ओली सरकार बनेपछि अमेरिकन उच्च कूटनीतिक र सैनिक टोली एक पछि एक गर्दै नेपालमा आइरहेका छन् । यसैबीच आरजु देउवाको इण्डिया भ्रमण र उनले प्रधानमन्त्रीसरह पाएको सम्मानले पनि भारत र अमेरिकाबीचको अन्तरसंबन्धलार्ई छर्लंग पार्छ । नेपालमा गणतन्त्र आएपछि गिरिजाप्रसाद कोइराला दिल्ली जाँदा रेड कार्पेट बिछ्याएर इण्डियाका प्रधानमन्त्री मनमोहन सिंह विमानस्थलमा आएर उनलाई अँगालो मार्दै न्यानो स्वागत गरेका थिए तर दोस्रोपटक फेरि उनी इण्डिया जाँदा त्यहाँका प्रधानमन्त्रीसँग भेट त टाढाको कुरा राम्रो स्वागत पनि पाएनन् । त्यसले गर्दा राजसंस्थालाई धोका दिएकोमा उनलाई पश्चाताप भयो । विदेशी शक्तिहरूले आफ्नो स्वार्थ पूरा भएपछि साना देशहरूलाई वास्ता गर्दैनन् ।
अमेरिकी उच्चपदस्थहरूको एकपछि अर्को नेपाल भ्रमण शंकास्पद छ । एमसिसीका सेक्टर अपरेशन डाइरेक्टर मिचेलपछि, डोनाल्ड लुको गोप्य भ्रमण र त्यसपछि भदौको पहिलो हप्ता सरकारको तर्फबाट रिचर्ड आर बर्मा नेपाल आएर गएपछि अमेरिकी गुप्तचर सैनिक निर्देशक जनरल केथ चार सदस्यीय टोली नेपाल आएर स्वयम्भू गए र नेपाली सेनाका उच्च पदस्थ जर्णेलहरूसँग वार्तालाप गरेर भोलिपल्ट फर्के । युक्रेन युद्ध हेर्दा रुस र युक्रेनबीच देखिए तापनि वास्तवमा यो रुस र अमेरिका बीचको युद्ध हो । अमेरिकाले आफ्नो पूरै शक्ति लगाउँदा पनि रुसलाई जित्न सकेको छैन ।
सुषुप्त जनता जागे यहाँ भोलि जे पनि हुनसक्छ । शासकवर्गले बुझ्नुपर्छ, उनीहरूबाहेक पनि यहाँ एउटा सशक्त शक्ति छ जसको पछाडि लाखौं जनता छन् । यो कुरा ती शक्तिहरूले पनि बुझ्नुपर्छ । मोदी नयाँ सरकारसँग सम्बन्ध सुधार गर्न मोहम्मद युनुससँग फोनमा वार्ता गरिरहेका छन् ।
इण्डो पश्चिमाको लगानीमा नेपाललाई ख्रिष्टानीकरण गर्दै राजतन्त्र फाल्न पुष्पकमल दाहाल र बाबुराम भट्टराईलाई माध्यम बनाएर उनीहरू आफ्नो मिसनमा सफल भए । अहिले कांग्रेस र एमालेको गठबन्धनको सरकार बनेको छ । रिचर्ड आर बर्मा सोफा र एसपिपीलाई कार्यान्वयन गराउने उद्देश्यले नेपाल आएका थिए । ओली र देउवासँग उनको गोप्य कुराकानी के भयो खुल्न आएको छैन, भविष्यले बताउला । उनी गएपछि केथ सी गोप्य रूपमा काठमाडौंमा आउनु र सेनाका जर्णेलहरूलाई भेट्नु रहस्यमय छ ।
बंगलादेश घटनापछि मोदी रुसपछि युक्रेन जानुले कतै मोदी अमेरिकी लबीमा त गएनन् भन्ने शंका छ । राष्ट्रसंघमा युक्रेनको पक्षमा भोट नदिई तटस्थ बस्ने मोदीलाई अहिले युक्रेन प्रेम कहाँबाट पलायो ? इण्डिया रुसबाट टाढा जान नसक्ने अवस्था छ र उसको अमेरिकासँग राम्रो सम्बन्ध नभए पनि चीनविरुद्ध ऊ अमेरिकासँग साथै छ । यदि बंगलादेश सरकार अमेरिकाप्रति भक्तिभाव राख्दै गएमा सेन्ट मार्टिन टापु जो तीन वर्ग किलोमिटरको छ, त्यहाँ सैनिक बेस क्याम्प राखेमा चीनको लागि मात्र नभई इण्डियाका लागि पनि दुर्भाग्यपूर्ण हुनेछ । इण्डियाले सोचेको होला सेन्ट मार्टिन टापुमा अमेरिकी सैन्य बेस क्याम्प राखे चीन टुक्रिनेछ यो उसको दिवास्वप्न हो ।
अमेरिकाले बंगलादेशको चट्टग्राम, खुलनालगायत केही भूभाग, बर्मा र इण्डियाको पूर्वोत्तर भूभाग लिएर ख्रिष्टान मुलुक कुकिल्याण्ड बनाउने बताएको छ । भर्खरै कुकी विद्रोहीहरूले मणिपुरको एउटा सैन्य क्याम्पमा अत्याधुनिक हतियारले आक्रमण गरेका थिए । कुकी विद्रोहीहरूलाई हतियार दिने अमेरिकाबाहेक अरू कोही हुन सक्दैन । सेन्ट मार्टिन टापु र नेपालमा अमेरिकी सैनिक बेस क्याम्प राख्ने अमेरिकी योजना सफल भएमा इण्डियामात्र होइन, बंगलादेश र इण्डिया पनि सुरक्षित रहने छैनन् । यी देशहरू पनि टुक्रिन्छन् । यता इण्डिया पनि चट्टग्राम, खुलना, दिनाजपुरलगायत बंगलादेशको भूभागमा हिन्दूहरूको विद्रोह गराई हिन्दू राष्ट्र बनाउने योजनामा छ । त्यहाँ हिन्दूहरूबाट विद्रोह गराउन सफल भएमा इण्डियाले आफ्नो सेना पठाएर त्यस क्षेत्रलाई स्वतन्त्र गराउनेछ, जसरी सन् १९७१ मा आफ्ना सेना पठाएर पूर्वी पाकिस्तानलाई बंगलादेश बनाएको थियो ।
बंगलादेशको जुन आन्दोलनले सत्ता परिवर्तन भयो त्यो केवल आरक्षणविरोधीमात्र थिएन्, शेख हसिनाको निरंकुशता र देशमा बढ्दो गरिबीको कारणसमेत थियो । दक्षिण एशियामा सबैभन्दा बढी प्रतिव्यक्ति आय भएको देशमा हसिनाले पुर्याएकी थिइन् । यो टेक्सटाइल उत्पादन निर्यातले हो । प्रतिव्यक्ति आम्दानी बढी हुनुभनेको आमजनताको आर्थिक अवस्थामाथि जानु होइन । केही पुँजीपतिहरूको अर्थव्यवस्था आकाशिनु हो, नेपालमा पनि त्यही स्थिति छ । नेपालजस्तो बंगलादेशमा खाडी मुलुक र मलेशिया जाने युवाहरूको संख्या धेरै छ तर त्यहाँ वैदिशिक ऋण अठार उन्नाइस अर्ब डलरको हाराहारीमा छ, जबकि नेपालमा त्यसको दोब्बर छ । त्यहाँका कलकारखानामा इण्डियनहरूको वर्चस्व छ र त्यहाँ काम गर्ने कर्मचारीहरू इण्डियन छन् ।
त्यहाँ २६ लाख इण्डियन श्रमिक र कर्मचारीहरू छन्, जसलाई लखेट्न त्यहाँका जनताले आवाज उठाइरहेका छन् । अहिले बंगलादेशमा इण्डियन विद्युत कम्पनीहरूको एक सय करोड डलर बक्यौता छ । २७ अगष्टको इण्डियन ‘द इकोनोमिक टाइम्स’ पत्रिका अनुसार बंगलादेशमा इण्डियाको विद्युत् बक्यौता एक सय करोड डलर छ, जसमा मोदीको प्रियपात्र अडानीको मात्र ८० करोड डलर बक्यौता छ । यदि दुई देशबीच सम्बन्भ नसुध्रे त्यो पैसा डुब्ने अवस्था छ । बंगलादेशमा सत्ता परिवर्तन हुने अगावै टाइम्स अफ इण्डियाले सम्पादकीयमा लेखेको थियो ‘इण्डिया मस्ट थिंक बिअण्ड हसिना’ तर न त इण्डियाले सोच्यो र न त हसिनाले ।
अहिले नेपालमा लाखौं जनताबाट समर्थित मुख्य शक्ति र आमजनताको मनोभावनालाई कुल्चिदै आफ्नो दासतामा जकडिएका सनातन धर्मविरोधी गणतान्त्रिक शक्तिहरूलाई काखमा बसालेर खेलाइरहेका छन् तर जब नेपालमा विष्फोट हुनेछ तब यी शक्तिहरूको अवस्था पनि इण्डिया जस्तै हुनेछ ।
यो सम्पादकीय प्रकाशित भएको दुई हप्तामै हसिनाको सत्ता ढल्यो । अहिले इण्डो अमेरिकन शक्ति नेपालमा सक्रिय छन् त्यसको परिणाम नराम्रो निस्कन सक्छ । देशभक्त बुद्धिजीवी र नागरिकहरूले सरकारलाई सतर्क गराई रहँदा पनि यदि सरकार सुध्रिएन भने भन्नुपर्नेछ, ‘इण्डिया एण्ड अमेरिका मस्ट थिंक बिअण्ड गणतन्त्र । सुषुप्त जनता जागे यहाँ भोलि जे पनि हुन सक्छ । शासकवर्गले बुझ्नुपर्छ, उनीहरूबाहेक पनि यहाँ एउटा सशक्त शक्ति छ जसको पछाडि लाखौं जनता छन् । यो कुरा ती शक्तिहरूले पनि बुझ्नुपर्छ । मोदी नयाँ सरकारसँग सम्बन्ध सुधार गर्न मोहम्मद युनुससँग फोनमा वार्ता गरिरहेका छन् तर उनलाई अझै विश्वास छैन ।
बंगलादेश सरकारले पनि इण्डियासँग बराबरीको हैसियतमा आपसी हितका लागि सम्बन्ध सुधार गर्न चाहेको छ तर शेख हसिना जस्तै इण्डियाको अगाडि आत्मसमर्पण गरेर होइन आफ्नो स्वाभिमानमा उँभिएर । आगामी चुनावमा सबैभन्दा ठूलो दल राष्ट्रवादी दल बिएनपी हुने निश्चित छ, जसको सम्बन्ध पाकिस्तान र चीनसँग राम्रो छ । तर, इण्डिया कट्टर इस्लामवादी पार्टी जमायत ए इस्लामसँग सम्बन्ध राख्न चाहँदैन । किनकि ऊ कट्टर इण्डियाविरोधी, त्यसमा पनि भाजपाविरोधी शक्ति हो तर चुनावमा बिएनपीले सरकार बनाउने बहुमत नल्याए ऊ जमायत ए इस्लामसँग गठबन्धन गर्न बाध्य हुनेछ । त्यसबेला इण्डियाको नीति के हुनेछ ?
यस अतिरिक्त बंगलादशले शेख हसिनाले सुपुर्दगी गर्न भन्नेछ तर मोदी सरकारले हसिना परिवारसँगको विगत पचास वर्षदेखिको सुमधुर सम्बन्धलाई तोड्न चाहँदैन । सुपुर्दगी नगरे बंगलादेशसँग सम्बन्ध बिग्रिने र गरे आफ्नो प्रियपात्रले दुःख पाउने । त्यसैले उसले शेख हसिनालाई सुरक्षित स्थानमा पन्छाउने मध्यमार्गी बाटो अपनाउनेछ । मालिकका लागि एकदिन आफ्नै दास घाँडो हुने रहेछ । बिएनपीको स्थायी कमिटी सदस्य र जिया परिवारको निकटस्थ सलाहउद्दिन अहमद बंगलादेशबाट भागेर इण्डियाको शिलङमा दश वर्षसम्म बस्दा अवैध रूपम इण्डिया आएको उनलाई इण्डियाले कारबाही नगरी सुख सुविधा दिएर राखेको थियो र उनी इण्डियाप्रति कृतज्ञ छन् ।
त्यसैले उनी माध्यमबाट मोदी सरकारले बिएनपीसँग सम्बन्ध बढाउन चाहेको छ । विदेशी शक्तिले आफ्नो अनुचर शासकवर्गसँग मात्र घनिष्ठ सम्बन्ध राखेर आफ्नो स्वार्थ पूरा गर्ने तर अन्य शक्ति तथा जनतासँग सम्बन्ध नराख्ने कारणले आज इण्डियालाई बंगलादेशसँग सम्बन्ध राख्न गाह्रो भइरहेको छ । अहिले नेपालमा लाखौं जनताबाट समर्थित मुख्य शक्ति र आमजनताको मनोभावनालाई कुल्चिँदै आफ्नो दासतामा जकडिएका सनातन धर्मविरोधी गणतान्त्रिक शक्तिहरूलाई काखमा बसालेर खेलाइरहेका छन् तर जब नेपालमा विष्फोट हुनेछ तब यी शक्तिहरूको अवस्था पनि इण्डिया जस्तै हुनेछ । सन्बन्ध त सुधार होला तर त्यहाँ विश्वसनीयता रहने छैन ।
यो देश कुलगुरु गोरक्षनाथ, आदिशक्ति महाकाली र स्वयम्भु शिवको भूमि हो । विलम्ब होला तर जित सत्य तथा धर्मकै हुनेछ । देशप्रति गद्दारी गर्नेको समाप्ति एकदिन अवश्य हुनेछ । जसरी इण्डियाले हसिनालाई बचाउन सकेन् त्यसरी नै भोलि यिनलाई न त इण्डियाले बचाउन सक्नेछ न त अमेरिकाले । यहाँ त बंगलादेश न त श्रीलंकाको जस्तो आन्दोलन हुनेछ यहाँको आन्दोलन स्वतन्त्र हुनेछ । आज बंगलादेशी जनता इण्डियाको काखबाट अमेरिकाको काखमा बस्न गएका छन् । दलाल पुँजीवादी आन्दोलनको विशेषता नै यही हो । आन्दोलन देशको हावा, पानी, माटो सुहाउँदो हुनुपर्छ न कि विदेशीको बुई चढेर । नेपालका बारेमा इण्डिया एण्ड अमेरिका मष्ट थिंक बिअण्ड सेकुलर गणतन्त्र ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच