काठमाडौं । चलचित्र ‘रंगी’ निर्माण हुनेभएको छ । सलोन सलिना फिल्मस् प्रालिको व्यानरमा यो चलचित्र निर्माण हुनेभएको हो । सलोन बस्नेत प्रस्तुतकर्ता रहने चलचित्रबाट सुरेश न्यौपाने निर्देशनमा डेब्यु गर्दै हुनुहुन्छ ।
निर्माण पक्षले फिल्मको पोष्टर सार्वजनिक गरेको छ । जहाँ साइकलमा बसिरहेकी एक बालिका र उनीसँग खेल्दै गरेका एक पुरुष देखाइएको छ । उनीहरू बाबुछोरी रहेको अनुमान लगाउन सकिन्छ । पृष्ठभूमिमा सूर्यास्त हुँदै गरेको देखाइएको छ ।
सक्षम सुवेदीको निर्माण रहने चलचित्रमा सुमन गजमेरको लेखन छ । सौरभ लामाको छयांकन रहने चलचित्रका लागि कलाकार छनौटको क्रममा छन् । चलचित्रको छायांकन असोज ११ गतेदेखि काठमाडौंबाट सुरु हुने जनाइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच