काठमाडौं । ललितपुर महानगरपालिका वडा ११, ललितपुर जिल्ला टेबलटेनिस संघ, खोल्चा पुखु खेलकुद उपसमिति र खोल्चा पोखरी टोल सुधार समितिको संयुक्त आयोजनामा पाँचौँ ललितपुर महानगरपालिका अन्तरवडा टेबलटेनिस प्रतियोगिता मंगलबारदेखि हुने भएको छ ।
प्रतियोगितामा विभिन्न १६ स्पर्धामा प्रतिस्पर्धा हुने पाँचौँ मेयर कप मूल समारोह समितिका संयोजक नदिमरत्न शाक्यले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो । प्रतियोगितामा ललितपुर महानगरपालिकामा रहेका २९ वडाका खेलाडीले मात्र खेल्न पाउनेछन् ।
अनुमानित २५ लाख खर्च हुने बताइएको प्रतियोगिताको कुल पुरस्कार राशि तीन लाख ५० हजार रुपैयाँ रहेको छ । वडा ११ ले १० लाख सहयोग गर्ने आयोजकले जनाएको छ । मंसिर १६ गतेसम्म चल्ने रात्रीकालीन प्रतियोगिता वडा ११ स्थित तल्लो चाकुपाट खोल्चा पोखरी टोलमा हुनेछ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र