणबापत पाँच अर्ब पाँच करोड छ लाख आठ हजार रुपैयाँ आम्दानी गरेको छ ।
१४ वटा जीवन बिमा कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ को साउनमा मात्रै साढे १८ अर्ब रुपैयाँभन्दा बढी बिमा शुल्क आम्दानी गरेका हुन् ।
त्यस्तै नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले साउनमा कुल दुई अर्ब २६ करोड ५४ लाख ४० हजार रुपैयाँ बिमा शुल्क आम्दानी गरेको छ । कम्पनीले प्रथम बिमा शुल्कबापत ४१ करोड ३४ लाख ७१ हजार, वैदेशिक रोजगार बिमा शुल्कबापत एक करोड ९५ लाख २० हजार र नवीकरणबापत एक अर्ब ८३ करोड २४ लाख ४९ हजार रुपैयाँ आम्दानी गरेको छ ।
त्यस्तै लाइफ इन्स्योरेन्स कर्पोरेसन लिमिटेडले साउनमा कुल बिमा शुल्क दुई अर्ब सात करोड ८० लाख ९३ हजार रुपैयाँ आम्दानी गरेको छ । उक्त कम्पनीले प्रथम बिमा शुल्कबापत साउनमा २० करोड दुई लाख ७६ हजार र नवीकरणबापत एक अर्ब ८७ करोड ७८ लाख १७ हजार रुपैयाँ आम्दानी गरेको प्राधिकरणको तथ्यांकमा छ । कम्पनीले वैदेशिक बिमाबापत साउनमा आम्दानी गरेको छैन ।
त्यस्तै राष्ट्रिय जीवन बिमा कम्पनीले साउनमा कुल ४६ करोड ८८ लाख १९ हजार रुपैयाँ आम्दानी गरेको छ । उक्त कम्पनीले प्रथम बिमाबापत तीन करोड ६२ लाख ६६ हजार र नवीकरणबापत ४३ करोड २५ लाख ५४ हजार रुपैयाँ आम्दानी गरेको छ । प्राधिकरणका अनुसार मेट लाइफ इन्स्योरेन्स कम्पनीले साउनमा ५० करोड ५५ लाख ६० हजार रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले प्रथम बिमाबापत १० करोड ७० लाख ५० हजार र नवीकरणबापत ३९ करोड ८५ लाख ११ हजार रुपैयाँ आम्दानी गरेको हो ।
त्यस्तै एसियन लाइफ इन्स्योरेन्स कम्पनीले साउनमा ९२ करोड ७३ लाख ५० हजार बिमा शुल्क आर्जन गरेको छ । कम्पनीले प्रथम बिमा शुल्बापत १० करोड ७२ लाख ७२ हजार, वैदेशिक रोजगारबापत पाँच करोड ३१ लाख र नवीकरणबापत ७६ करोड ६९ लाख ३३ हजार रुपैयाँ आम्दानी गरेको छ भने आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ५४ करोड २७ लाख ८२ हजार रुपैयाँ आम्दानी गरेको छ । उक्त कम्पनीले साउनमा प्रथम बिमाबापत आठ करोड ३२ लाख ३० हजार, वैदेशिक रोजगार बिमाबापत आठ लाख ६० हजार र नवीकरणबापत ४५ करोड ८६ लाख ९१ हजार रुपैयाँ आम्दानी गरेको छ ।
साउनमा नेपाल लाइफ इन्स्योरेन्सको कुल बिमा शुल्क आम्दानी ४४ करोड ८७ लाख ३२ हजार रुपैयाँ रहेको छ । उक्त कम्पनीको यो बिमा संकलन अन्य सबै कम्पनीको तुलनामा सबैभन्दा न्यून हो ।
कम्पनीले प्रथम बिमाबापत चार करोड ४९ लाख ९० हजार, वैदेशिक रोजगार बिमाबापत ११ करोड ७५ लाख २८ हजार र नवीकरणबापत २८ करोड ६२ लाख १३ हजार रुपैयाँ आम्दानी गरेको हो । त्यस्तै रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कुल ४९ करोड ९७ लाख ७० हजार आम्दानी गरेको छ । उक्त कम्पनीले नवीकरणबापत ४० करोड ११ लाख, वैदेशिक रोजगार बिमाबापत ९० लाख ३० हजार र प्रथम बिमा शुल्कबापत आठ करोड ९६ लाख रुपैयाँ आम्दानी गरेको हो ।
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले कुल ७६ करोड ४१ लख ४८ हजार रुपैयाँ बिमा शुल्क आम्दानी गरेको छ । उक्त कम्पनीले प्रथम बिमा शुल्कबापत १९ करोड ४९ लाख १५ हजार, वैदेशिक रोजगार बिमाबापत ८१ लाख पाँच हजार र नवीकरणबापत ५६ करोड ११ लाख २८ हजार रुपैयाँ आम्दानी गरेको हो । त्यस्तै सूर्यज्योति लाइफ इन्स्योरेन्सले कुल एक अर्ब १२ करोड ९३ लाख ३४ हजार रुपैयाँ बिमा शुल्क आम्दानी गरेको छ । कम्पनीले प्रथम बिमा शुल्कबापत १९ करोड ९१ लख ६९ हजार, वैदेशिक रोजगार बिमाबापत एक करोड २१ लाख ७३ हजार र नवीकरणबापत ९१ करोड ७९ लाख ९२ हजार रुपैयाँ बिमा शुल्क आम्दानी गरेको हो ।
त्यसैगरी सानीमा रिलायन्स लाइफले कुल ६७ करोड ५९ लाख ८७ हजार रुपैयाँ बिमा शुल्क संकलन गरेको छ । कम्पनीले प्रथम बिमाबापत सात करोड ९८ लाख १९ हजार, वैदेशिक रोजगार बिमा शुल्कबापत एक करोड ३४ लाख ७१ हजार र नवीकरणबापत ५८ करोड २६ लाख ९७ हजार रुपैयाँ बिमा शुल्क संकलन गरेको हो । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले प्रथम बिमा शुल्कबापत २७ करोड ५३ लाख १४ हजार र नवीकरणबापत एक अर्ब ६५ करोड ८५ लाख २१ हजार रुपैयाँ गरी साउनमा कुल एक अर्ब ९३ करोड ३८ लाख ३४ हजार रुपैयाँ बिमा शुल्क संकलन गरेको छ भने प्रभु महालक्ष्मी लाइफले कुल ५८ करोड ७४ लाख ८३ हजार बिमा शुल्क संकलन गरेको छ । उक्त कम्पनीले प्रथम बिमाबापत सात करोड ७६ लाख ३१ हजार, वैदेशिक रोजगार बिमाबापत ६३ हजार र नवीकरणबापत ५० करोड ९७ लाख रुपैयाँ संकलन गरेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच