बाढीले बगाउँदा हुम्लामा एक जना बेपत्ता, लाखौंकाे क्षति

हिमालय टाइम्स
Read Time = 3 mins

-दाने बोहोरा

हुम्ला । बिहिवार देखि परेको वर्षासँगै काठसेरा खोलामा आएको बाढीले हुम्लाको अदानचुली गाउँपालिका- ३ काठेसेराका रवि भियाल बेपत्ता भएका छन् ।

घरमा बसेको अवस्थामा बिहान अचानक आएको वर्षासँगैको बाढिले भैसो चराउन गएका भियाल बेपत्ता भएको श्रीनगर प्रहरी चौकी गलफागर्डलाई उदृत गर्दै अदानचुलीका स्थानीय मनरिसि पाण्डेले बताउनुभयो ।

घरभन्दा नजिकै भैसी चराई रहेको अवस्थामा खोलाले ढिस्को भत्काएपछि भैसीसहित भियाल बेपत्ता भएका हुन् । गल्फागाड खोलामा आएको बाढीले बेपत्ता भएका भियाल अझैसम्म नभेटिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

अदानचुली गाउँपालिका १ देखि ६ वटा वडासम्मका अधिकांश धान खेतीयोग्य जमिनमा क्षति समेत पुर्याएको छ । कृषि योग्य जमिन कटान गरेर ठूलो क्षती गरेको स्थानीय पाण्डेले बताउनुभयो । भित्र्याउन तयार भएको धानबाली पूर्णरुपमा नष्ट हुनुका साथै खेत समेत कटान गरेर लिएको छ ।

बाढीले कर्णाली कोरिडोर अन्तरगत गल्फागाड खोलामा लगाएको बेलिब्रीज समेत उच्च जोखिममा छ । रोड भन्दा पानीकोबहाव माथि गएपछि डोप्का ज्यूलातर्फको पिपलको बोट नजिकै भएको अदानचुली २ का कन्न महतारा (दोकानी)को घर कटान गरिरहेको छ । बिहान ६ बजेदेखि निरन्तरको बाढीले खोलाको दुवै किनाराका घरहरु उच्च जोखिममा रहेको अदानचुली २ का बुधे भण्डारीले जानकारी दिनुभयो । भण्डारीका अनुसार गल्फागार्ड खोलामा अनपेक्षित रुपमा आएको बाढिले आसपासका अधिकांश परम्परागत घट्ट, घरबगाएको छ । हुम्ला कर्णाली भन्दा ठूलो रुपमा गल्फागाड खोलाको भएकाले पनि निकै धेरै क्षती भएको देखिन्छ ।

निरन्तरको वर्षासँगैको बाढिले कालागाड आसपासका घर टहरा र बाटोघाटोहरु बगाउनुका साथै आवतजावतमा निकै समस्या भएको वडा नम्बर ५ का वडा अध्यक्ष कमलबहादुर छत्यालले बताउनुभयो । बाढिले के कती क्षति गर्यो भनेर सबै विवरण अहिले नैं आउने अवस्था छैन् । । खोलामा बाढि र पाखोमा पहिरोको उच्च जोखिम रहेको छ ।

वडाध्यक्ष छत्यालले भन्नुभयो, `अदानचुली ३ थपाली स्थित बुढाबाडाको ज्युलो, गोरपाली घर ज्युलो नाम निसान मेटाएको छ´ । उता गल्फागाडमा भएका अदानचुली २ का हरी भण्डारी र कृष्ण भण्डारीको घट्ट बगाएको छ भने मसानघाट बनाइएको प्रतिक्षालयपनि बगाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?