कोकको सहयोगमा विद्यालयमा खानेपानी

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । स्प्लास नेपालको कार्यान्वयन टिमसँग मिलेर कोका-कोला बेभरेज नेपालले चितवनको नारायणी मोडेल माविलाई रेन वाटर हार्भेस्टिङ, ग्राउण्ड वाटर रिचार्ज र स्वच्छ खानेपानी आयोजना हस्तान्तरण गरेको छ । गत भदौबाट सुरु भएको परियोजना १८ असोजमा वडा १० का अध्यक्ष परमेश्वर खनालको उपस्थितिमा विद्यालयमा आयोजित एक कार्यक्रमबीच कम्पनीले उक्त प्रविधि हस्तान्तरण गरेको हो ।

३८ सयभन्दा बढी विद्यार्थीसहितको चितवनको सबैभन्दा ठूलो नमुना सामुदायिक विद्यालय नारायणी मोडेल सेकेण्डरी स्कुलमा दैनिक गतिविधिका लागि पानीको अत्यधिक आवश्यकता पर्ने गरेको थियो । परियोजनामार्फत् पिउने पानीका लागि १२ बोटल फिलरका ट्याप र आठवटा बबलर फसेट ट्यापसहित दुईवटा युएफ फिल्टर सिस्टम जडान गरिएको कम्पनीले जनाएको छ ।

साथमा डुअल स्पाउटसहित चारवटा बाटर स्टेसन पनि जडान गरिएको थियो । उक्त प्रणालीले विद्यार्थी र विद्यालय सदस्यसहित पाँच सयभन्दा बढी लाभान्वित हुने बताइएको छ । परियोजनामार्फत् सम्भावित पानी रिचार्जको अपेक्षित मात्रा भने वार्षिक १८ लाख लिटर अनुमान गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?