डा.राजेन्द्रप्रसादको ‘आत्मकथा’ लोकार्पित

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । भारतका प्रथम राष्ट्रपति डा.राजेन्द्रप्रसादको ‘आत्मकथा’ नेपाली भाषामा प्रकाशित भएको छ । उक्त कृतिको अनुवाद साहित्यकार श्याम प्रधानले गर्नुभएको हो । काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि डा.तुलसी भट्टराई, डा.विष्णुविभु घिमिरे, गणेश रसिक लगायतले अनुवाद कृतिको लोकार्पण गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि भट्टराईले राजेन्द्रप्रसाद भारतीय स्वतन्त्रता सेनानी रहेको उल्लेख गर्दै बीपी कोइराला पनि राजेन्द्रप्रसादसँग हजारीबाग जेलमा बसेको प्रसंग आउने गरेको बताउनुभयो । डा.भट्टराईले डा.राजेन्द्रका केही प्रसँगहरू सुनाउँदै यस अनुवाद कृति लेखनमा श्याम प्रधानले अत्यन्त मिहिनेत गरेको बताउनुभयो । डा.घिमिरेले अनुवादकर्म ज्यादै कठिन कार्य भएको बताउँदै पठनीय कृति पाठकलाई सुम्पिएको बताउनुभयो ।

वाशु शशी स्मृति परिषद्वारा आयोजित कार्यक्रममा गणेश रसिक, श्याम प्रधान, राधेश्याम लेकाली, डा.प्रभाकर पोखरेल, हरि गौतम र प्रद्युम्न जोशीले आ-आफ्ना राख्नुभएको थियो । अनुवाद पुस्तक ओरिएन्टल पब्लिकेसनले बजारमा ल्याएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?