कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नेत्ररोग विभाग स्थापना

विजय रावत जुम्ला, संवाददाता
Read Time = 5 mins

जुम्ला । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नेत्ररोग विभाग स्थापना भई संचालनमा आएको छ । प्रतिष्ठाले नेत्र रोग विभागअन्तर्गतको आँखा अस्पताल संचालनमा ल्याएको हो । प्रतिष्ठान स्थापना भएको डेढ दशकपछि जुम्लामै नेत्र रोग विभाग आँखा अस्पताल संचालनमा आएको प्रतिष्ठानका रजिष्टार नृपेन्द्र महतले जानकारी दिनुभयो ।

प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतले आँखाको एउटा सामान्य विभाग सशक्त अस्पतालमा परिणत गरिने जानकारी दिनुभयो । आँखाको ओपिडिबाट मात्रै उपचार हुँदा सामान्य समस्या आउँदा रेफर गरेर बाहिर पठाउनु पर्ने बाध्यता सँधैको लागि हटेको रजिष्ट्रार महतले बताउनुभयो । मोतिविन्दुको जटिल खाले अप्रेसन समेत अब जुम्लामै हुने प्रतिष्ठानले जनाएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर मंगल रावलले तिलगंगा आँखा अस्पताल र फ्रेड हलोज अस्ट्रेलिज पार्टनरले केही सामाग्री सहयोग प्रदान भएपछि नेत्र रोग विभाग प्रतिष्ठानमा स्थापना गर्न सफल भएको बताउनुभयो । जुम्लामै आँखाको मोतिविन्दुको नियमित अप्रेसन र निरन्तर सेवा विस्तार गरिने भएको छ । दुर्गम गाउँका नागरिकले लाखौँ खर्चेर आँखाको उपचार गर्नु पर्ने दिनको अन्त्य भएको प्रतिष्ठानका उपकुलपति डाक्टर मंगल रावलको भनाइ छ ।

लामो समयदेखि निरन्तर प्रयास हुँदापनि प्रतिष्ठानले आँखा उपचारको बन्दोबस्त मिलाउन सकेको थिएन । आँखाका डाक्टर उपलब्ध नहुनु प्रमुख समस्या रहेको । राम्रा उपकरण नहुनु अर्को समस्या थियो । उपकरण नहुँदा आँखाको सामान्य चेक जाँच बाहेक धेरै हुन सकेको थिएन् । प्रतिष्ठानका उपकुलपति डाक्टर मंगल रावल, रजिष्टार नृपेन्द्र महतकोलगायतका पदाधिकारीको पहल तथा तिलगंगा आँखा अस्पतालको सहकार्यमा डेढ करोड बराबरको उपकरणसहित स्रोत साधन उपलब्ध भएपछि जुम्लामै विशेषज्ञ चिकित्साबाट आँखाको उपचार हुने प्रतिष्ठानका उपकुलपति डा.मंगल रावलले बताउनुभयो ।

स्वास्थ्य सेवा जनमुखी हुनुपर्छ डा.रुईत

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नेत्र रोग विभागको उद्घाटन गर्न जुम्ला पुग्नुभएका विश्व प्रसिद्ध आँखा विशेषज्ञ डाक्टर सन्दुक रुईतले स्वास्थ्य सेवा सधै जनमुखी हुनुपर्ने बताउनुभयो ।

प्रतिष्ठानमा आँखा विभाग स्थापना भएकोमा कर्णालीवासिका लागि खुसीको कुराभएकाे भन्दै मोतिविन्दुको शल्यक्रियाका लागि कर्णालीवासिलाई वर्षैसम्म कुर्नु पर्ने अवस्थाको अन्त्य भएको विशेषज्ञ डाक्टर रुईतले जानकारी दिनुभयो । दुईजना आँखाका डाक्टरले प्रतिष्ठानबाट नियमित सेवा दिने भएका छन् । अबको एक वर्षपछि कर्णालीका दुई हजार जनाको मोतिविन्दुको शल्यक्रियाका लागि कर्णाली स्वास्थ्य विज्ञान तयारहुनु पर्ने आँखा विशेषेज्ञ डा. रुईतको भनाइ छ ।

सिमान्तकृत समुदायका व्यक्ति र ग्रामीण गाउँबस्तीका नागरिकको मोतिविन्दुको समस्या भोगिरहेका विरामीलाई सेवादिने उद्देश्यले प्रतिष्ठानमा नेत्र रोग विभागको स्थापना भएको छ । कर्णालीका दुरदराजसम्म मोतिविन्दुको सेवा विस्तार गर्नका लागि चाहिने स्रोत साधनको सहयोग गर्न आफु तयार भएको आँखा विशेषेज्ञ डा. रुईतले जानकारी दिनुभयो । यहाँका स्थानीय तहमा संचालन भएको आँखा शिविरबाट छनौट भएका ४० जनाकोे मोतिविन्दुको शल्यक्रिया गरिएको कर्णाली स्वास्थ्य विज्ञानको आँखा विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?